२६ आश्विन २०८३, सोमबार
12-10-2026 , Mon
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

रोट्रयाक्ट क्लब विराटनगरद्वारा बालमैत्री विद्यालय भवन हस्तान्तरण

Logo
जनचर्चा संवाददाता

विराटनगर, असार १८ ।  विराटनगर वार्ड नं. ५ को सिद्धकाली आधारभूत विद्यालयमा नयाँ भवन हस्तान्तरण भएको छ। रोटरी फाउन्डेसनको ग्लोबल ग्रान्ड कार्यक्रमबाट निर्मित भवनहरू विद्यालय व्यवस्थापन समितिलाई सुम्पिएको हो। आईतवार मेयर नागेश कोइरालाको उपस्थितिमा भएको कार्यक्रममा रोट्रयाक्ट क्लब विराटनगरले भवन हस्तान्तरण गरेको छ। करिब ५० लाख रुपैयाँ लागतमा चार वटा भवन निर्माण गरिएको छ।

 

नयाँ भवनमा १२ वटा कक्षाकोठा छन्। दुई वटा अपाङ्गमैत्री शौचालय छुट्टाछुट्टै निर्माण गरिएको छ। छात्र र छात्राका लागि अलग शौचालय व्यवस्था छ।भवनमा खेल मैदान, टाइल बिछ्याइएको बाटो र पार्किङ स्थल छ। खेलकुदका लागि छुट्टै क्षेत्र बनाइएको छ। कार्यक्रममा मेयर कोइराला, रोटरी इन्टरनेसनलका बासुदेव गोलियान, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल उपस्थित थिए। रोटरीका बिनोद अग्रवाल, टीपी आचार्य, कमल अग्रवाल, अमित सिंघल, नरेश राठी पनि सहभागी थिए।

समाजसेवी उद्धव थापा, रोट्रयाक्ट अध्यक्ष प्रेम पारख, पूर्व अध्यक्ष रोहित रोनियार, एरोश पौडेल, सजल सुवेदी, काेषाध्यक्ष अनिल कुमार राैनियारले स‌ंयुक्तरुपमा भवन हस्तान्तरण गरे। व्यवस्थापन समितिका अध्यक्ष रामकुमार यादव र प्रधानाध्यापक राजेन्द्र प्रसाद थापाले भवन बुझे। मेयर कोइराला र गोलियानले भवनको उद्घाटन गरे। कार्यक्रमको अन्त्यमा प्रेम पारखले आँशु निरौलालाई नयाँ अध्यक्षको जिम्मेवारी हस्तान्तरण गरे।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]