०३ साउन २०८३, आइतबार
19-07-2026 , Sun
Gold Silver Price (Asar 24, 2083, WED)
Fine Gold 1 Tola NRs. 287600
Silver 1 Tola Nrs. 4515

गोल्डेन हस्पिटल विराटनगरले २५ देखि ५० प्रतिशत छुटमा स्वास्थ्य सेवा दिने

Logo
जनचर्चा संवाददाता

विराटनगर, २७ असार – गोल्डेन हस्पिटल विराटनगरले नेपाल सरकारको आमजनतालाई ‘सर्वसुलभ स्वास्थ्य सेवा’ उपलब्ध गराउने नीतिलाई सहयोग पुर्याउने गरी स्वास्थ्य उपचारमा व्यापक छुटको व्यवस्था गर्ने भएको छ।

निजी क्षेत्रद्वारा सञ्चालित सो अस्पतालले बिहिबार यहाँ पत्रकार सम्मेलनमार्फत सस्तो र गुणस्तरीय सेवा प्रदान गरी सरकारी नीति तथा कार्यक्रमलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

मुख्य छुट व्यवस्थाहरू

अस्पतालका प्रबन्धनिर्देशक डा. श्यामकुमार रौनियारले आमजनताको आयशक्ति घटिरहेको मुलुकको विद्यमान असहज परिस्थितिलाई दृष्टिगत गरी यथासक्य छुटको व्यवस्थासहित सेवाग्राहीलाई राहत दिने प्रतिबद्धता व्यक्त गरे। उनले यसअघि लिइदैआएको सेवाशुल्कमा २५ देखि ५० प्रतिशतसम्म छुट दिन लागिएको स्पष्ट गरे।

मातृ तथा शिशु मृत्युदर घटाउने, विशेषज्ञ चिकित्सकद्वारा सुरक्षित र भरपर्दो शल्यक्रिया सुनिश्चित गर्ने, पाँच वर्ष मुनिका बालबालिकालाई सघन उपचार बाहेकका सेवामा २५ प्रतिशत छुट दिने र ८० वर्ष माथिका ज्येष्ठ नागरिकलाई ५० प्रतिशतसम्म छुट दिने व्यवस्था मिलाएको उक्त अस्पतालले जनाएको छ।

गोल्डेन हस्पिटल विराटनगरको निजी क्षेत्रको पहिलो अस्पताल बनेको छ जसले बिरामीलाई व्यापक छुटको व्यवस्था दिने गरेको छ। अस्पतालबाट सेवा प्रवाह भइरहेको सबै किसिमको रोगको शल्यक्रियामा ५० प्रतिशत छुट दिने व्यवस्था गरेको हो।

जसले गर्दा मोटो रकमको जोहो गर्न नसक्दा रोग पालेर बस्नु पर्ने अवस्थाको समेत अन्त हुनु लागेको छ। गरिब तथा निम्न आयस्तर भएका व्यक्तिले सस्तोमा उपचार पाउने वातावरण तयार पारिदिएको हो।

छिटो र गुणस्तरीय सेवा

डा. रौनियारले सबै प्रकारका रोगको शल्यक्रियामा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको बताए। शल्यक्रियाका लागि चाहिने औषधि सिधै औषधि उत्पादक कम्पनीबाट आइरहेकोले शल्यक्रिया सस्तो भएको उनले बताए। एक बिरामीको शल्यक्रिया गर्दा १० देखि २० हजार रुपैयाँसम्मको औषधि चाहिन्छ। ५० प्रतिशत छुटमा औषधि आइरहेकोले जसको कारण शल्यक्रिया सस्तो भएको डा. रौनियारले बताए। शल्यक्रिया मात्रै होइन सबै प्रकारका रोगका बिरामीलाई छिटो छरितो सेवा प्रवाह भइरहेको उनले बताए।

प्याकेज दरमा शल्यक्रिया

गोल्डेन हस्पिटलसँग फुलटाइम काम गर्ने दक्ष विशेषज्ञको टोली छ। जस्तो सुकै शल्यक्रियाका लागि भर्ना भएका बिरामी बढीमा ३ दिन भित्र शल्यक्रिया गराएर घर फर्किरहेका छन्। यो गोल्डेन हस्पिटलको मात्रै नभई स्वास्थ्य क्षेत्रको ठुलो विशेषता हो।

डा. रौनियारले विभिन्न शल्यक्रियाका प्याकेज दरहरू सार्वजनिक गरे:

  • हाइड्रोशीलको शल्यक्रिया: २० हजार रुपैयाँ
  • अपेडिक्सको शल्यक्रिया: २० हजार रुपैयाँ
  • पाठेघरको शल्यक्रिया: २५ हजार रुपैयाँ
  • सिजेरियन डेलिभरी: १५ हजार रुपैयाँ
  • सामान्य डेलिभरी: ५ हजार रुपैयाँ
  • फेस तथा अनुहारको शल्यक्रिया: ३५ हजार रुपैयाँ
  • कानको जाली फुटेको शल्यक्रिया: २५ हजार रुपैयाँ
  • मुत्रनालिमा भएको पथरिको शल्यक्रिया: २५ हजार रुपैयाँ
  • टनशीलको शल्यक्रिया: ३० हजार रुपैयाँ
  • नाक बाङ्गो भएको शल्यक्रिया: ३० हजार रुपैयाँ
  • किड्नीको पथरिको शल्यक्रिया: ३५ हजार रुपैयाँ
  • पित्तथैलीको पथरीको शल्यक्रिया: ४० हजार रुपैयाँ

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, जस  । नेपालकै पहिलो उद्योग वाणिज्य संघ मोरङ उद्योग व्यापार संघले अन्तर्राष्ट्रिय व्यापारिक संस्था इन्टरनेशनल चेम्बर अफ कमर्श (आईसीसी) अन्तर्गत उपलब्ध हुने विश्वस्तरीय सेवा, सुविधा र नेटवर्कमा भर्खरै मात्र पूर्ण पहुँच पाएको छ । संघले सन् २०२५ देखि नै आईसीसीको सदस्यता प्राप्त गरे पनि सोअन्तर्गतका वास्तविक सुविधा र अवसरहरु उपयोग गर्ने बाटो भने भर्खरै […]

विराटनगर, असार २१ । कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री डा. इस्राईल मन्सुरीको पहलमा सहकारी पीडित बचतकर्तालाई राहत दिने उद्देश्यले सञ्चालन गरिएको बचत फिर्ता अभियान प्रभावकारी रूपमा अघि बढिरहेको छ। प्रदेश सरकारका अनुसार हालसम्म कोशी प्रदेशभर ३ करोड ८४ लाख ६५ हजार ३२१ रुपैयाँ ७४ पैसा (रु. ३८,४६५,३२१.७४) बचतकर्ताको बैंक खातामा सिधै जम्मा […]

विराटनगर।  लायन्स क्लब अफ विराटनगरको लायन्स वर्ष २०२६/२७ का लागि चाँद ईराकी अध्यक्ष पदमा चयन भएका छन्। नयाँ नेतृत्व चयनसँगै क्लबले सामाजिक सेवा र समुदायमुखी कार्यक्रमलाई अझ प्रभावकारी ढंगले विस्तार गर्ने अध्यक्ष ईराकीले बताउनुभयो । नवनिर्वाचित अध्यक्ष ईराकीले मानव सेवा, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, युवा सशक्तीकरण तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा परिणाममुखी र दीर्घकालीन कार्यक्रम सञ्चालन […]