०३ आश्विन २०८३, शनिबार
19-09-2026 , Sat
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

कोशी प्रदेशमा ३,५१३ फरार प्रतिवादी पक्राउ, १४ करोड ७७ लाख राजस्व संकलन

Logo
जनचर्चा संवाददाता

विराटनगर, ११ साउन ।  कोशी प्रदेश प्रहरीले आर्थिक वर्ष २०८१/०८२ मा फरार प्रतिवादीहरूलाई पक्राउ गर्न सञ्चालन गरेको विशेष अभियानमा उल्लेखनीय सफलता हासिल गरेको छ। असार मसान्तसम्म प्रदेशका सबै जिल्लाहरूबाट जम्मा ३,५१३ जना फरार प्रतिवादी पक्राउ परेका छन्।

जिल्लागत विवरणअनुसार मोरङबाट १,१५६ जना, सुनसरीबाट १,००२ जना, झापाबाट ५३४ जना, उदयपुरबाट २६० जना, इलामबाट १४६ जना, ओखलढुंगाबाट ६९ जना, धनकुटाबाट ५७ जना, खोटाङबाट ५३ जना, ताप्लेजुङबाट ४८ जना, तेह्रथुमबाट ४५ जना, भोजपुरबाट ४४ जना, पाँचथरबाट ४२ जना, संखुवासभाबाट २८ जना, सोलुखुम्बुबाट १४ जना र प्रादेशिक अनुसन्धान समूहबाट १५ जना पक्राउ परेका छन्।

पक्राउ परेका व्यक्तिहरूबाट जम्मा १,४१६ वर्षभन्दा बढी कैद सजाय र जरिवानाबापत १४ करोड ७७ लाखभन्दा बढी राजस्व संकलन भएको छ।

प्रहरीले कानूनी राज्यको स्थापना र न्याय प्रणालीलाई प्रभावकारी बनाउने उद्देश्यले यो अभियान सञ्चालन गरिरहेको र विशेष रणनीति, सूचना प्रविधिको प्रयोग तथा समुदायसँगको समन्वयमार्फत यस्तो सफलता हासिल गरेको जनाएको छ।

प्रहरीले नागरिकहरूलाई आफ्नो वरपरका फरार व्यक्तिहरूको बारेमा गोपनीयता कायम राखी सूचना उपलब्ध गराउन अनुरोध गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]