१८ पुष २०८२, शुक्रबार
02-01-2026 , Fri
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

भ्रष्ट्राचार, नेपाे-जीवनशैली र डिजिटल दमनविरुद्ध साेमबारबाट Gen-Zकाे देशव्यापी आन्दोलन

Logo
जनचर्चा संवाददाता प्रकाशित आइतबार, भाद्र २२, २०८२

काठमाडौँ – सरकारले अचानक सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धपछि युवा पुस्ता, विशेषगरी Gen Z (१९९७–२०१२ मा जन्मिएका) ले सेप्टेम्बर ८ का दिन देशव्यापी आन्दोलन गर्ने घोषणा गरेका छन्। यस अन्दाेलनमा  युवा तथा आमजनतालाई सहभागी बन्न टिकटकमार्फत आह्ववान गरिएकाे छ । टिकटक मार्फत गाेलबद्ध बनी स्वतस्फुतरुप युवाहरुले यस्ता सन्देश फैलाईरहेका छन् र आफ्नाे ठाँउमा अन्दाेलन गर्न अह्वान गरेका छन्।

आन्दोलनका प्रमुख नारा भ्रष्टाचारविरुद्ध लडाइँ, ‘नेपो बेबी’ नेताका परिवारको विलासी जीवनशैलीमाथि प्रश्न, र डिजिटल स्वतन्त्रताको पुनर्स्थापना मा केन्द्रित छन्।

सामाजिक सञ्जाल बन्द र असन्तोष

सूचना प्रविधि मन्त्रालयको निर्देशनमा सेप्टेम्बर ४ देखि सामाजिक सञ्जाल ब्लक भएपछि हजारौँ युवा व्यवसाय, पढाइ र संवादमै असर परेको भन्दै आक्रोशित छन्।

सरकारले कम्पनीहरूले नेपालमा स्थानीय कार्यालय नखोलेको र कानूनी प्रक्रिया पूरा नगरेको दाबी गरेको छ। तर युवाले यसलाई “डिजिटल दमन” र “अभिव्यक्ति नियन्त्रण” को नाम दिएका छन्। प्रतिबन्धित प्लेटफर्महरू बन्द हुँदा TikTok, Viber र केही अन्य खुला रहेका छन्। अहिले आन्दोलनका अधिकांश सन्देश र नाराहरू TikTok र इन्स्टाग्राम रिलमार्फत नै फैलिरहेका छन्।

युवाहरूले ह्यासट्याग #GenZProtestNepal, #DigitalFreedom, #NepoBabyPolitics चलाइरहेका छन्। सेप्टेम्बर ८ बाट संसद भवन अगाडि प्रदर्शन गर्ने आह्वान पनि TikTok लाइभ र Facebook ग्रुपमार्फत व्यापक भइरहेको छ। याे अन्दाेलन स्वतस्फुर्त भएकाले कहिलेसम्म चल्ने अनिश्चित जस्ताे हुने देखिएकाे छ ।

नेताको परिवारको जीवनशैलीमाथि प्रश्न

Gen Z ले आन्दोलनलाई सामाजिक सञ्जाल बन्दसम्म सीमित राखेका छैनन्। उनीहरूले भ्रष्टाचार र असमानता विरुद्ध आवाज उठाउँदै नेताका परिवारको ‘नेपो बेबी’ संस्कृति र ऐशोआराममाथि प्रश्न उठाएका छन्।

TikTok मा भाइरल भएका भिडियोहरूमा नेताका छोराछोरीको महँगो कार, विदेशमा पढाइ र विलासी जीवनशैली देखाइएका छन् र त्यही सामग्रीलाई आन्दोलनको ऊर्जा बनाइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

२0८२ पाैष ७ अन्तर्वार्ता दिने: राष्ट्रिय परिवर्तन पार्टी नेता माधव सुन्दर खड्का ( जनादेश पार्टीमा गाभिने क्रममा) प्रश्न १: आगामी फागुन २१ को निर्वाचनलाई तपाईं किन नयाँ शक्तिहरूको लागि सुवर्ण मौकाको रूपमा हेर्नुहुन्छ? उत्तर: हेर्नुस्, अहिले नयाँ शक्तिहरूको लागि एउटा एकदमै राम्रो मौका देखिएको छ। मुख्यतया दुई कारणले गर्दा – पहिलो, नेकपा एमालेको महाधिवेशनबाट केपी […]

विराटनगर,२६ मंसिर  । कोशी प्रदेशमा खेलकुदको आधुनिक पूर्वाधार विकास गर्ने लक्ष्यसहित विराटनगरमा ५ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको ‘विराट स्पोर्ट्स जोन’ सञ्चालनमा आउने भएको छ । विराटनगरमा करिब ३० कट्ठा क्षेत्रफलमा फैलिएको यो अत्याधुनिक खेलकुद ग्राम यही मंसिर २७ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको हो । सञ्चालक समितिले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै स्पोर्ट्स जोनको […]

विराटनगर, मंसिर २३ ।   पुस ९ गतेदेखि १९ गतेसम्म विराटनगरमा ‘विराट ट्रेड एक्स्पो’ आयोजना हुने भएको छ। मोरङ उद्योग व्यापार संघले साेमबार पत्रकार सम्मेलनकाे आयाेजना गरी साे एक्स्पाे बारे विस्तृत जानकारी दिएकाे छ । विराटनगर–२ शान्तिचोकस्थित जिल्ला प्रहरी कार्यालय नजिकैको खुला स्थानमा सञ्चालन हुने यस मेलामा जर्मन प्रविधिको ‘ह्याङ्गर’ र अक्टानम सिस्टमसहित करिब २३० […]