०६ माघ २०८२, सोमबार
19-01-2026 , Mon
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

हुलाकी राजमार्ग बनाउने अभियान लिएर सांसद भीम पराजुली मन्त्रालय दौडाहामा

Logo
जनचर्चा संवाददाता

विराटनगर,२९ साउन । हुलाकी राजमार्गको मोरङ खण्ड अन्तरगत ६ किलोमिटर सडक निर्माण सुरु भएको ६ वर्षसम्म नबनेपछि कोशी प्रदेशका सांसद भीम पराजुलीले गत आइतबार कोशी प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै सडकको काम तत्काल अघि नबढे प्रदेशसभा अगाडि आमरण अनशन बस्ने घोषणा गरिदिए । यस संगै सदन,सडक र नेताहरुमाझ चर्चाको विषय बनेको हुलाकी राजमार्गको बहस सकिएको छैन ।

बोलेको कुरा पूरा गर्न सांसद पराजुली अहिले कस्सिएर लागेका छन् । उनले बुधबार गृहमन्त्री रमेश लेखक र भौतिक पूर्वाधार मन्त्री देबेन्द्र दाहाल संग भेटेर पहलकदमी लिएका छन् । यस कुरालाई बुधबार सामाजिक सन्जाल फेसवुकमा साझा गर्दै पराजुलीले लेखेका छन् , “हुलाकी सडक अन्तर्गत कटहरी जिर्ण सडक लगायत बिद्युतको पोल सार्ने , कटहरी पुल र झापाको कन्काई पुलको बारेमा गृहमन्त्री मा.रमेश लेखक ज्यू र मा. भौतिक पूर्वाधार मन्त्री देबेन्द्र दाहाल ज्यू सङ्ग द्रुत गतिमा काम गराउने सन्दर्भमा गहन छलफल गरि निष्कर्षमा पुगियो।”

उनले सामाजिक सन्जालमा साझा गरिएको विषयलाई चासो लिएर विराटपोष्टले सोधेको सवाल जवाफमा पराजुलीले भने,” बाटो हिँड्दा अत्यन्त अप्ठेरो र असहज छ, साइकल, सिटी रिक्सामा मोटरसाइकलमा हिड्नेलाई कति गाह्रो भएको होला ? सरकार भन्दा ठेकेदार बलियो हुनुहुदैन । तत्काल सडक बन्नुपर्छ । आजको भेटले त्यो काम चाडै पूरा हुनेमा म विश्वस्त छु । ”

अलपत्र सडक राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्गको मोरङ खण्डमा ४४ किलोमिटर पर्छ । त्यसमध्ये हाटखोलादेखि रामचोकसम्म ६ किलोमिटर काम अतिसुस्त गतिमा छ । अन्य क्षेत्रको काम लगभग पूरा भएको छ ।

२०७६ सालमा श्रेष्ठ कन्ट्रक्सन कम्पनी प्राली काठमाडौंले ठेक्का लिएको यो सडकको काम असारसम्म जम्मा २२ प्रतिशत मात्रै प्रगति छ । पानी पर्दा हिलोका कारण हिँड्न नसकिने यो सडक घाम लाग्दा धुलोका कारण हिँड्न सक्ने अवस्था नरहेको पराजुलीको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,४ माघ । नेकपा एमाले विराटनगर महानगर कमिटीको आयोजनामा सम्भवतः पहिलो पटक महानगरस्तरीय वनभोज कार्यक्रम आयोजना भएको छ । आसन्न प्रतिनिधि सभा निर्वाचनको पूर्व सन्ध्यामा आयोजित वनभोज कार्यक्रममा विराटनगर महानगरका १९ वटै वार्ड र त्यसमा सम्मिलत ४,५ र ६ नम्बर निर्वाचन क्षेत्रका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो । हरेक वर्ष वडा स्तरीय वनभोज कार्यक्रम हुँदै आएका […]

विराटनगर,४ माघ । कोशी प्रदेशका पर्यटन ,वन तथा वातावरण मन्त्री भीम पराजुलीले कलाकार र पर्यटन क्षेत्रबीचको सहकार्यले कोशी प्रदेशको प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने बताएका छन् । मोरङको सुन्दरहरैचा– २ स्थित मृगौलीयामा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशद्धारा शनिबार आयोजित सिनेमामा कोशी प्रदेश ,कोशी पर्यटन प्रवद्धनमा सिनेमा र कलाकार सम्बन्धि अन्तरक्रिया, परिचयपत्र वितरण […]

विराटनगर, माघ ३ । गएको बिहीबार बिहान करिब साढे पाँच बजे भोक्राहा नरसिंह गाउँपालिका–८ स्थित सोनियाहीमा एक मालबाहक ट्रक दुर्घटनामा पर्यो । टाइल र मार्बल लोड गरिएको उक्त ट्रक अनियन्त्रित भई पल्टदा पाँच जना मजदुरको घटनास्थलमै मृत्यु भयो । उनीहरू ट्रकको पछाडि रहेको सामान बोक्ने कन्टेनरमा टाइल र मार्बलसँगै सवार भएर गन्तव्यतर्फ जाँदै थिए । […]