०६ माघ २०८२, सोमबार
19-01-2026 , Mon
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

गठाघर शाखाकी शान्ति राई बनिन् २०२६ को पहिलो एमडीआरटी सदस्य

Logo
मनु बुढाथाेकी

काठमाडौं, साउन ६। आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको गठाघर, भक्तपुर शाखामा कार्यरत कर्मचारी शान्ति राईले बीमा क्षेत्रमा ऐतिहासिक सफलता हासिल गरेकी छिन्। उनले सन् २०२६ को पहिलो मिलियन डलर राउन्ड टेबल (एमडीआरटी) सदस्यताको उपाधि प्राप्त गरेकी हुन्।

यस उपलब्धिसँगै राईले नेपाली बीमा क्षेत्रमा नयाँ मापदण्डी स्थापना गरेकी छिन्। उनका अनुसार आफ्नो यो सफलताले केवल व्यक्तिगत उपलब्धि मात्र नभएर सम्पूर्ण शाखा, संस्था र बीमा उद्योगको प्रतिष्ठा वृद्धि गरेको छ।

राईले आफ्नो व्यवसायिक यात्रामा समर्पण, अनुशासन र सेवा भावनालाई मुख्य आधारका रूपमा लिएको बताइन्। उनले निरन्तर प्रयास र ग्राहकप्रति इमानदार सेवाको माध्यमबाट यो उचाइ प्राप्त गरेको जनाइन्।

गठाघर शाखाका प्रमुख सागर कटुवालले राईको सफलताको प्रशंसा गर्दै भने, “शान्ति राईको यो सफलताको पछाडि उनको दृढ आत्मविश्वास, निरन्तर प्रयास र ग्राहक सेवाप्रतिको गहिरो निष्ठा छ। यो उपलब्धि केवल हाम्रो गठाघर शाखाको मात्र गौरव नभएर सम्पूर्ण बीमा क्षेत्रका कर्मचारीहरूका लागि प्रेरणाको स्रोत बनेको छ।”

कटुवालले अन्य बीमा प्रतिनिधिहरूलाई सम्बोधन गर्दै भने, “सपना देख्न कहिल्यै नछाड्नुहोस्। ती सपनाहरू साकार पार्न उचित योजना, कडा मेहनत र धैर्य आवश्यक हुन्छ। तपाईं जुन अवस्थामा हुनुहुन्छ, त्यहीँबाट आफ्नो यात्रा सुरु गर्नुहोस्। आफ्ना सीप र क्षमताहरूलाई दैनिक रूपमा सुधार गर्दै अगाडि बढ्नुहोस्।”

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,४ माघ । कोशी प्रदेशका पर्यटन ,वन तथा वातावरण मन्त्री भीम पराजुलीले कलाकार र पर्यटन क्षेत्रबीचको सहकार्यले कोशी प्रदेशको प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने बताएका छन् । मोरङको सुन्दरहरैचा– २ स्थित मृगौलीयामा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशद्धारा शनिबार आयोजित सिनेमामा कोशी प्रदेश ,कोशी पर्यटन प्रवद्धनमा सिनेमा र कलाकार सम्बन्धि अन्तरक्रिया, परिचयपत्र वितरण […]

विराटनगर, माघ ३ । गएको बिहीबार बिहान करिब साढे पाँच बजे भोक्राहा नरसिंह गाउँपालिका–८ स्थित सोनियाहीमा एक मालबाहक ट्रक दुर्घटनामा पर्यो । टाइल र मार्बल लोड गरिएको उक्त ट्रक अनियन्त्रित भई पल्टदा पाँच जना मजदुरको घटनास्थलमै मृत्यु भयो । उनीहरू ट्रकको पछाडि रहेको सामान बोक्ने कन्टेनरमा टाइल र मार्बलसँगै सवार भएर गन्तव्यतर्फ जाँदै थिए । […]

विराटनगर, पुष १४ । विराट ट्रेड एक्स्पोअन्तर्गत सोमबार साना तथा मझौला उद्योग (एसएमई) को समृद्धि तथा संरक्षणलाई केन्द्रमा राखेर थिमेटिक सेसन सम्पन्न भएको छ। “साना तथा मझौला उद्योगको समृद्धि तथा संरक्षण” शीर्षकमा आयोजित प्यानल छलफलमा उद्योग, लगानी, नीति, प्रविधि र बजार पहुँचका विविध पक्षमा छलफल भयो । कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष […]