०३ आश्विन २०८३, शनिबार
19-09-2026 , Sat
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

एम्बुलेन्स पुग्न नसकेपछि वडाध्यक्षले मोटरसाइकलमा राखेर गरे घाइतेको उद्धार

Logo
सुमन बस्नेत

सोलुखुम्बु, साउन ६। थुलुङ दुधकोशी गाउँपालिका–२ का वडाध्यक्ष युजन बस्नेतले खुट्टा भाँचिएर घरमै थला परेकी एक दलित महिलाको आफैं मोटरसाइकलमा राखेर उद्धार गरेका छन्।

करीव ४२ वर्षीय कुमारी नेपालीलाई दुई दिनअघि काम गर्ने क्रममा लडेर खुट्टा भाँचिएको थियो। आर्थिक अवस्था कमजोर भएका कारण उपचार नगराई दुई-तीन दिनदेखि घरमै बसिरहेको स्थानीयले जानकारी गराएपछि मंगलवार वडाध्यक्ष बस्नेत उद्धारका लागि पुगेका थिए।

बाढी पहिरोका कारण स्थानीय सडकहरू क्षतिग्रस्त बनेपछि एम्बुलेन्स पुग्न नसक्ने अवस्था थियो। लङखु खोलाले सडक बगाएपछि आवतजावतमा समेत समस्या सिर्जना भएको छ। खोलामा बाढीले सबै सडक हिलो बनाएको र एम्बुलेन्स समेत पुग्न नसक्ने अवस्थामा बिरामी थलिएको जानकारी पाएपछि वडाध्यक्ष बस्नेतले आफैं मोटरसाइकल लिएर उद्धारमा पुगेका हुन्।

“काम गर्ने क्रममा लडेर उहाँको खुट्टा भाँचिएको रहेछ, आर्थिक अवस्था कमजोर भएका कारण उपचार नगराई दुई-तीन दिनदेखि घरमै बसिरहनु भएको थाहा पाएर उद्धार गरिएको हो,” वडाध्यक्ष बस्नेतले भने। “एम्बुलेन्स बोलाउँदा बाटो बिग्रिएर आउन सकेन, स्ट्रेचरमा लैजान पनि कठिन भएकोले मोटरसाइकलमै अस्पताल लगियो।”

उनले थप भने, “त्यो खोलाको बाटोमा हिलो थियो, एम्बुलेन्स आउन सक्दैनथ्यो, मैले आफैं उद्धार गरेर सरकारी अस्पताल पुर्‍याएँ।”

घाइते महिलालाई थुलुङ दुधकोशी गाउँपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍याइएको छ। गाउँपालिकाले निर्माण गरेको यस अस्पतालमा दुई जना एमडी डाक्टर कार्यरत छन्।

२९ वर्षीय युवा जनप्रतिनिधि बस्नेतले उपचार नै नपाएर अपाङ्गता हुनुपर्ने अवस्थामा रहेका नागरिकको अस्पतालसम्म पुर्‍याउनु जनप्रतिनिधिको दायित्व भएको बताए। उनले नागरिकको दिनरात सेवा गर्ने गरेको जानकारी दिए।

स्थानीयका अनुसार वडाका जुनसुकै ठाउँमा पनि समस्या पर्दा एम्बुलेन्स जस्तै वडाध्यक्ष बस्नेत पुगिहाल्ने गर्छन्। बाढी पहिरोका कारण स्थानीय सडकहरू क्षतिग्रस्त बनेका कारण आपतकालिन सेवाका सवारी साधन संचालनमा समेत कठिनाई भएको उनले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]