११ साउन २०८३, सोमबार
27-07-2026 , Mon
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

राजावादीहरुआइलागेमा ईटको जवाफ पत्त्थरले दिन वाईसीएललाई दाहालकाे निर्देशन

Logo
जनचर्चा संवाददाता

काठमाडौं, १९ जेठ २०८२ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजावादीहरुले भाडामा ल्याएका केही मान्छेहरु छाडा भएको टिप्पणी गरेका छन् । आइतबार पार्टीको सहायक संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) नेपालको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले राजावादीहरु आइलागेको खण्डमा जाइलागेर ईटको जवाफ पत्त्थरले दिन आग्रह गरे । उनले राजावादीहरुको निसानामा माओवादी केन्द्र रहेको पनि सुनाए ।

‘अहिले राजावादीहरुले कता–कताबाट पैसा ल्याएका छन् । पैसा त उनीहरुले थुपारेकै होलान् । त्यही पैसाको बलमा भाडाका मान्छे ल्याउने, छाडा बनाउने, जाँड खुवाउने, उफार्ने गरेको मैले देखिराखेको छु । तपाईँहरुले पनि देखिराख्नु भएको छ । म के भन्न चाहन्छु भने– हामीहरु जाइलाग्ने चाही होइन, उनीहरुको सभामा, उनीहरुको आन्दोलनमा हामीले गएर आक्रमण गर्ने मैले भन्न खोजेको छैन । तर, उनीहरु छाडा भएका छन् । छाडा भएर हामीमाथि आक्रमण गर्ने कोशिस गर्दैछन् । यदि उनीहरु आइलाग्छन् भने ईटको जवाफ पत्त्थरले दिने तयारी गर्नुस् । गर्नैपर्छ,’– उनले भने ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ, साउन ६। दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका–६ रजौरामा निर्माणाधीन एउटा घरको पानी ट्याङ्कीभित्रबाट बुधबार दुई जनाको शव भेटिएको छ। मनिराम चन्दको स्वामित्वमा रहेको सो घरको खाली पानी ट्याङ्कीमा शव फेला परेको हो। प्रहरीकाे प्रारम्भिक अनुसन्धान अनुसार ट्याङ्कीभित्र अक्सिजनको अभावका कारण दुवैको मृत्यु भएको हुन सक्ने  अनुमान गरिएको छ। मृतकहरू एक मजदुर र एक ठेकेदार रहेको बुझिएको […]

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]

काठमाडौँ, साउन ५ । सरकारी निकायले नयाँ गाडी खरिद गर्दा अबदेखि अर्थ मन्त्रालयको स्वीकृति अनिवार्य लिनुपर्ने भएको छ । अर्थ मन्त्रालयले सोमबार जारी गरेको चालु आर्थिक वर्षको बजेट कार्यान्वयन मार्गदर्शनमा यस्तो व्यवस्था गरिएको हो । यसैगरी वैदेशिक भ्रमणका लागि पनि मन्त्रालयको पूर्वस्वीकृति चाहिनेछ । घर भाडामा लिनुपर्दा पनि सरकारी भवन उपलब्ध नभएको अवस्थामा मात्र, त्यो […]