०६ माघ २०८२, सोमबार
19-01-2026 , Mon
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

अरनिको कलेजकाे नयाँ भर्ना नियम: जो पहिले आउँछ उसले एडमिसन पाउँछ

Logo
जनचर्चा संवाददाता

विराटनगर, असार २० गते । विज्ञान संकायतर्फ नेपालकै उत्कृष्ट मानिने विराटनगरको अरनिको कलेजले भर्नाका लागि नयाँ नियम लागू गरेको छ। कलेजले ‘जुन विद्यार्थी पहिले भर्ना लिन्छ, उसले पढ्न पाउने’ नियम अनुसार भर्ना प्रक्रिया सुरु गरेको छ।

शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११ मा विज्ञान संकाय तर्फ एक हजार विद्यार्थी भर्ना लिने तयारी पूरा गरेको कलेजले बिहीबार प्रवेश परीक्षा सञ्चालन गरेको थियो। यस परीक्षामा दुई हजार भन्दा बढी विद्यार्थीले सहभागिता जनाएका थिए। प्रवेश परीक्षा दिनेकाे संख्या अत्याधिक भएकाले  प्रशासनले कलेज ब्लक सँगसँगै स्कुल ब्लकमा समेत प्रवेश परीक्षा लिएका थिए।

कलेजका प्रिन्सिपल राजेश कार्की भन्नुहुन्छ, “कक्षा ११ मा विज्ञान संकाय तर्फ बिहान र दिउँसो गरी दुई सिफ्टमा अध्ययनका लागि एक हजार विद्यार्थी भर्ना लिन्छौं।” वहाँकाे अनुसार प्रवेश परीक्षाको नतिजाको आधारमा जुन विद्यार्थी अगाडि आउँछ उसले पढ्न पाउँछ। प्रिन्सिपल कार्कीले कलेज प्रशासनले एक हजार विद्यार्थी मात्रै भर्ना लिएर अध्यापन गराउने तयारी गरेकाले त्यो भन्दा बढी विद्यार्थी भर्ना नलिने स्पष्ट पारे। कलेजले बिहीबार नै प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेर भर्ना लिने प्रक्रिया सुरु गरेको छ। परीक्षाको नतिजा र एसईई परीक्षाको जिपिए अंक जोडेर विद्यार्थीलाई  छात्रवृत्ति दिने समेत कलेजकाे तयारी छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,४ माघ । कोशी प्रदेशका पर्यटन ,वन तथा वातावरण मन्त्री भीम पराजुलीले कलाकार र पर्यटन क्षेत्रबीचको सहकार्यले कोशी प्रदेशको प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने बताएका छन् । मोरङको सुन्दरहरैचा– २ स्थित मृगौलीयामा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशद्धारा शनिबार आयोजित सिनेमामा कोशी प्रदेश ,कोशी पर्यटन प्रवद्धनमा सिनेमा र कलाकार सम्बन्धि अन्तरक्रिया, परिचयपत्र वितरण […]

विराटनगर, माघ ३ । गएको बिहीबार बिहान करिब साढे पाँच बजे भोक्राहा नरसिंह गाउँपालिका–८ स्थित सोनियाहीमा एक मालबाहक ट्रक दुर्घटनामा पर्यो । टाइल र मार्बल लोड गरिएको उक्त ट्रक अनियन्त्रित भई पल्टदा पाँच जना मजदुरको घटनास्थलमै मृत्यु भयो । उनीहरू ट्रकको पछाडि रहेको सामान बोक्ने कन्टेनरमा टाइल र मार्बलसँगै सवार भएर गन्तव्यतर्फ जाँदै थिए । […]

इटहरी, माघ १ ।  विराटनगर स्थित रोयल मार्बलको सामग्री ढुवानी गर्न प्रयाेग भएकाे मालबाहक ट्रक दुर्घटना हुँदा बिहिबार पाँच जना मजदुरको ज्यान गएको छ।टाइलको कामका लागि मालबाहक ट्रकको पछाडि टाइलसँगै मजदुरहरुलाई पनि राजविराजतर्फ लगिँदैथियो। तर जाँदाजाँदै बीचबाटोमा  बिहीबार बिहान ट्रक दुर्घटना भयो जसमा पाँचै जाना मजदुरहरुले ज्यान गुमाए। ओभरलोड टाइल्स बोकेर  जाँदै गरेको को १ […]