०६ माघ २०८२, सोमबार
19-01-2026 , Mon
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

साउनको पहिलो सोमबार, देशभरका शिवमन्दिरहरूमा भक्तजनको भीड

Logo
जनचर्चा संवाददाता

५ साउन, काठमाडौं । आज साउन महिनाको प्रारम्भिक सोमबार, देशभरका शिवमन्दिरहरूमा श्रद्धालुहरूको ठूलो भीड देखिएको छ।

हिन्दू धर्मावलम्बीहरू साउनका सोमबारहरूलाई भगवान शंकरको विशेष दिन मानेर उपवास बसी पूजाअर्चना गर्ने परम्परा छ। यो वर्ष साउनमा जम्मा चार सोमबार परेका छन्। व्रतालुहरूले बिहान स्नान गरी शिवलिंगमा जल, दूध अर्पण गर्छन् र बेलपत्र, धतुरा, फूलफल चढाएर पूजा गर्छन्।

शिवपूजाबाट अटुट सौभाग्य, मनोकामना पूर्ति र पारिवारिक खुशी, शान्ति तथा समृद्धि प्राप्त हुने धार्मिक मान्यता छ।

आजको दिन काठमाडौं उपत्यकासहित देशभरका शिवमन्दिरहरूमा श्रद्धालुहरू लाइनमा बसेर पूजाअर्चना गरिरहेका छन्। ललितपुरको कुम्भेश्वर, भक्तपुरको डोलेश्वर लगायतका प्रमुख मन्दिरहरूमा पनि उत्तिकै भीड देखिएको छ।

पशुपतिनाथमा विशेष व्यवस्था

राष्ट्रिय शिवमन्दिर पशुपतिनाथमा आज विशेष चहलपहल छ। श्रद्धालुहरूका लागि सुविधा मिलाउन मन्दिरका चारैवटा ढोका आज बिहान ३ बजेदेखि नै खुला गरिएको थियो।

पशुपति क्षेत्र विकास कोषको अनुमानअनुसार आज करिब ५ लाख भक्तजनले मूल मन्दिरमा प्रवेश गरी दर्शन गर्ने अपेक्षा गरिएको छ।

कोषले यस वर्षदेखि साउनका सोमबारहरूमा पशुपति दर्शनका लागि आउने भक्तजनहरूलाई चक्रपथमा निःशुल्क बस सेवा सुरू गरेको छ। चारवटा बसले परिक्रमा गर्दै सेवा दिने यो व्यवस्था साउनका सबै सोमबार जारी रहनेछ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,४ माघ । कोशी प्रदेशका पर्यटन ,वन तथा वातावरण मन्त्री भीम पराजुलीले कलाकार र पर्यटन क्षेत्रबीचको सहकार्यले कोशी प्रदेशको प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने बताएका छन् । मोरङको सुन्दरहरैचा– २ स्थित मृगौलीयामा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशद्धारा शनिबार आयोजित सिनेमामा कोशी प्रदेश ,कोशी पर्यटन प्रवद्धनमा सिनेमा र कलाकार सम्बन्धि अन्तरक्रिया, परिचयपत्र वितरण […]

विराटनगर, माघ ३ । गएको बिहीबार बिहान करिब साढे पाँच बजे भोक्राहा नरसिंह गाउँपालिका–८ स्थित सोनियाहीमा एक मालबाहक ट्रक दुर्घटनामा पर्यो । टाइल र मार्बल लोड गरिएको उक्त ट्रक अनियन्त्रित भई पल्टदा पाँच जना मजदुरको घटनास्थलमै मृत्यु भयो । उनीहरू ट्रकको पछाडि रहेको सामान बोक्ने कन्टेनरमा टाइल र मार्बलसँगै सवार भएर गन्तव्यतर्फ जाँदै थिए । […]

इटहरी, माघ १ ।  विराटनगर स्थित रोयल मार्बलको सामग्री ढुवानी गर्न प्रयाेग भएकाे मालबाहक ट्रक दुर्घटना हुँदा बिहिबार पाँच जना मजदुरको ज्यान गएको छ।टाइलको कामका लागि मालबाहक ट्रकको पछाडि टाइलसँगै मजदुरहरुलाई पनि राजविराजतर्फ लगिँदैथियो। तर जाँदाजाँदै बीचबाटोमा  बिहीबार बिहान ट्रक दुर्घटना भयो जसमा पाँचै जाना मजदुरहरुले ज्यान गुमाए। ओभरलोड टाइल्स बोकेर  जाँदै गरेको को १ […]