०६ माघ २०८२, सोमबार
19-01-2026 , Mon
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

राजावादीहरुआइलागेमा ईटको जवाफ पत्त्थरले दिन वाईसीएललाई दाहालकाे निर्देशन

Logo
जनचर्चा संवाददाता

काठमाडौं, १९ जेठ २०८२ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजावादीहरुले भाडामा ल्याएका केही मान्छेहरु छाडा भएको टिप्पणी गरेका छन् । आइतबार पार्टीको सहायक संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) नेपालको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले राजावादीहरु आइलागेको खण्डमा जाइलागेर ईटको जवाफ पत्त्थरले दिन आग्रह गरे । उनले राजावादीहरुको निसानामा माओवादी केन्द्र रहेको पनि सुनाए ।

‘अहिले राजावादीहरुले कता–कताबाट पैसा ल्याएका छन् । पैसा त उनीहरुले थुपारेकै होलान् । त्यही पैसाको बलमा भाडाका मान्छे ल्याउने, छाडा बनाउने, जाँड खुवाउने, उफार्ने गरेको मैले देखिराखेको छु । तपाईँहरुले पनि देखिराख्नु भएको छ । म के भन्न चाहन्छु भने– हामीहरु जाइलाग्ने चाही होइन, उनीहरुको सभामा, उनीहरुको आन्दोलनमा हामीले गएर आक्रमण गर्ने मैले भन्न खोजेको छैन । तर, उनीहरु छाडा भएका छन् । छाडा भएर हामीमाथि आक्रमण गर्ने कोशिस गर्दैछन् । यदि उनीहरु आइलाग्छन् भने ईटको जवाफ पत्त्थरले दिने तयारी गर्नुस् । गर्नैपर्छ,’– उनले भने ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,४ माघ । नेकपा एमाले विराटनगर महानगर कमिटीको आयोजनामा सम्भवतः पहिलो पटक महानगरस्तरीय वनभोज कार्यक्रम आयोजना भएको छ । आसन्न प्रतिनिधि सभा निर्वाचनको पूर्व सन्ध्यामा आयोजित वनभोज कार्यक्रममा विराटनगर महानगरका १९ वटै वार्ड र त्यसमा सम्मिलत ४,५ र ६ नम्बर निर्वाचन क्षेत्रका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो । हरेक वर्ष वडा स्तरीय वनभोज कार्यक्रम हुँदै आएका […]

विराटनगर,४ माघ । कोशी प्रदेशका पर्यटन ,वन तथा वातावरण मन्त्री भीम पराजुलीले कलाकार र पर्यटन क्षेत्रबीचको सहकार्यले कोशी प्रदेशको प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने बताएका छन् । मोरङको सुन्दरहरैचा– २ स्थित मृगौलीयामा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशद्धारा शनिबार आयोजित सिनेमामा कोशी प्रदेश ,कोशी पर्यटन प्रवद्धनमा सिनेमा र कलाकार सम्बन्धि अन्तरक्रिया, परिचयपत्र वितरण […]

विराटनगर, माघ ३ । गएको बिहीबार बिहान करिब साढे पाँच बजे भोक्राहा नरसिंह गाउँपालिका–८ स्थित सोनियाहीमा एक मालबाहक ट्रक दुर्घटनामा पर्यो । टाइल र मार्बल लोड गरिएको उक्त ट्रक अनियन्त्रित भई पल्टदा पाँच जना मजदुरको घटनास्थलमै मृत्यु भयो । उनीहरू ट्रकको पछाडि रहेको सामान बोक्ने कन्टेनरमा टाइल र मार्बलसँगै सवार भएर गन्तव्यतर्फ जाँदै थिए । […]