०६ माघ २०८२, सोमबार
19-01-2026 , Mon
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

वैदिक कर्मकाण्ड परिषद्कोअधिवेशन विराटनगरमा हुँदै

Logo
जनचर्चा संवाददाता

विराटनगर,५ असोज । धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक विषय संरक्षण गर्ने उद्देश्यका साथ स्थापित वैदिक कर्मकाण्ड परिषद् नेपालको आठौं वार्षिक साधारणसभा एवं अधिवेशन विराटनगरमा सुरु भएको छ । परिषद्का अध्यक्ष कुमार निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा देशका विभिन्न स्थानमा रहेका धार्मिक गुरु,पिठाधिस तथा साधुसन्तहरुको सहभागिता रहेको छ ।

शुभकामना प्रदान कार्यक्रममा बोल्दै  जगतगुरु बालसन्त महाराजले विद्वानहरुले समाजलाई गतिदिने हुदा फुटेर हैन जुटेर सनतान धर्म,संस्कृति ,सभ्यताको संरक्षणमा लाग्न आग्रह गरेका छन् । विद्वानहरुले सवैको भावना समेटेर अगाडि बढ्ने हो, यसमा सवै संग समन्वय र मित्रभाव राखेर अगाडि वढ्दा राम्रो हुनेछ । जगतगुरु बालसन्तले समय सापेक्ष समाजका अगुवाहरुसंग सवाद थाल्न पनि आग्रह गरे । उनले गलत अफवाह फैलाउने कामलाई बन्द गराउन समाजका सवैखाले अगुवाहरुसंग छलफल जरुरी हुने औल्याए ।

 

यस्तै परिषद्का प्रमुख सल्लाहकार रामानुज स्वामीले विराटनगरमा डिजिटल धार्मिक संग्रालय चाढै सञ्चालनमा ल्याउनेगरी काम भइरहेको बताए । कुनैपनि किसिमका धार्मिक अड्चनहरुलाई विज्ञमार्फत विमर्श गरी सनातनीहरुका समस्या सुल्झाइने बताए । उनले नेपालमै पहिलो संग्रालय विराटनगरमा बन्न लागेको दावी गरे ।

त्यस्तै विराटनगर स्थित पाञ्चाली मन्दिरका पिठाधिस अच्युत स्वामीले धर्मका नाममा केही मानिसहरुले पूर्ण अध्ययन नगरी दिएका बक्तव्यहरुले समस्या सिर्जना गरेको वताए । नबुझेका कुरा बरु नबोल्न पनि उनले अनुरोध गरे । धार्मिक विषयमा भइरहेका टिकाटिप्पणीलाई सुधार गरेर आधिकारिक धारणा सार्वजनिक गर्नुपर्नेमा उनले जोड दिए । यसका लागि कर्मकाण्डमा सहभागी गुरुहरुले शास्त्र अध्ययन गरी बुझाउन पनि आग्रह गरे ।

नयाँ बृन्दाबनका दिनबन्धु शास्त्रीले घाटहरुमा लास लानु अगावै चिता बनाएर राखिनु गलत भएको बताए । धेरै घाटहरुमा यो प्रचलन देखियो, यसमा धार्मिक गुरुहरुले तत्काल रोक्नुपर्छ । उनले भने, “चिता वनाएर स्वागत गर्ने काम राम्रो होइन,यो अनिष्टको संकेत हो ।”

यस्तै परिषद्को वार्षिक साधारणसभा एवं अधिवेशन आजै सम्पन्न हुने सचिव कौशल ढुङ्गेलले जानकारी दिए । उनका अनुसार नयाँ कार्यसमितिको चयन आजै राती वा भोलीसम्ममा टुङ्गो लाग्ने छ ।

कार्यक्रममा गुरुहरु भवानी निरौला,यौगेश भण्डारी बराह ,गोपालशरण व्रह्मचारी,धार्मिक अभियन्ता जनक काफ्ले,धार्मिक अभियन्ता तथा पत्रकार कौशल निरौला लगायतको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,४ माघ । कोशी प्रदेशका पर्यटन ,वन तथा वातावरण मन्त्री भीम पराजुलीले कलाकार र पर्यटन क्षेत्रबीचको सहकार्यले कोशी प्रदेशको प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने बताएका छन् । मोरङको सुन्दरहरैचा– २ स्थित मृगौलीयामा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशद्धारा शनिबार आयोजित सिनेमामा कोशी प्रदेश ,कोशी पर्यटन प्रवद्धनमा सिनेमा र कलाकार सम्बन्धि अन्तरक्रिया, परिचयपत्र वितरण […]

विराटनगर, माघ ३ । गएको बिहीबार बिहान करिब साढे पाँच बजे भोक्राहा नरसिंह गाउँपालिका–८ स्थित सोनियाहीमा एक मालबाहक ट्रक दुर्घटनामा पर्यो । टाइल र मार्बल लोड गरिएको उक्त ट्रक अनियन्त्रित भई पल्टदा पाँच जना मजदुरको घटनास्थलमै मृत्यु भयो । उनीहरू ट्रकको पछाडि रहेको सामान बोक्ने कन्टेनरमा टाइल र मार्बलसँगै सवार भएर गन्तव्यतर्फ जाँदै थिए । […]

इटहरी, माघ १ ।  विराटनगर स्थित रोयल मार्बलको सामग्री ढुवानी गर्न प्रयाेग भएकाे मालबाहक ट्रक दुर्घटना हुँदा बिहिबार पाँच जना मजदुरको ज्यान गएको छ।टाइलको कामका लागि मालबाहक ट्रकको पछाडि टाइलसँगै मजदुरहरुलाई पनि राजविराजतर्फ लगिँदैथियो। तर जाँदाजाँदै बीचबाटोमा  बिहीबार बिहान ट्रक दुर्घटना भयो जसमा पाँचै जाना मजदुरहरुले ज्यान गुमाए। ओभरलोड टाइल्स बोकेर  जाँदै गरेको को १ […]