१७ पुष २०८२, बिहिबार
01-01-2026 , Thu
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

कोशी प्रदेशमा ३,५१३ फरार प्रतिवादी पक्राउ, १४ करोड ७७ लाख राजस्व संकलन

Logo
जनचर्चा संवाददाता प्रकाशित आइतबार, साउन १२, २०८२

विराटनगर, ११ साउन ।  कोशी प्रदेश प्रहरीले आर्थिक वर्ष २०८१/०८२ मा फरार प्रतिवादीहरूलाई पक्राउ गर्न सञ्चालन गरेको विशेष अभियानमा उल्लेखनीय सफलता हासिल गरेको छ। असार मसान्तसम्म प्रदेशका सबै जिल्लाहरूबाट जम्मा ३,५१३ जना फरार प्रतिवादी पक्राउ परेका छन्।

जिल्लागत विवरणअनुसार मोरङबाट १,१५६ जना, सुनसरीबाट १,००२ जना, झापाबाट ५३४ जना, उदयपुरबाट २६० जना, इलामबाट १४६ जना, ओखलढुंगाबाट ६९ जना, धनकुटाबाट ५७ जना, खोटाङबाट ५३ जना, ताप्लेजुङबाट ४८ जना, तेह्रथुमबाट ४५ जना, भोजपुरबाट ४४ जना, पाँचथरबाट ४२ जना, संखुवासभाबाट २८ जना, सोलुखुम्बुबाट १४ जना र प्रादेशिक अनुसन्धान समूहबाट १५ जना पक्राउ परेका छन्।

पक्राउ परेका व्यक्तिहरूबाट जम्मा १,४१६ वर्षभन्दा बढी कैद सजाय र जरिवानाबापत १४ करोड ७७ लाखभन्दा बढी राजस्व संकलन भएको छ।

प्रहरीले कानूनी राज्यको स्थापना र न्याय प्रणालीलाई प्रभावकारी बनाउने उद्देश्यले यो अभियान सञ्चालन गरिरहेको र विशेष रणनीति, सूचना प्रविधिको प्रयोग तथा समुदायसँगको समन्वयमार्फत यस्तो सफलता हासिल गरेको जनाएको छ।

प्रहरीले नागरिकहरूलाई आफ्नो वरपरका फरार व्यक्तिहरूको बारेमा गोपनीयता कायम राखी सूचना उपलब्ध गराउन अनुरोध गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

२0८२ पाैष ७ अन्तर्वार्ता दिने: राष्ट्रिय परिवर्तन पार्टी नेता माधव सुन्दर खड्का ( जनादेश पार्टीमा गाभिने क्रममा) प्रश्न १: आगामी फागुन २१ को निर्वाचनलाई तपाईं किन नयाँ शक्तिहरूको लागि सुवर्ण मौकाको रूपमा हेर्नुहुन्छ? उत्तर: हेर्नुस्, अहिले नयाँ शक्तिहरूको लागि एउटा एकदमै राम्रो मौका देखिएको छ। मुख्यतया दुई कारणले गर्दा – पहिलो, नेकपा एमालेको महाधिवेशनबाट केपी […]

विराटनगर,२६ मंसिर  । कोशी प्रदेशमा खेलकुदको आधुनिक पूर्वाधार विकास गर्ने लक्ष्यसहित विराटनगरमा ५ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको ‘विराट स्पोर्ट्स जोन’ सञ्चालनमा आउने भएको छ । विराटनगरमा करिब ३० कट्ठा क्षेत्रफलमा फैलिएको यो अत्याधुनिक खेलकुद ग्राम यही मंसिर २७ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको हो । सञ्चालक समितिले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै स्पोर्ट्स जोनको […]

विराटनगर, मंसिर २३ ।   पुस ९ गतेदेखि १९ गतेसम्म विराटनगरमा ‘विराट ट्रेड एक्स्पो’ आयोजना हुने भएको छ। मोरङ उद्योग व्यापार संघले साेमबार पत्रकार सम्मेलनकाे आयाेजना गरी साे एक्स्पाे बारे विस्तृत जानकारी दिएकाे छ । विराटनगर–२ शान्तिचोकस्थित जिल्ला प्रहरी कार्यालय नजिकैको खुला स्थानमा सञ्चालन हुने यस मेलामा जर्मन प्रविधिको ‘ह्याङ्गर’ र अक्टानम सिस्टमसहित करिब २३० […]