३० आश्विन २०८२, बिहिबार
16-10-2025 , Thu
Gold Silver Price (30 Ashoj 2082, THUR)
Fine Gold 1 Tola NRs. 251400
Silver 1 Tola Nrs. 3290

लर्डबुद्धमा परिक्षार्थीकाे घुँइचाे, सिटक्षमता भन्दा बढीले दिए प्रवेश परिक्षा

Logo
जनचर्चा संवाददाता प्रकाशित बिहिबार, आषाढ १९, २०८२

विराटनगर, असार १९ । विराटनगरको लर्डबुद्ध कलेजमा कक्षा ११ को प्रवेश परीक्षामा परिक्षार्थीकाे ठूलो घुँइचाे देखिएकाे छ। बिहिबार लिईएकाे प्रवेश परीक्षामा कुल ७५६ जना विद्यार्थी सहभागी भए। यीमध्ये ५४० जनालाई कलेजमा भर्ना गरिनेछ।

एसईईमा ४.० जिपिए ल्याउने ५ जना विद्यार्थीले प्रवेश परीक्षामा भाग लिएका छन्। यी सबैलाई कलेजले पूरै फिस माफ गरेर पढाउने छ। कलेजका प्रिन्सिपल दिनेश पण्डितले भने, “यस वर्ष स्थानीय विद्यार्थीहरूको राम्रो सहभागिता छ। राम्रो प्रवेश परीक्षामा अंक ल्याउने विद्यार्थीहरूलाई हामी छात्रवृत्ति समेत दिन्छौं।”

कलेजमा चार प्रकारका कोर्स छन् – होटल म्यानेजमेन्ट, साइन्स, म्यानेजमेन्ट र कम्प्युटर म्यानेजमेन्ट। यीमध्ये होटल म्यानेजमेन्टमा विद्यार्थीहरूको सबैभन्दा बढी चासो छ। कलेजका अध्यक्ष पप्पु अन्सारीले भने, “हामी विद्यार्थीहरूलाई व्यवसायीक शिक्षा दिन्छौं। होटल म्यानेजमेन्टजस्ता कोर्सले सिधै दक्ष बनाउछ राेजगार बनाउँछ। त्यसैले विद्यार्थीहरूको बढी चासो छ।” कलेजमा राम्रो शिक्षक, आधुनिक कक्षा कोठा र प्रयोगशाला छन्। कलेजले चाँडै अन्तिम नतिजा निकालेर नयाँ कक्षा सुरु गर्ने छ। सिट क्षमताभन्दा बढीले परिक्षादिएता पनि परिबन्दबस छुटेका गएका विद्यार्थीकाे लागी पुन: प्रवेश परीक्षामा खुलाउने समेत कलेजकाे याेजना छ । त्यसकाे लागी यथासिघ्र कलेजमा सम्पर्क गर्न कलेजले आहवान समेत गरेकाे छ ।
यस सत्रदेखि लर्डबुद्ध कलेज शिक्षाक्षेत्रमा अनुभवि र डाइनामिक १० व्यक्तित्वले स‌ंचालन गरिरहेका छन् । जसकाे निर्देशकहरुमा विनाेद भण्डारी, सागर श्रेष्ठ, सविता दाहाल, पार्वती रिजाल, ज्याेति मिश्रा, मन्टु मण्डल, खुर्शिद अन्सारी र अजय राैनियार लगाएत रहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]

इटहरी, असाेज २८। जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ह्वाट्सएप ह्याक भएको छ। ह्याकरले एसपीको ह्वाट्सएप प्रयोग गरी उनका चिनजानका व्यक्तिहरूलाई पैसा माग्ने गरेको पाइएको छ। ह्याकरले एसपीको नाममा उनका चिनजानकालाई सन्देश पठाउँदै अतिआवश्यक परेको भन्दै रकम माग गरेको पाइएको हो। जिल्लाका एसपी केशवकुमार थेबेले यसबारे जानकारी दिँदै केहि दिनअगाडि आफ्नो ह्वाट्सएप […]

काठमाडौँ २८ आश्विन  । नेपालबाट सरदर समयभन्दा आठ दिन ढिला गरी मनसुन बाहिरिएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जिव अधिकारीकाअनुसार मनसुन सरदर अक्टोर २ मा बाहिरिनु पर्ने भए पनि आठ दिन ढिला गरी शुक्रबार (अक्टोबर १० अर्थात असोज २४ गते)का दिन नेपालबाट बाहिरिएको हो। यस वर्ष नेपालमा १५ दिन अगावै (मे २९) मनसुन नेपाल भित्रिएको […]