११ साउन २०८३, सोमबार
27-07-2026 , Mon
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

विराटनगर उच्च अदालतको कीर्तिमान: एक वर्षमा ५ हजार ७९ मुद्दा फछ्र्यौट

Logo
जनचर्चा संवाददाता

विराटनगर, साउन ४ । उच्च अदालत विराटनगरले आर्थिक वर्ष २०८१-०८२ मा इतिहासकै सबैभन्दा धेरै मुद्दा फछ्र्यौट गरेर नयाँ कीर्तिमान कायम गरेको छ। अदालतका रजिष्ट्रार जगदिशप्रसाद भट्टका अनुसार गएको एक वर्षमा कुल ८ हजार ४४१ मुद्दामध्ये ५ हजार ७९ मुद्दा फछ्र्यौट भएको हो, जुन ६०.१७ प्रतिशत हो।

अदालतले सार्वजनिक गरिएको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा अघिल्लो वर्षको दायित्व सरेर आएको ४ हजार १८३ र नयाँ दर्ता भएका ४ हजार २५८ गरी कुल ८ हजार ४४१ मुद्दा रहेको थियो। त्यसमध्ये ५ हजार ७९ मुद्दा फछ्र्यौट भएको र आगामी आर्थिक वर्ष २०८२-८३ का लागि ३ हजार ३६२ मुद्दाको दायित्व सरेको छ।

पुराना मुद्दाहरूमा सफलता

दुई वर्ष पुग्न लागेका ७१९ वटा मुद्दामध्ये ७१३ वटा फछ्र्यौट भएको छ भने ६ वटा मात्र बाँकी रहेको छ। त्यसैगरी १८ महिना पुग्न लागेका १ हजार ४५९ मुद्दामध्ये १ हजार ४२६ फछ्र्यौट भएको छ र अब ३३ वटा मात्र बाँकी छ। जिम्मेवारी सरी आएका ४ हजार १८३ मुद्दामध्ये ३ हजार ६०५ फछ्र्यौट भएको छ।

विगत पाँच वर्षको तुलना

उच्च अदालत विराटनगरको विगत पाँच वर्षको अभिलेखअनुसार:

  • २०७७-०७८ मा ३ हजार ६६१ दर्ता, २ हजार १०८ फछ्र्यौट
  • २०७८-०७९ मा ५ हजार २ दर्ता, ३ हजार २४ फछ्र्यौट
  • २०७९-०८० मा ५ हजार ४८० दर्ता, २ हजार ९३६ फछ्र्यौट
  • २०८०-०८१ मा ७ हजार ४३७ दर्ता, ३ हजार २५४ फछ्र्यौट
  • २०८१-०८२ मा ८ हजार ४४१ दर्ता, ५ हजार ७९ फछ्र्यौट

यी तथ्याङ्कले आर्थिक वर्ष २०८१-०८२ को प्रगति उत्साहजनक रहेको देखाएको छ।

मेलमिलापमार्फत समाधान

अदालतले १३.३४ प्रतिशत मुद्दा मेलमिलापमार्फत समाधान गरेको छ। यसले विवाद समाधानको वैकल्पिक माध्यमको प्रभावकारी प्रयोग भएको देखाएको छ र अदालतको बोझ कम गर्न सहायता गरेको छ।

मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईले यस उपलब्धिलाई अत्यन्त महत्वपूर्ण र ऐतिहासिक बताएका छन्। उनका अनुसार १२ जना न्यायाधीशले ६ वटा इजालसबाट न्याय सम्पादन गरेर अहिलेसम्मकै सबैभन्दा बढी फैसला गरिएको हो। उनले यो उपलब्धिले न्यायपालिकाको इतिहासमा नयाँ मापदण्डो स्थापना गरेको बताए।

भट्टराईले अदालतको पञ्चवर्षीय रणनीति अनुसार न्याय सम्पादन भएको र यस सफलताको श्रेय सम्पूर्ण न्यायाधीश र कर्मचारीहरूको समर्पित कार्यलाई दिने बताए। अदालतले व्यवस्थित रूपमा मुद्दाहरूको प्राथमिकीकरण गरेर पुराना मुद्दाहरूलाई प्राथमिकतामा राखेको र यसले न्यायमा ढिलाइको समस्या न्यूनीकरण गर्न सहायता गरेको उल्लेख गरे।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ, साउन ६। दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका–६ रजौरामा निर्माणाधीन एउटा घरको पानी ट्याङ्कीभित्रबाट बुधबार दुई जनाको शव भेटिएको छ। मनिराम चन्दको स्वामित्वमा रहेको सो घरको खाली पानी ट्याङ्कीमा शव फेला परेको हो। प्रहरीकाे प्रारम्भिक अनुसन्धान अनुसार ट्याङ्कीभित्र अक्सिजनको अभावका कारण दुवैको मृत्यु भएको हुन सक्ने  अनुमान गरिएको छ। मृतकहरू एक मजदुर र एक ठेकेदार रहेको बुझिएको […]

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]

काठमाडौँ, साउन ५ । सरकारी निकायले नयाँ गाडी खरिद गर्दा अबदेखि अर्थ मन्त्रालयको स्वीकृति अनिवार्य लिनुपर्ने भएको छ । अर्थ मन्त्रालयले सोमबार जारी गरेको चालु आर्थिक वर्षको बजेट कार्यान्वयन मार्गदर्शनमा यस्तो व्यवस्था गरिएको हो । यसैगरी वैदेशिक भ्रमणका लागि पनि मन्त्रालयको पूर्वस्वीकृति चाहिनेछ । घर भाडामा लिनुपर्दा पनि सरकारी भवन उपलब्ध नभएको अवस्थामा मात्र, त्यो […]