२५ कार्तिक २०८२, सोमबार
10-11-2025 , Mon
Gold Silver Price (21 Kartik 2082, FRI)
Fine Gold 1 Tola NRs. 238900
Silver 1 Tola Nrs. 3035

एम्बुलेन्स पुग्न नसकेपछि वडाध्यक्षले मोटरसाइकलमा राखेर गरे घाइतेको उद्धार

Logo
सुमन बस्नेत प्रकाशित बुधबार, साउन ०८, २०८२

सोलुखुम्बु, साउन ६। थुलुङ दुधकोशी गाउँपालिका–२ का वडाध्यक्ष युजन बस्नेतले खुट्टा भाँचिएर घरमै थला परेकी एक दलित महिलाको आफैं मोटरसाइकलमा राखेर उद्धार गरेका छन्।

करीव ४२ वर्षीय कुमारी नेपालीलाई दुई दिनअघि काम गर्ने क्रममा लडेर खुट्टा भाँचिएको थियो। आर्थिक अवस्था कमजोर भएका कारण उपचार नगराई दुई-तीन दिनदेखि घरमै बसिरहेको स्थानीयले जानकारी गराएपछि मंगलवार वडाध्यक्ष बस्नेत उद्धारका लागि पुगेका थिए।

बाढी पहिरोका कारण स्थानीय सडकहरू क्षतिग्रस्त बनेपछि एम्बुलेन्स पुग्न नसक्ने अवस्था थियो। लङखु खोलाले सडक बगाएपछि आवतजावतमा समेत समस्या सिर्जना भएको छ। खोलामा बाढीले सबै सडक हिलो बनाएको र एम्बुलेन्स समेत पुग्न नसक्ने अवस्थामा बिरामी थलिएको जानकारी पाएपछि वडाध्यक्ष बस्नेतले आफैं मोटरसाइकल लिएर उद्धारमा पुगेका हुन्।

“काम गर्ने क्रममा लडेर उहाँको खुट्टा भाँचिएको रहेछ, आर्थिक अवस्था कमजोर भएका कारण उपचार नगराई दुई-तीन दिनदेखि घरमै बसिरहनु भएको थाहा पाएर उद्धार गरिएको हो,” वडाध्यक्ष बस्नेतले भने। “एम्बुलेन्स बोलाउँदा बाटो बिग्रिएर आउन सकेन, स्ट्रेचरमा लैजान पनि कठिन भएकोले मोटरसाइकलमै अस्पताल लगियो।”

उनले थप भने, “त्यो खोलाको बाटोमा हिलो थियो, एम्बुलेन्स आउन सक्दैनथ्यो, मैले आफैं उद्धार गरेर सरकारी अस्पताल पुर्‍याएँ।”

घाइते महिलालाई थुलुङ दुधकोशी गाउँपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍याइएको छ। गाउँपालिकाले निर्माण गरेको यस अस्पतालमा दुई जना एमडी डाक्टर कार्यरत छन्।

२९ वर्षीय युवा जनप्रतिनिधि बस्नेतले उपचार नै नपाएर अपाङ्गता हुनुपर्ने अवस्थामा रहेका नागरिकको अस्पतालसम्म पुर्‍याउनु जनप्रतिनिधिको दायित्व भएको बताए। उनले नागरिकको दिनरात सेवा गर्ने गरेको जानकारी दिए।

स्थानीयका अनुसार वडाका जुनसुकै ठाउँमा पनि समस्या पर्दा एम्बुलेन्स जस्तै वडाध्यक्ष बस्नेत पुगिहाल्ने गर्छन्। बाढी पहिरोका कारण स्थानीय सडकहरू क्षतिग्रस्त बनेका कारण आपतकालिन सेवाका सवारी साधन संचालनमा समेत कठिनाई भएको उनले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, कार्तिक २३ – भारतको बिहार विधानसभा निर्वाचन २०२५ को दोस्रो चरणको मतदानका कारण विराटनगरको रानी नाका तीन दिनका लागि बन्द गरिएको छ। मोरङ प्रशासन र भारतीय समकक्षीसँगको छलफलमा सहमति भएअनुसार यो निर्णय लिइएको हो। मतदानकाे दिन भन्दा ७२ घण्टा पूर्व नेपाल-भारत सीमा सील गर्ने सहमति भएकाे छ। बन्द भएको समय: मिति २०८२।०७।२२ गते शनिबार बेलुकी […]

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]