०६ माघ २०८२, सोमबार
19-01-2026 , Mon
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

मेरिल्याण्ड साईन्सकाे प्रवेश परीक्षामा ४७७ विद्यार्थी सहभागी

Logo
निरज बस्नेत

विराटनगर, असार २० । गुणस्तरीय शिक्षाका लागि प्रसिद्ध विराटनगर महानगरपालिका-७ स्थित मेरिल्याण्ड कलेजले बिहीबार ऐतिहासिक कदम चाल्दै पहिलो पटक विज्ञान विषयको प्रवेश परीक्षा सञ्चालन गर्‍यो। जसमा  कुल ४७७ जना विद्यार्थीहरूले सहभागिता जनाए।

कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले विज्ञान संकायमा विद्यार्थीहरूको उत्साहजनक सहभागिताले कलेज व्यवस्थापनमा थप उत्साह भरेको भएको प्रतिक्रिया दिनुभयो। “हाम्रो संस्थाले पहिलो पटक विज्ञान विषयमा प्रवेश परीक्षा आयोजना गरेकोमा यति धेरै विद्यार्थीहरूको सहभागिता देखेर हामी अत्यन्त उत्साहित छौं,” उहाँले व्यक्त गर्नुभयो।

कलेजका कोअर्डिनेटर मनिष पोखरेलले आफ्नो ९ वर्षको कार्यकालमा मेरिल्याण्ड कलेजले शिक्षाको गुणस्तरमा कहिल्यै समझौता नगरेको कुरा बताउनुभयो।  “हाम्रो संस्थाले व्यवस्थापन शिक्षाको क्षेत्रमा जुन उत्कृष्टता र सफलता हासिल गरेको छ, त्यस्तै उच्च गुणस्तरीय शिक्षालाई विज्ञान विषयमा पनि निरन्तरता दिने हाम्रो दृढ संकल्प छ,” वहाँले स्पष्ट पार्नुभयो।

प्रवेश परीक्षामा सहभागी विद्यार्थीहरू मोरङ, सुनसरी, सिराहा, उदयपुर, धनकुटाजस्ता विभिन्न जिल्लाबाट आएका थिए। कलेजकाे शैक्षिक गुणस्तर, प्रतिष्ठा र विगतका नतिजाहरु हेरेर मेरिल्याण्ड छनाेट गर्न पुगेकाे अधिका‌ंस  सहभागी परिक्षार्थीकाे भनाई थियाे ।

मेरिल्याण्ड कलेजको उत्कृष्ट शैक्षिक कीर्तिमानको कुरा गर्दा वि.सं.२०८१ सालको कक्षा १२ को बोर्ड परीक्षामा कलेजका ९७.७७ प्रतिशत विद्यार्थी उत्कृष्ट जिपिए सहित उत्तीर्ण हुन सफल भएका थिए। यो उपलब्धिले कलेजको गुणस्तरीय शिक्षाको प्रमाण दिन्छ। मेरिल्याण्ड कलेज विगत २२ वर्षदेखि व्यवस्थापन शिक्षामा देशकै उत्कृष्ट शैक्षिक संस्था मानिन्छ। कलेजले आफ्नो स्थापनादेखि नै गुणस्तरीय शिक्षा प्रदान गरेर हजारौं विद्यार्थीहरूको भविष्य निर्माणमा योगदान पुर्‍याएको छ।

 यस कलेजमा विज्ञान विषयमा भर्ना हुने विद्यार्थीहरूका लागि आधुनिक प्रयोगशाला, अनुभवी शिक्षकहरू र गुणस्तरीय शिक्षा सामग्रीको व्यवस्था गरिएको छ। प्रिन्सिपल ढकालले विज्ञान विषयमा भर्ना हुने विद्यार्थीहरूलाई उत्कृष्ट शिक्षा प्रदान गरेर उनीहरूको भविष्य उज्ज्वल बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएकाे छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,४ माघ । कोशी प्रदेशका पर्यटन ,वन तथा वातावरण मन्त्री भीम पराजुलीले कलाकार र पर्यटन क्षेत्रबीचको सहकार्यले कोशी प्रदेशको प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने बताएका छन् । मोरङको सुन्दरहरैचा– २ स्थित मृगौलीयामा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशद्धारा शनिबार आयोजित सिनेमामा कोशी प्रदेश ,कोशी पर्यटन प्रवद्धनमा सिनेमा र कलाकार सम्बन्धि अन्तरक्रिया, परिचयपत्र वितरण […]

विराटनगर, माघ ३ । गएको बिहीबार बिहान करिब साढे पाँच बजे भोक्राहा नरसिंह गाउँपालिका–८ स्थित सोनियाहीमा एक मालबाहक ट्रक दुर्घटनामा पर्यो । टाइल र मार्बल लोड गरिएको उक्त ट्रक अनियन्त्रित भई पल्टदा पाँच जना मजदुरको घटनास्थलमै मृत्यु भयो । उनीहरू ट्रकको पछाडि रहेको सामान बोक्ने कन्टेनरमा टाइल र मार्बलसँगै सवार भएर गन्तव्यतर्फ जाँदै थिए । […]

इटहरी, माघ १ ।  विराटनगर स्थित रोयल मार्बलको सामग्री ढुवानी गर्न प्रयाेग भएकाे मालबाहक ट्रक दुर्घटना हुँदा बिहिबार पाँच जना मजदुरको ज्यान गएको छ।टाइलको कामका लागि मालबाहक ट्रकको पछाडि टाइलसँगै मजदुरहरुलाई पनि राजविराजतर्फ लगिँदैथियो। तर जाँदाजाँदै बीचबाटोमा  बिहीबार बिहान ट्रक दुर्घटना भयो जसमा पाँचै जाना मजदुरहरुले ज्यान गुमाए। ओभरलोड टाइल्स बोकेर  जाँदै गरेको को १ […]