०३ भाद्र २०८३, बुधबार
19-08-2026 , Wed
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

हुलाकी राजमार्ग बनाउने अभियान लिएर सांसद भीम पराजुली मन्त्रालय दौडाहामा

Logo
जनचर्चा संवाददाता

विराटनगर,२९ साउन । हुलाकी राजमार्गको मोरङ खण्ड अन्तरगत ६ किलोमिटर सडक निर्माण सुरु भएको ६ वर्षसम्म नबनेपछि कोशी प्रदेशका सांसद भीम पराजुलीले गत आइतबार कोशी प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै सडकको काम तत्काल अघि नबढे प्रदेशसभा अगाडि आमरण अनशन बस्ने घोषणा गरिदिए । यस संगै सदन,सडक र नेताहरुमाझ चर्चाको विषय बनेको हुलाकी राजमार्गको बहस सकिएको छैन ।

बोलेको कुरा पूरा गर्न सांसद पराजुली अहिले कस्सिएर लागेका छन् । उनले बुधबार गृहमन्त्री रमेश लेखक र भौतिक पूर्वाधार मन्त्री देबेन्द्र दाहाल संग भेटेर पहलकदमी लिएका छन् । यस कुरालाई बुधबार सामाजिक सन्जाल फेसवुकमा साझा गर्दै पराजुलीले लेखेका छन् , “हुलाकी सडक अन्तर्गत कटहरी जिर्ण सडक लगायत बिद्युतको पोल सार्ने , कटहरी पुल र झापाको कन्काई पुलको बारेमा गृहमन्त्री मा.रमेश लेखक ज्यू र मा. भौतिक पूर्वाधार मन्त्री देबेन्द्र दाहाल ज्यू सङ्ग द्रुत गतिमा काम गराउने सन्दर्भमा गहन छलफल गरि निष्कर्षमा पुगियो।”

उनले सामाजिक सन्जालमा साझा गरिएको विषयलाई चासो लिएर विराटपोष्टले सोधेको सवाल जवाफमा पराजुलीले भने,” बाटो हिँड्दा अत्यन्त अप्ठेरो र असहज छ, साइकल, सिटी रिक्सामा मोटरसाइकलमा हिड्नेलाई कति गाह्रो भएको होला ? सरकार भन्दा ठेकेदार बलियो हुनुहुदैन । तत्काल सडक बन्नुपर्छ । आजको भेटले त्यो काम चाडै पूरा हुनेमा म विश्वस्त छु । ”

अलपत्र सडक राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्गको मोरङ खण्डमा ४४ किलोमिटर पर्छ । त्यसमध्ये हाटखोलादेखि रामचोकसम्म ६ किलोमिटर काम अतिसुस्त गतिमा छ । अन्य क्षेत्रको काम लगभग पूरा भएको छ ।

२०७६ सालमा श्रेष्ठ कन्ट्रक्सन कम्पनी प्राली काठमाडौंले ठेक्का लिएको यो सडकको काम असारसम्म जम्मा २२ प्रतिशत मात्रै प्रगति छ । पानी पर्दा हिलोका कारण हिँड्न नसकिने यो सडक घाम लाग्दा धुलोका कारण हिँड्न सक्ने अवस्था नरहेको पराजुलीको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]

काठमाडाै, भदाै २ । सिंहदरबारमा आज बिहान ११ बजेदेखि प्रतिनिधिसभाको बैठक सुरु हुँदैछ, जसमा यसअघि सांसदहरूले सोधेका विभिन्न प्रश्नको जवाफ चार जना मन्त्रीले दिनुपर्ने भएको छ। यी प्रश्नहरू परराष्ट्र मामिला, ऊर्जा तथा सिँचाइ, पर्यटन तथा उड्डयन, र कृषि-वन क्षेत्रसँग जाेडिएका छन्। बैठकमा सरकारको तर्फबाट कानुनमन्त्री सोविता गौतमले थारू आयोगले तयार पारेको विगत आर्थिक वर्षको वार्षिक […]

काठमाडाैं, भदाै २ । मकवानपुरको भीमफेदी गाउँपालिका-६ जुरीखेतमा मंगलबार बिहान भएको स्कार्पियो दुर्घटनामा उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश गोकर्ण डाँगीलगायत ६ जना घाइते भएका छन्। काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको सवारी सडकबाट लगभग ५०–६० मिटर तल खोल्सामा खस्दा यो दुर्घटना भएको हो। घाइतेमध्ये एक महिलाको अवस्था गम्भीर रहेको छ भने बाँकी पाँच जनाको अवस्था मध्यम रहेको […]