११ साउन २०८३, सोमबार
27-07-2026 , Mon
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

गठाघर शाखाकी शान्ति राई बनिन् २०२६ को पहिलो एमडीआरटी सदस्य

Logo
मनु बुढाथाेकी

काठमाडौं, साउन ६। आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको गठाघर, भक्तपुर शाखामा कार्यरत कर्मचारी शान्ति राईले बीमा क्षेत्रमा ऐतिहासिक सफलता हासिल गरेकी छिन्। उनले सन् २०२६ को पहिलो मिलियन डलर राउन्ड टेबल (एमडीआरटी) सदस्यताको उपाधि प्राप्त गरेकी हुन्।

यस उपलब्धिसँगै राईले नेपाली बीमा क्षेत्रमा नयाँ मापदण्डी स्थापना गरेकी छिन्। उनका अनुसार आफ्नो यो सफलताले केवल व्यक्तिगत उपलब्धि मात्र नभएर सम्पूर्ण शाखा, संस्था र बीमा उद्योगको प्रतिष्ठा वृद्धि गरेको छ।

राईले आफ्नो व्यवसायिक यात्रामा समर्पण, अनुशासन र सेवा भावनालाई मुख्य आधारका रूपमा लिएको बताइन्। उनले निरन्तर प्रयास र ग्राहकप्रति इमानदार सेवाको माध्यमबाट यो उचाइ प्राप्त गरेको जनाइन्।

गठाघर शाखाका प्रमुख सागर कटुवालले राईको सफलताको प्रशंसा गर्दै भने, “शान्ति राईको यो सफलताको पछाडि उनको दृढ आत्मविश्वास, निरन्तर प्रयास र ग्राहक सेवाप्रतिको गहिरो निष्ठा छ। यो उपलब्धि केवल हाम्रो गठाघर शाखाको मात्र गौरव नभएर सम्पूर्ण बीमा क्षेत्रका कर्मचारीहरूका लागि प्रेरणाको स्रोत बनेको छ।”

कटुवालले अन्य बीमा प्रतिनिधिहरूलाई सम्बोधन गर्दै भने, “सपना देख्न कहिल्यै नछाड्नुहोस्। ती सपनाहरू साकार पार्न उचित योजना, कडा मेहनत र धैर्य आवश्यक हुन्छ। तपाईं जुन अवस्थामा हुनुहुन्छ, त्यहीँबाट आफ्नो यात्रा सुरु गर्नुहोस्। आफ्ना सीप र क्षमताहरूलाई दैनिक रूपमा सुधार गर्दै अगाडि बढ्नुहोस्।”

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ, साउन ६। दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका–६ रजौरामा निर्माणाधीन एउटा घरको पानी ट्याङ्कीभित्रबाट बुधबार दुई जनाको शव भेटिएको छ। मनिराम चन्दको स्वामित्वमा रहेको सो घरको खाली पानी ट्याङ्कीमा शव फेला परेको हो। प्रहरीकाे प्रारम्भिक अनुसन्धान अनुसार ट्याङ्कीभित्र अक्सिजनको अभावका कारण दुवैको मृत्यु भएको हुन सक्ने  अनुमान गरिएको छ। मृतकहरू एक मजदुर र एक ठेकेदार रहेको बुझिएको […]

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]

काठमाडौँ, साउन ५ । सरकारी निकायले नयाँ गाडी खरिद गर्दा अबदेखि अर्थ मन्त्रालयको स्वीकृति अनिवार्य लिनुपर्ने भएको छ । अर्थ मन्त्रालयले सोमबार जारी गरेको चालु आर्थिक वर्षको बजेट कार्यान्वयन मार्गदर्शनमा यस्तो व्यवस्था गरिएको हो । यसैगरी वैदेशिक भ्रमणका लागि पनि मन्त्रालयको पूर्वस्वीकृति चाहिनेछ । घर भाडामा लिनुपर्दा पनि सरकारी भवन उपलब्ध नभएको अवस्थामा मात्र, त्यो […]