०३ आश्विन २०८३, शनिबार
19-09-2026 , Sat
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

मेरिल्याण्ड साईन्सकाे प्रवेश परीक्षामा ४७७ विद्यार्थी सहभागी

Logo
निरज बस्नेत

विराटनगर, असार २० । गुणस्तरीय शिक्षाका लागि प्रसिद्ध विराटनगर महानगरपालिका-७ स्थित मेरिल्याण्ड कलेजले बिहीबार ऐतिहासिक कदम चाल्दै पहिलो पटक विज्ञान विषयको प्रवेश परीक्षा सञ्चालन गर्‍यो। जसमा  कुल ४७७ जना विद्यार्थीहरूले सहभागिता जनाए।

कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले विज्ञान संकायमा विद्यार्थीहरूको उत्साहजनक सहभागिताले कलेज व्यवस्थापनमा थप उत्साह भरेको भएको प्रतिक्रिया दिनुभयो। “हाम्रो संस्थाले पहिलो पटक विज्ञान विषयमा प्रवेश परीक्षा आयोजना गरेकोमा यति धेरै विद्यार्थीहरूको सहभागिता देखेर हामी अत्यन्त उत्साहित छौं,” उहाँले व्यक्त गर्नुभयो।

कलेजका कोअर्डिनेटर मनिष पोखरेलले आफ्नो ९ वर्षको कार्यकालमा मेरिल्याण्ड कलेजले शिक्षाको गुणस्तरमा कहिल्यै समझौता नगरेको कुरा बताउनुभयो।  “हाम्रो संस्थाले व्यवस्थापन शिक्षाको क्षेत्रमा जुन उत्कृष्टता र सफलता हासिल गरेको छ, त्यस्तै उच्च गुणस्तरीय शिक्षालाई विज्ञान विषयमा पनि निरन्तरता दिने हाम्रो दृढ संकल्प छ,” वहाँले स्पष्ट पार्नुभयो।

प्रवेश परीक्षामा सहभागी विद्यार्थीहरू मोरङ, सुनसरी, सिराहा, उदयपुर, धनकुटाजस्ता विभिन्न जिल्लाबाट आएका थिए। कलेजकाे शैक्षिक गुणस्तर, प्रतिष्ठा र विगतका नतिजाहरु हेरेर मेरिल्याण्ड छनाेट गर्न पुगेकाे अधिका‌ंस  सहभागी परिक्षार्थीकाे भनाई थियाे ।

मेरिल्याण्ड कलेजको उत्कृष्ट शैक्षिक कीर्तिमानको कुरा गर्दा वि.सं.२०८१ सालको कक्षा १२ को बोर्ड परीक्षामा कलेजका ९७.७७ प्रतिशत विद्यार्थी उत्कृष्ट जिपिए सहित उत्तीर्ण हुन सफल भएका थिए। यो उपलब्धिले कलेजको गुणस्तरीय शिक्षाको प्रमाण दिन्छ। मेरिल्याण्ड कलेज विगत २२ वर्षदेखि व्यवस्थापन शिक्षामा देशकै उत्कृष्ट शैक्षिक संस्था मानिन्छ। कलेजले आफ्नो स्थापनादेखि नै गुणस्तरीय शिक्षा प्रदान गरेर हजारौं विद्यार्थीहरूको भविष्य निर्माणमा योगदान पुर्‍याएको छ।

 यस कलेजमा विज्ञान विषयमा भर्ना हुने विद्यार्थीहरूका लागि आधुनिक प्रयोगशाला, अनुभवी शिक्षकहरू र गुणस्तरीय शिक्षा सामग्रीको व्यवस्था गरिएको छ। प्रिन्सिपल ढकालले विज्ञान विषयमा भर्ना हुने विद्यार्थीहरूलाई उत्कृष्ट शिक्षा प्रदान गरेर उनीहरूको भविष्य उज्ज्वल बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएकाे छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]