२८ आषाढ २०८३, आइतबार
12-07-2026 , Sun
Gold Silver Price (Asar 24, 2083, WED)
Fine Gold 1 Tola NRs. 287600
Silver 1 Tola Nrs. 4515

देशकै शीर्ष सरकारी विद्यालय पोखरीयामा उत्साहजनक प्रवेश परीक्षा

Logo
निरज बस्नेत

विराटनगर, असार २० । निजी कलेजहरूलाई समेत चुनौती दिँईरहेकाे देशकै शीर्ष सरकारी विद्यालयहरूमध्ये पर्ने विराटनगरकाे पोखरीया विद्यालयले शुक्रवार कक्षा ११ को पहिलो चरणको प्रवेश परीक्षा सफलतापूर्वक सञ्चालन गरेको छ। प्रवेश परीक्षामा विज्ञान (Science) विषयमा २६० जना र व्यवस्थापन (Management) विषयमा १५५ जना गरी कुल ४१५ जना विद्यार्थीहरूले सहभागिता जनाएका छन्।

सरकारी विद्यालयको प्रवेश परीक्षामा यो संख्या सामान्य नभएर चकचकी संख्या मानिन्छ। यसले पोखरीया विद्यालयको बढ्दो लोकप्रियता र गुणस्तरीय शिक्षाको प्रमाण दिन्छ। विद्यालयका प्रिन्सिपल खेमराज भट्टराईले औपचारिक रूपमा सबै विद्यार्थीहरूलाई शुभकामना दिनुका साथै विद्यालयमा हार्दिक स्वागत गरेका छन्। उहाँले भन्नुभयो, “हाम्रो सरकारी विद्यालयप्रति विद्यार्थीहरूले देखाएको यो विश्वास र चासोले हामीलाई थप प्रेरणा दिएको छ।”

पोखरीया विद्यालय नेपालकै शीर्ष सरकारी विद्यालयहरूमध्ये एक हो जसले निजी विद्यालयहरूलाई कडा प्रतिस्पर्धा दिइरहेको छ। देशभरमा चर्चित यो विद्यालयको उत्कृष्ट शैक्षिक वातावरण र गुणस्तरीय शिक्षाको कारणले यो विद्यार्थी र अभिभावकहरूको पहिलो रोजाइमा परेको छ। विशेष कुरा यो छ कि प्रिन्सिपल खेमराज भट्टराई एक यस्ताे विशिष्ट व्यक्तित्व हुन् जसले शिक्षा क्षेत्रमा पुर्याएकाे अमूल्य योगदानको कारण राष्ट्रपतिबाट पदक प्राप्त गरिसकेका छन्। उहाँको नेतृत्वमा पोखरीया विद्यालयले निरन्तर उत्कृष्ट परिणाम हासिल गर्दै आएको छ। उहाँको कुशल नेतृत्वमा विद्यालयले  शैक्षिक उत्कृष्टता हासिल गर्नुका साथै सरकारी शिक्षा प्रणालीमा एक नयाँ मापदण्डको स्थापना गरेको छ। पोखरीया विद्यालयको सफलताले अन्य सरकारी विद्यालयहरूका लागि प्रेरणाको स्रोत बनेको छ।

प्रवेश परीक्षामा सहभागी विद्यार्थीहरूले विद्यालयको प्रतिष्ठा र गुणस्तरीय शिक्षाको कारणले यहाँ अध्ययन गर्न चाहेको बताएका छन्। एक विद्यार्थीले भने, “सरकारी विद्यालयमा पनि निजी विद्यालयजस्तै गुणस्तरीय शिक्षा पाउन सकिन्छ भन्ने कुरा पोखरीया विद्यालयले प्रमाणित गरेको छ।” पोखरीया विद्यालयको यो सफलताले नेपालको सरकारी शिक्षा प्रणालीमा एक सकारात्मक संदेश फैलाएको छ। यसले प्रमाणित गरेको छ कि उचित नेतृत्व र प्रतिबद्धताका साथ सरकारी विद्यालयहरूले पनि निजी विद्यालयहरूलाई कडा प्रतिस्पर्धा दिन सक्छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असार २१ । कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री डा. इस्राईल मन्सुरीको पहलमा सहकारी पीडित बचतकर्तालाई राहत दिने उद्देश्यले सञ्चालन गरिएको बचत फिर्ता अभियान प्रभावकारी रूपमा अघि बढिरहेको छ। प्रदेश सरकारका अनुसार हालसम्म कोशी प्रदेशभर ३ करोड ८४ लाख ६५ हजार ३२१ रुपैयाँ ७४ पैसा (रु. ३८,४६५,३२१.७४) बचतकर्ताको बैंक खातामा सिधै जम्मा […]

विराटनगर।  लायन्स क्लब अफ विराटनगरको लायन्स वर्ष २०२६/२७ का लागि चाँद ईराकी अध्यक्ष पदमा चयन भएका छन्। नयाँ नेतृत्व चयनसँगै क्लबले सामाजिक सेवा र समुदायमुखी कार्यक्रमलाई अझ प्रभावकारी ढंगले विस्तार गर्ने अध्यक्ष ईराकीले बताउनुभयो । नवनिर्वाचित अध्यक्ष ईराकीले मानव सेवा, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, युवा सशक्तीकरण तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा परिणाममुखी र दीर्घकालीन कार्यक्रम सञ्चालन […]

विराटनगर, असार १८ । अनिल रौनियार लायन्स क्लब अफ विराटनगर ग्लोबलको सन् २०२६/२७ कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन्। नवगठित कार्यसमितिमा सचिवमा मुकेश कुमार यादव तथा कोषाध्यक्षमा चन्दा कुमारी सरकार चयन भएका छन्। रौनियारले हाल उनी आफ्नै व्यवसाय सञ्चालन गर्दै आएका छन्। अध्यक्षका रूपमा उनले शिक्षा, स्वास्थ्य सेवा, वातावरण संरक्षण तथा लागुऔषध दुव्र्यसन नियन्त्रणका क्षेत्रमा […]