२६ आश्विन २०८३, सोमबार
12-10-2026 , Mon
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

पतंजली महानगर योग समिति विराटनगरद्वारा नयाँ योग साधकहरुलाई स्वागत तथा सम्मान

Logo
जनचर्चा संवाददाता

विराटनगर,२९ असार । पतंजली महानगर योग समिति विराटनगरले नयाँ योग साधकहरुलाई स्वागत तथा सम्मान गरेको छ । महिला पतंजली योग महानगर समिति तथा पतंजली योग समिति मोरङको समन्वयनमा विराटनगर ४ दयालु राधाकृष्ण धर्मशालामा कार्यक्रम भएको हो ।

२५ जना भन्दा नयाँ योग साधक,साधिकाहरुलाई प्रमाणपत्र र परिचय प्रदान गरिएको महानगर योगसमिति संयोजक शिल्पा प्याकुरेलले जानकारी दिइन् । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पतंजली योग पिठका आजिवन सदस्य भीम पराजुलीले योगका माध्यमवाट स्वस्थ्य समाज निर्माण गर्न सकिने बताए ।

योगका माध्यमबाट सकारात्मक जीवन जीउन सक्ने कलाको विकास हुने भएकाले यसको महत्व अझ बढेको पराजुलीको भनाइ छ । योगलाई समाज रुपान्तरणको पाटोमा पनि लान सकिने उनको भनाइ थियो । कार्यक्रममा दयालु राधाकृष्ण धर्मशालाका अध्यक्ष किर्तिराज पराजुली,पतंजली योग पिठका सल्लाहकार चन्द्रमणी गुरागाई,पत्रकार महासंघ मोरङका कोषाध्यक्ष कौशल निरौला लगायतको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]