२८ आश्विन २०८२, मंगलबार
14-10-2025 , Tue
Gold Silver Price (24 Ashoj 2082, FRI)
Fine Gold 1 Tola NRs. 235500
Silver 1 Tola Nrs. 3100

देशकै विश्वशनिय ओलि एण्ड एशाेसियट कण्सल्टेन्सीकाे विराटनगर शाखा उद्घाटन

Logo
जनचर्चा संवाददाता प्रकाशित बुधबार, साउन २९, २०८२

विराटनगर, भाद्र २८ – देशको  पुरानो र भरपर्दो शैक्षिक परामर्शदाता संस्था ओली एण्ड एसाेसियट्सले मंगलबार विराटनगरमा आफ्नो ११औं शाखाको उद्घाटन गरेको छ। उद्घाटनकै अवसरमा विदेश पढ्न जान चाहने विद्यार्थीहरूको लागि ग्लोबल एक्स्पोको पनि आयोजना गरिएको थियो। संसारीमाई स्थान नजिक रहेको कन्सल्टेन्सी भवनमा आयोजित कार्यक्रममा विदेश अध्ययनमा रुचि राख्ने ५०० भन्दा बढी विद्यार्थीहरूले सहभागिता जनाएका थिए। एक्स्पोमा अष्ट्रेलिया, क्यानडा, बेलायत, न्यूजिल्यान्ड र युरोपका विभिन्न देशहरूका शिक्षण संस्थाहरूको प्रत्यक्ष जानकारी प्रदान गरिएको थियो र विद्यार्थीहरूले विदेशी अध्ययनसम्बन्धी काउन्सिलिङ क्लासमा पनि भाग लिएका थिए।

२००२ सालमा स्थापना भएको ओली एण्ड एसाेसियट्स नेपालको पहिलो विदेशी शिक्षा परामर्शदाता संस्था हो। दुई दशकभन्दा बढी अनुभवका साथ यो संस्थाले विदेशी शिक्षाको क्षेत्रमा अग्रणी भूमिका खेलेको छ। स्थापनादेखि नै संस्थाले हजारौं विद्यार्थीहरूलाई सेवा प्रदान गरेको छ। हाल संस्थाका नेपालभित्र काठमाडौं, बीरतामोड, पोखरा, पाटन, इटहरी, बुटवल, चितवन, दमक, बागलुङ, महेन्द्रनगर शाखाहरू सञ्चालनमा छन् भने विदेशमा भुटानको थिम्पू, अष्ट्रेलियाको सिड्नी र मेलबर्नमा समेत शाखाहरू स्थापना गरेको छ। यो संस्था पाँच देशका १७३ भन्दा बढी शिक्षण संस्थाहरूसँग साझेदारीमा छ। विराटनगर शाखाका म्यानेजर रजन शाहीले भने, “अब विराटनगर आसपासका विद्यार्थीहरूले भिसाका काम बाहेक अन्य कुनै पनि प्रक्रिया पूरा गर्न काठमाडौं जानुपर्ने छैन।” संस्थाले कलेजमा भर्ना गराउनेदेखि भिसा र उडान गराउनेसम्मका सबै काम गर्ने उनले बताए।

मनोज तिवारी, निश्चल चौधरी एवम रन्जन कुमार शाहीले स‌ंयुक्तरुपमा विराटनगरमा  ‍ओलीकाे शाखा सन्चालनमा ल्याएका हुन्। नयाँ शाखामा IELTS र PTE तयारी कक्षाहरू पनि सञ्चालनमा ल्याइएको छ। उद्घाटनको अवसरमा केही समयका लागि ५०% छुटमा भर्ना लिइरहेको संस्थाले जनाएको छ। संस्थामा ३० भन्दा बढी QEAC प्रमाणित काउन्सिलरहरूको टोली कार्यरत छ जसले विद्यार्थीहरूलाई सम्पूर्ण मार्गदर्शन र सहयोग प्रदान गर्दछ। ओली एण्ड एसाेसियट्सले अष्ट्रेलिया, संयुक्त राज्य अमेरिका, न्यूजिल्यान्ड, बेलायत र क्यानडामा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि सेवा प्रदान गर्दछ र विभिन्न विषयहरूमा मार्गदर्शन गर्दछ। विराटनगर शाखाको उद्घाटनसँगै पूर्वी नेपालका विद्यार्थीहरूलाई विदेशी शिक्षाको सुविधा प्राप्त गर्न सहज हुने अपेक्षा गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इटहरी, असाेज २८। जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ह्वाट्सएप ह्याक भएको छ। ह्याकरले एसपीको ह्वाट्सएप प्रयोग गरी उनका चिनजानका व्यक्तिहरूलाई पैसा माग्ने गरेको पाइएको छ। ह्याकरले एसपीको नाममा उनका चिनजानकालाई सन्देश पठाउँदै अतिआवश्यक परेको भन्दै रकम माग गरेको पाइएको हो। जिल्लाका एसपी केशवकुमार थेबेले यसबारे जानकारी दिँदै केहि दिनअगाडि आफ्नो ह्वाट्सएप […]

काठमाडौँ २८ आश्विन  । नेपालबाट सरदर समयभन्दा आठ दिन ढिला गरी मनसुन बाहिरिएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जिव अधिकारीकाअनुसार मनसुन सरदर अक्टोर २ मा बाहिरिनु पर्ने भए पनि आठ दिन ढिला गरी शुक्रबार (अक्टोबर १० अर्थात असोज २४ गते)का दिन नेपालबाट बाहिरिएको हो। यस वर्ष नेपालमा १५ दिन अगावै (मे २९) मनसुन नेपाल भित्रिएको […]

विराटनगर,२४ असोज । सुदन गुरुङ नेतृत्वको जेनजीका सातै प्रदेशका संयोजकहरूले सुशिला कार्की नेतृत्वको सरकारलाई जेनजीकाे म्यान्डेटभन्दा बाहिर नजान  खबरदारी गरेका छन्। साे समूहकाे प्रदेशका संयोजकहरूले सयुक्त विज्ञप्ती जारी गरी साे कुरा बताएका हुन् । भदौ २३-२४ मा भएको भ्रष्टाचार विरुद्धको विद्रोहपछि गठित सरकारका सकारात्मक कार्यलाई समर्थन गर्ने तर विद्रोहको म्यान्डेटभन्दा बाहिर गए खबरदारी गर्ने उनीहरूले […]