०१ कार्तिक २०८२, शुक्रबार
17-10-2025 , Fri
Gold Silver Price (30 Ashoj 2082, THUR)
Fine Gold 1 Tola NRs. 251400
Silver 1 Tola Nrs. 3290

सुनमा करकाे विरुद्ध व्यवसायील आन्दाेलित, जेष्ठ २५ गते न्यूरोडमा प्रर्दशन गर्ने

Logo
जनचर्चा संवाददाता प्रकाशित शुक्रबार, जेठ २४, २०८२

काठमाडौँ, २३ जेठ ।  सुनचाँदी व्यवसायी तथा कालिगढहरुले चरणवद्ध आन्दोलनको घोषणा गरेका छन् ।
सरकारले बजेटबाट सुनको गहनामा अनिवार्य दुई प्रतिशत विलासी कर र हिराका गहना भ्याट प्रणालीमा लैजाने भएपछि फिर्ता हुनुपर्ने माग गर्दै आन्दोलनको घोषणा गरेका हुन् ।

नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिले विहिवार पत्रकार सम्मेलनको आयोजना गरी यहि जेठ २५ गते न्यूरोडमा विलासी कर र हिराको गहनाको भ्याट फिर्ता गर्नुपर्ने माग गर्दै शान्तिपूर्ण प्रर्दशन गर्ने जनाएको हो । न्यूरोड गेटबाट सुरु हुने शान्तिपूर्ण विरोध प्रर्दशन इन्द्रचोकमा पुगेर सभामा परिणत हुने जनाइको छ । स्वरोजगार कला र सीपसँग जोडिएको पेशालाई प्रोत्साहान गर्नुको सट्टा कानुनले नगदको रुपमा मानेको सुनलाई विलासीको वस्तुको रुपमा कर लगाउदा सुनको मूल्य अझ बढन् गई उपभोक्ता देखि व्यवसायी मारमा पर्ने संघर्ष समितिका संयोजक विपिन रामुदामुले बताए ।

घरेलु कला र सीपमूलक सुनचाँदी पेशाबाट हजारौ कालिगढको परिवारको रोजिरोटी चलेको भन्दैं सरकारले सुनचाँदी पेशाबाटनै पलायन गराउने ढंगबाट काम गरेकाले आफुहरु बाध्य भएर सडकमा आउनुपरेको नेपाल राष्ट्रिय सुनचाँदी कालिगढ संघका अध्यक्ष अर्जून विश्वकर्माले बताए ।

सरकारले वजेट भाषणबाट सुनको खरिद विक्रीमा अनिवार्य दुई प्रतिशत कर लगाउदा सुन तोलामा ४ हजार बढी तिर्नुपर्ने हुन्छ । यसबाट उपभोक्ता र व्यवसायी दुवै मारमा पर्ने र व्यवसायबाट समेत पलायन हुने व्यवसायीहरुले बताएका छन् । अहिलेको वजेट भाषणबाट २० हजार भन्दा वढी सुन व्यवसायी र डेढ लाख भन्दा वढी कालिगढहरुको रोजगार खोसिने समेत सुनचाँदी व्यवसायीहरुले बताएका छन् । कार्यक्रममा संघर्ष समितिका सदस्य सचिव टंक बराईली, सदस्यहरु रामप्रसाद लकान्द्री,  हरि विश्वकर्मा, शिवकुमार सर्राफ,राजन भूजेल विश्वकर्मा लगायतले आफ्नो भनाई राखेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]

इटहरी, असाेज २८। जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ह्वाट्सएप ह्याक भएको छ। ह्याकरले एसपीको ह्वाट्सएप प्रयोग गरी उनका चिनजानका व्यक्तिहरूलाई पैसा माग्ने गरेको पाइएको छ। ह्याकरले एसपीको नाममा उनका चिनजानकालाई सन्देश पठाउँदै अतिआवश्यक परेको भन्दै रकम माग गरेको पाइएको हो। जिल्लाका एसपी केशवकुमार थेबेले यसबारे जानकारी दिँदै केहि दिनअगाडि आफ्नो ह्वाट्सएप […]

काठमाडौँ २८ आश्विन  । नेपालबाट सरदर समयभन्दा आठ दिन ढिला गरी मनसुन बाहिरिएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जिव अधिकारीकाअनुसार मनसुन सरदर अक्टोर २ मा बाहिरिनु पर्ने भए पनि आठ दिन ढिला गरी शुक्रबार (अक्टोबर १० अर्थात असोज २४ गते)का दिन नेपालबाट बाहिरिएको हो। यस वर्ष नेपालमा १५ दिन अगावै (मे २९) मनसुन नेपाल भित्रिएको […]