०१ माघ २०८२, बुधबार
14-01-2026 , Wed
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

सामाजिक सञ्जाल बन्द गर्न पत्राचार

Logo
जनचर्चा संवाददाता प्रकाशित शुक्रबार, भाद्र २०, २०८२

काठमाडौँ, २० भदौ । नेपाल दूरसञ्चार प्राधिकरणले सामाजिक सञ्जाल बन्द गर्न इन्टरनेट सेवा प्रदायकहरूलाई पत्राचार गरेको छ।सर्वोच्च अदालतको आदेश र सरकारको निर्णय बमोजिम नेपालमा दर्ता नभएका २६ सामाजिक निष्क्रिय पार्न प्राधिकरणले पत्र लेखेको हो।

सरकारले नेपालमा दर्ता नभएको भन्दै फेसबुक, फेसबुक मेसेन्जर, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएप, एक्स (ट्विटर), लिंक्डइन, स्न्यापच्याट, रेडिट, डिस्कोर्ड, पिन्टरेस्ट, सिग्नल, थ्रेड्स, वीच्याट, कोरा, टम्बलर, क्लबहाउस, मास्टोडन, रम्बल, मीवी, भीके, लाइन, आईएमओ, जालो, सोल र हाम्रो पात्रो बन्द गर्ने निर्णय गरेको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सोलुखुम्बु, पौष १८ — आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा थुलुङ दूधकोशी गाउँपालिका–१ निवासी विवेक बाबु लामिछानेले सोलुखुम्बुबाट चुनाव लड्ने घोषणा गर्नुभएको छ। उहाँको यो घोषणाले जिल्लाको राजनीतिक परिवेशमा नयाँ बहस र चासो सिर्जना गरेको छ। जनताको विश्वास र अपेक्षालाई केन्द्रमा राखेर राजनीतिमा प्रवेश गरेको बताउँदै लामिछानेले परम्परागत राजनीतिक अभ्यासले जनताको वास्तविक […]

विराटनगर,१७ पुस । हरेक वर्ष पुस १७ गते मनाइँदै आएको राष्ट्रिय पोशाक दिवस आज नेपालसहित विश्वभर रहेका नेपालीहरूले विभिन्न कार्यक्रम गरी मनाएका छन्।विदेशी संस्कृति र पहिरनको बढ्दो प्रभावका कारण नेपाली मौलिकता संकटमा पर्न थालेपछि त्यसको प्रतिकारस्वरूप यो अभियान सुरु गरिएको अभियन्ताहरूले बताएका छन्। ढाका तथा भादगाउँले टोपी नेपालीपनको प्रतीकका रूपमा विश्वभर चिनिएको भन्दै यसको ऐतिहासिक र […]

विराटनगर, पुष १७। मोरङ उद्योग व्यापार संघको आयोजनामा सञ्चालन भइरहेको विराट एक्स्पो अन्तर्गत बिहीबार ‘सीप प्रमाणीकरणदेखि रोजगारीसम्म’ विषयमा विशेष छलफल भएको छ। एक्स्पो अवधिभर उद्योग, व्यवसाय र श्रम बजारसँग सम्बन्धित विविध समसामयिक विषयमा दैनिक छलफल भइरहेका छन्। कार्यक्रममा कोशी प्रदेश सामाजिक विकास मन्त्रालयकी शैक्षिक योजना महाशाखाकी उपसचिव लक्ष्मी न्यौपाने, सिटिईभिटी इटहरीका सह–निर्देशक दुर्गा प्रसाद ओझा, […]