०६ माघ २०८२, सोमबार
19-01-2026 , Mon
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

चर्को गर्मीका कारण विराटनगरमा तीन दिन विद्यालय बन्द

Logo
जनचर्चा संवाददाता

विराटनगर २८ जेठ : विराटनगर महानगरपालिकाले केही दिनदेखि बढेको अत्यधिक गर्मीलाई मध्यनजर गर्दै महानगरभित्र सञ्चालित सम्पूर्ण विद्यालयहरूलाई तीन दिनका लागि बन्द गर्न निर्देशन दिएको छ। प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेलले एक सूचनामार्फत जेठ २८ देखि ३० गतेसम्म विद्यालयमा पठनपाठन बन्द गराउन आग्रह गरेका हुन् ।

महानगरपालिकाद्वारा विद्यालयहरूलाई पठाइएको पत्रमा भनिएको छ,’प्रस्तुत विषयमा केही दिनदेखि बढेको अत्यधिक गर्मीका कारण विद्यालयमा पठनपाठन लगायतका गतिविधि गर्न कठिनाइ भएको तथा बालबालिकाको स्वास्थ्य जोखिमलाई समेत मध्यनजर राख्दै यस महानगरपालिका भित्र सञ्चालित सम्पूर्ण विद्यालयको पठन पाठन मिति २०८२-०२-२८ देखि २०८२-०२-३० गतेसम्म बन्द गर्न गराउन जानकारी गराइन्छ।’

यसका साथै, महानगरपालिकाले यस अवधिमा तापक्रममा गिरावट आएमा वा वर्षात भई विद्यालय सञ्चालन गर्न अनुकूल भएमा विद्यालयहरूलाई नियमित पठनपाठनको व्यवस्था मिलाउन समेत भनेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,४ माघ । कोशी प्रदेशका पर्यटन ,वन तथा वातावरण मन्त्री भीम पराजुलीले कलाकार र पर्यटन क्षेत्रबीचको सहकार्यले कोशी प्रदेशको प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने बताएका छन् । मोरङको सुन्दरहरैचा– २ स्थित मृगौलीयामा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशद्धारा शनिबार आयोजित सिनेमामा कोशी प्रदेश ,कोशी पर्यटन प्रवद्धनमा सिनेमा र कलाकार सम्बन्धि अन्तरक्रिया, परिचयपत्र वितरण […]

विराटनगर, माघ ३ । गएको बिहीबार बिहान करिब साढे पाँच बजे भोक्राहा नरसिंह गाउँपालिका–८ स्थित सोनियाहीमा एक मालबाहक ट्रक दुर्घटनामा पर्यो । टाइल र मार्बल लोड गरिएको उक्त ट्रक अनियन्त्रित भई पल्टदा पाँच जना मजदुरको घटनास्थलमै मृत्यु भयो । उनीहरू ट्रकको पछाडि रहेको सामान बोक्ने कन्टेनरमा टाइल र मार्बलसँगै सवार भएर गन्तव्यतर्फ जाँदै थिए । […]

इटहरी, माघ १ ।  विराटनगर स्थित रोयल मार्बलको सामग्री ढुवानी गर्न प्रयाेग भएकाे मालबाहक ट्रक दुर्घटना हुँदा बिहिबार पाँच जना मजदुरको ज्यान गएको छ।टाइलको कामका लागि मालबाहक ट्रकको पछाडि टाइलसँगै मजदुरहरुलाई पनि राजविराजतर्फ लगिँदैथियो। तर जाँदाजाँदै बीचबाटोमा  बिहीबार बिहान ट्रक दुर्घटना भयो जसमा पाँचै जाना मजदुरहरुले ज्यान गुमाए। ओभरलोड टाइल्स बोकेर  जाँदै गरेको को १ […]