०५ माघ २०८२, आइतबार
18-01-2026 , Sun
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

प्राध्यापक संघ मोरङ क्याम्पसमा नवीन अधिकारी चयन

Logo
जनचर्चा संवाददाता

विराटनगर, २०८२ भदौ १८
त्रिवि प्राध्यापक संघ महेन्द्र मोरङ क्याम्पस विराटनगर एकाइ सभापतिमा नवीन अधिकारी चयन भएका छन् । ११ सदस्यीय समितिको उपसभापतिमा डा उपेन्द्र मेहता, सचिव ई जयनाथ यादव, सहसचिव डा राजेन्द्रप्रसाद चौधरी, कोषाध्यक्षमा डा युवराज साहू छन् ।
सदस्यहरूमा बाबुराम बुढाथोकी, डा तुलसी निरौला, माधव रेग्मी, सीताराम चम्लागाईं, अर्जुन तामाङ र सूर्यनारायण यादव छन् । नयाँ नेतृत्वका लागि आवश्यक ११ सदस्यहरूका लागि शुक्रबार निर्वाचन भएको थियो । सो निर्वाचनमा नेपाली कांग्रेस निकट नेपाल प्रजातन्त्रवादी प्राध्यापक संघका अधिकारी, मेहता, ई। यादव, चौधरी, साहू र चम्लागाईं छ सदस्यहरु विजयी भएका र बहुमत सदस्यहरुको आधारमा पदाधिकारी चयन भएका हुन् ।
अन्य सदस्यहरु नेकपा एमाले निकट प्रगतिशील प्राध्यापक संगठनबाट बुढाथोकी, निरौला र रेग्मी एवम् माओवादी निकट नेपाल राष्ट्रिय प्राध्यापक संगठनबाट तामाङ र यादव विजयी भएका थिए ।
पदविभाजन पछि निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन समितिका संयोजक प्राडा देवेन्द्र अधिकारीले एक समारोहका बीच सोमबार प्रमाणपत्र वितरण गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, माघ ३ । गएको बिहीबार बिहान करिब साढे पाँच बजे भोक्राहा नरसिंह गाउँपालिका–८ स्थित सोनियाहीमा एक मालबाहक ट्रक दुर्घटनामा पर्यो । टाइल र मार्बल लोड गरिएको उक्त ट्रक अनियन्त्रित भई पल्टदा पाँच जना मजदुरको घटनास्थलमै मृत्यु भयो । उनीहरू ट्रकको पछाडि रहेको सामान बोक्ने कन्टेनरमा टाइल र मार्बलसँगै सवार भएर गन्तव्यतर्फ जाँदै थिए । […]

इटहरी, माघ १ ।  विराटनगर स्थित रोयल मार्बलको सामग्री ढुवानी गर्न प्रयाेग भएकाे मालबाहक ट्रक दुर्घटना हुँदा बिहिबार पाँच जना मजदुरको ज्यान गएको छ।टाइलको कामका लागि मालबाहक ट्रकको पछाडि टाइलसँगै मजदुरहरुलाई पनि राजविराजतर्फ लगिँदैथियो। तर जाँदाजाँदै बीचबाटोमा  बिहीबार बिहान ट्रक दुर्घटना भयो जसमा पाँचै जाना मजदुरहरुले ज्यान गुमाए। ओभरलोड टाइल्स बोकेर  जाँदै गरेको को १ […]

काठमाडौं, ३० पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनले सर्वसम्मतिमा नेतृत्व चयन गर्ने भएको छ । महाधिवेशनले पार्टीको उपसभापतिमा फरमूल्लाह मन्सुरको नाम टुङ्गो लगाएको छ । निर्वाचन समितिका एक अधिकारीले बताएअनुसार सर्वसम्मतिमा नेतृत्व चयन गर्ने जिम्मा नेताद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई दिइएको छ । उनले कांग्रेसको विधानमा दुई जना उपसभापतिको व्यवस्था रहेको र सोमध्य एक जनाको […]