११ साउन २०८३, सोमबार
27-07-2026 , Mon
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

तृष्णा शाक्यलाई बिदाइ, आर्यतारा शाक्य नयाँ कुमारी

Logo
जनचर्चा संवाददाता

काठमाडौं, १२ असोज – काठमाडौंको ऐतिहासिक इटुम्बहालमा नयाँ जीवित देवीको चयन भएको छ। साढे दुई वर्षीया आर्यतारा शाक्यलाई नयाँ कुमारीका रूपमा चयन गरी मंगलबार दिउँसो १२:०५ बजेदेखि १२:१६ बजेसम्मको शुभ साइतमा आसन ग्रहण गराइने भएको छ।

नयाँ कुमारीको चयनसँगै वर्तमान कुमारी तृष्णा शाक्यलाई परम्परागत बाजागाजासहित सम्मानजनक बिदाइ गरिने कार्यक्रम रहेको छ। शाक्य महाबिहार संघको नेतृत्वमा सम्पन्न यो चयन प्रक्रियामा शहरका १५ वटा बहालहरूलाई नाम सिफारिस गर्न आग्रह गरिएको थियो।

निर्णायक मण्डल, गुठी संस्थान र पञ्चाङ्ग निर्णायक समितिको संयुक्त परामर्शमा परम्परागत मापदण्ड अनुसार आर्यतारा शाक्यलाई चयन गरिएको संघले जानकारी दिएको छ। नेपालको यो अनुपम परम्परामा कुमारीलाई जीवित देवीका रूपमा पूजा गरिने चलन छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ, साउन ६। दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका–६ रजौरामा निर्माणाधीन एउटा घरको पानी ट्याङ्कीभित्रबाट बुधबार दुई जनाको शव भेटिएको छ। मनिराम चन्दको स्वामित्वमा रहेको सो घरको खाली पानी ट्याङ्कीमा शव फेला परेको हो। प्रहरीकाे प्रारम्भिक अनुसन्धान अनुसार ट्याङ्कीभित्र अक्सिजनको अभावका कारण दुवैको मृत्यु भएको हुन सक्ने  अनुमान गरिएको छ। मृतकहरू एक मजदुर र एक ठेकेदार रहेको बुझिएको […]

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]

काठमाडौँ, साउन ५ । सरकारी निकायले नयाँ गाडी खरिद गर्दा अबदेखि अर्थ मन्त्रालयको स्वीकृति अनिवार्य लिनुपर्ने भएको छ । अर्थ मन्त्रालयले सोमबार जारी गरेको चालु आर्थिक वर्षको बजेट कार्यान्वयन मार्गदर्शनमा यस्तो व्यवस्था गरिएको हो । यसैगरी वैदेशिक भ्रमणका लागि पनि मन्त्रालयको पूर्वस्वीकृति चाहिनेछ । घर भाडामा लिनुपर्दा पनि सरकारी भवन उपलब्ध नभएको अवस्थामा मात्र, त्यो […]