११ साउन २०८३, सोमबार
27-07-2026 , Mon
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

नेता तथा कार्यकर्ताहरु पक्राउ परेसंगै राजावादीहरु थप आक्रामक, साेमबार उपत्यका बन्द

Logo
जनचर्चा संवाददाता

काठमाडौं, १९ जेठ २०८२ । राजसंस्था तथा हिन्दुराज्यको माग राख्दै काठमान्डौं केन्द्रित आन्दोलनमा सहभागी नेता तथा कार्यकर्ताहरु पक्राउ परेसंगै राजावादीहरु थप आक्रामक देखिएका छन् ।

आइतबार राजावादी समूहको आन्दोलनको क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका सांसद दीपकबहादुर सिंहलगायतलाई पक्राउ गरिएपछि उनीहरु थप आक्रामक देखिएका हुन् । यसको विरोधमा उनीहरुले प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला दहन गरेका छन् । यस्तै संयुक्त जनआन्दोलन समितिले सोमबार उपत्यका बन्द गर्ने घोषणा गरेको छ ।

उनीहरुले सासद सिंह र राप्रपा नेपालका अध्यक्ष थापाको रिहाइको माग गरेका छन् । आज नक्सालको नारायण चौरबाट जुलुुस लिएर बालुवाटारतर्फ अगाडि बढ्ने क्रममा प्रहरीले राप्रपाका अध्यक्ष थापासहित २२ जनालाई पक्राउ गरेको थियो । सांसद सिंहलाई भने अध्यक्ष थापालाई भेट्न गएको ठाउँबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । पक्राउ परेका थापा,सिंह लगायतलाई तत्काल रिहा नगरे विरोधका कार्यक्रमहरु अझ आक्रामक बन्ने संकेत राजाबादीहरुले गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ, साउन ६। दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका–६ रजौरामा निर्माणाधीन एउटा घरको पानी ट्याङ्कीभित्रबाट बुधबार दुई जनाको शव भेटिएको छ। मनिराम चन्दको स्वामित्वमा रहेको सो घरको खाली पानी ट्याङ्कीमा शव फेला परेको हो। प्रहरीकाे प्रारम्भिक अनुसन्धान अनुसार ट्याङ्कीभित्र अक्सिजनको अभावका कारण दुवैको मृत्यु भएको हुन सक्ने  अनुमान गरिएको छ। मृतकहरू एक मजदुर र एक ठेकेदार रहेको बुझिएको […]

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]

काठमाडौँ, साउन ५ । सरकारी निकायले नयाँ गाडी खरिद गर्दा अबदेखि अर्थ मन्त्रालयको स्वीकृति अनिवार्य लिनुपर्ने भएको छ । अर्थ मन्त्रालयले सोमबार जारी गरेको चालु आर्थिक वर्षको बजेट कार्यान्वयन मार्गदर्शनमा यस्तो व्यवस्था गरिएको हो । यसैगरी वैदेशिक भ्रमणका लागि पनि मन्त्रालयको पूर्वस्वीकृति चाहिनेछ । घर भाडामा लिनुपर्दा पनि सरकारी भवन उपलब्ध नभएको अवस्थामा मात्र, त्यो […]