०९ भाद्र २०८३, मंगलबार
25-08-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

भ्रष्ट्राचार, नेपाे-जीवनशैली र डिजिटल दमनविरुद्ध साेमबारबाट Gen-Zकाे देशव्यापी आन्दोलन

Logo
जनचर्चा संवाददाता

काठमाडौँ – सरकारले अचानक सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धपछि युवा पुस्ता, विशेषगरी Gen Z (१९९७–२०१२ मा जन्मिएका) ले सेप्टेम्बर ८ का दिन देशव्यापी आन्दोलन गर्ने घोषणा गरेका छन्। यस अन्दाेलनमा  युवा तथा आमजनतालाई सहभागी बन्न टिकटकमार्फत आह्ववान गरिएकाे छ । टिकटक मार्फत गाेलबद्ध बनी स्वतस्फुतरुप युवाहरुले यस्ता सन्देश फैलाईरहेका छन् र आफ्नाे ठाँउमा अन्दाेलन गर्न अह्वान गरेका छन्।

आन्दोलनका प्रमुख नारा भ्रष्टाचारविरुद्ध लडाइँ, ‘नेपो बेबी’ नेताका परिवारको विलासी जीवनशैलीमाथि प्रश्न, र डिजिटल स्वतन्त्रताको पुनर्स्थापना मा केन्द्रित छन्।

सामाजिक सञ्जाल बन्द र असन्तोष

सूचना प्रविधि मन्त्रालयको निर्देशनमा सेप्टेम्बर ४ देखि सामाजिक सञ्जाल ब्लक भएपछि हजारौँ युवा व्यवसाय, पढाइ र संवादमै असर परेको भन्दै आक्रोशित छन्।

सरकारले कम्पनीहरूले नेपालमा स्थानीय कार्यालय नखोलेको र कानूनी प्रक्रिया पूरा नगरेको दाबी गरेको छ। तर युवाले यसलाई “डिजिटल दमन” र “अभिव्यक्ति नियन्त्रण” को नाम दिएका छन्। प्रतिबन्धित प्लेटफर्महरू बन्द हुँदा TikTok, Viber र केही अन्य खुला रहेका छन्। अहिले आन्दोलनका अधिकांश सन्देश र नाराहरू TikTok र इन्स्टाग्राम रिलमार्फत नै फैलिरहेका छन्।

युवाहरूले ह्यासट्याग #GenZProtestNepal, #DigitalFreedom, #NepoBabyPolitics चलाइरहेका छन्। सेप्टेम्बर ८ बाट संसद भवन अगाडि प्रदर्शन गर्ने आह्वान पनि TikTok लाइभ र Facebook ग्रुपमार्फत व्यापक भइरहेको छ। याे अन्दाेलन स्वतस्फुर्त भएकाले कहिलेसम्म चल्ने अनिश्चित जस्ताे हुने देखिएकाे छ ।

नेताको परिवारको जीवनशैलीमाथि प्रश्न

Gen Z ले आन्दोलनलाई सामाजिक सञ्जाल बन्दसम्म सीमित राखेका छैनन्। उनीहरूले भ्रष्टाचार र असमानता विरुद्ध आवाज उठाउँदै नेताका परिवारको ‘नेपो बेबी’ संस्कृति र ऐशोआराममाथि प्रश्न उठाएका छन्।

TikTok मा भाइरल भएका भिडियोहरूमा नेताका छोराछोरीको महँगो कार, विदेशमा पढाइ र विलासी जीवनशैली देखाइएका छन् र त्यही सामग्रीलाई आन्दोलनको ऊर्जा बनाइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]

काठमाडाै, भदाै २ । सिंहदरबारमा आज बिहान ११ बजेदेखि प्रतिनिधिसभाको बैठक सुरु हुँदैछ, जसमा यसअघि सांसदहरूले सोधेका विभिन्न प्रश्नको जवाफ चार जना मन्त्रीले दिनुपर्ने भएको छ। यी प्रश्नहरू परराष्ट्र मामिला, ऊर्जा तथा सिँचाइ, पर्यटन तथा उड्डयन, र कृषि-वन क्षेत्रसँग जाेडिएका छन्। बैठकमा सरकारको तर्फबाट कानुनमन्त्री सोविता गौतमले थारू आयोगले तयार पारेको विगत आर्थिक वर्षको वार्षिक […]