१६ मंसिर २०८२, सोमबार
01-12-2025 , Mon
Gold Silver Price (12 Mansir 2082, FRI)
Fine Gold 1 Tola NRs. 251100
Silver 1 Tola Nrs. 3360

प्रधानमन्त्री चीन प्रस्थान

Logo
जनचर्चा संवाददाता प्रकाशित शनिबार, भाद्र १४, २०८२

काठमाडौं ,१४ भदौ। प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा साङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा भाग लिन २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बिहान चीनको तियान्जिनतर्फ प्रस्थान गरेका छन् ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा तथा मुख्यसचिव एकनारायण अर्यालले बिदाइ गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ११ मंसिर। ‘सामाजिक सुरक्षाः सर्वव्यापी स्वस्थ्य सेवाको पहुँच, पेन्सनयोग्य समाज र उत्पादकत्व अभिवृद्धिसहित नागरिक जीवनको रक्षा’ भन्ने नाराका साथ आज आठौँ सामाजिक सुरक्षा दिवस मनाइँदै छ । ‘असल श्रम सम्बन्धको आधार सामाजिक सुरक्षा र रोजगार’लाई मूल मन्त्र मानेर आठ वर्षअघि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको घोषणा गरिएको दिनको सम्झनामा आज दिवस मनाउन लागिएको हो । प्रधानमन्त्री […]

काठमाडौं , १० मंसिर/ नेकपा एमालेको ११ औं महाधिवेशनको प्रतिनिधि छनौटको काम अगाडि बढेको छ। मंसिर २७–२९ गते काठमाडौंमा हुने पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरू छनोट गर्न अधिकांश जिल्लाले निर्वाचन कार्यतालिका सार्वजनिक गरेका छन् । एमालेको महाधिवेशनमा झण्डै २२ सय प्रतिनिधि सहभागी हुँदैछन् ।एमालेले पार्टी सदस्यको संख्याअनुसार ‘क्लस्टर’ छुट्याएर प्रतिनिधि चयनको मापदण्ड बनाइएको छ। […]

विराटनगर, मंसिर ५ ।  चिकित्सा शिक्षा आयोगले लिएको एमबीबीएस प्रवेश परीक्षामा उत्कृष्ट नतिजाका साथ नाम निकाल्न सफल भएका आफ्ना विद्यार्थीहरूलाई विराटनगरको कान्तिपुर कलेजले सम्मान गरेको छ। विराटनगर महानगरपालिका–१० मा अवस्थित कलेजले शुक्रबार एक विशेष कार्यक्रम आयाेजना गरी एमबीबीएस प्रवेश परीक्षामा नाम निकाल्न सफल तीन विद्यार्थी सहित वार्षिक परीक्षामा उत्कृष्ट अंक ल्याउने ४३ विद्यार्थीहरूलाई सम्मान गरेको […]