०३ आश्विन २०८३, शनिबार
19-09-2026 , Sat
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

वैदिक कर्मकाण्ड परिषद्कोअधिवेशन विराटनगरमा हुँदै

Logo
जनचर्चा संवाददाता

विराटनगर,५ असोज । धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक विषय संरक्षण गर्ने उद्देश्यका साथ स्थापित वैदिक कर्मकाण्ड परिषद् नेपालको आठौं वार्षिक साधारणसभा एवं अधिवेशन विराटनगरमा सुरु भएको छ । परिषद्का अध्यक्ष कुमार निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा देशका विभिन्न स्थानमा रहेका धार्मिक गुरु,पिठाधिस तथा साधुसन्तहरुको सहभागिता रहेको छ ।

शुभकामना प्रदान कार्यक्रममा बोल्दै  जगतगुरु बालसन्त महाराजले विद्वानहरुले समाजलाई गतिदिने हुदा फुटेर हैन जुटेर सनतान धर्म,संस्कृति ,सभ्यताको संरक्षणमा लाग्न आग्रह गरेका छन् । विद्वानहरुले सवैको भावना समेटेर अगाडि बढ्ने हो, यसमा सवै संग समन्वय र मित्रभाव राखेर अगाडि वढ्दा राम्रो हुनेछ । जगतगुरु बालसन्तले समय सापेक्ष समाजका अगुवाहरुसंग सवाद थाल्न पनि आग्रह गरे । उनले गलत अफवाह फैलाउने कामलाई बन्द गराउन समाजका सवैखाले अगुवाहरुसंग छलफल जरुरी हुने औल्याए ।

 

यस्तै परिषद्का प्रमुख सल्लाहकार रामानुज स्वामीले विराटनगरमा डिजिटल धार्मिक संग्रालय चाढै सञ्चालनमा ल्याउनेगरी काम भइरहेको बताए । कुनैपनि किसिमका धार्मिक अड्चनहरुलाई विज्ञमार्फत विमर्श गरी सनातनीहरुका समस्या सुल्झाइने बताए । उनले नेपालमै पहिलो संग्रालय विराटनगरमा बन्न लागेको दावी गरे ।

त्यस्तै विराटनगर स्थित पाञ्चाली मन्दिरका पिठाधिस अच्युत स्वामीले धर्मका नाममा केही मानिसहरुले पूर्ण अध्ययन नगरी दिएका बक्तव्यहरुले समस्या सिर्जना गरेको वताए । नबुझेका कुरा बरु नबोल्न पनि उनले अनुरोध गरे । धार्मिक विषयमा भइरहेका टिकाटिप्पणीलाई सुधार गरेर आधिकारिक धारणा सार्वजनिक गर्नुपर्नेमा उनले जोड दिए । यसका लागि कर्मकाण्डमा सहभागी गुरुहरुले शास्त्र अध्ययन गरी बुझाउन पनि आग्रह गरे ।

नयाँ बृन्दाबनका दिनबन्धु शास्त्रीले घाटहरुमा लास लानु अगावै चिता बनाएर राखिनु गलत भएको बताए । धेरै घाटहरुमा यो प्रचलन देखियो, यसमा धार्मिक गुरुहरुले तत्काल रोक्नुपर्छ । उनले भने, “चिता वनाएर स्वागत गर्ने काम राम्रो होइन,यो अनिष्टको संकेत हो ।”

यस्तै परिषद्को वार्षिक साधारणसभा एवं अधिवेशन आजै सम्पन्न हुने सचिव कौशल ढुङ्गेलले जानकारी दिए । उनका अनुसार नयाँ कार्यसमितिको चयन आजै राती वा भोलीसम्ममा टुङ्गो लाग्ने छ ।

कार्यक्रममा गुरुहरु भवानी निरौला,यौगेश भण्डारी बराह ,गोपालशरण व्रह्मचारी,धार्मिक अभियन्ता जनक काफ्ले,धार्मिक अभियन्ता तथा पत्रकार कौशल निरौला लगायतको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]