२६ आश्विन २०८३, सोमबार
12-10-2026 , Mon
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

विराटनगरको रानी नाका तीन दिनका लागि बन्द

Logo
जनचर्चा संवाददाता

विराटनगर, कार्तिक २३ – भारतको बिहार विधानसभा निर्वाचन २०२५ को दोस्रो चरणको मतदानका कारण विराटनगरको रानी नाका तीन दिनका लागि बन्द गरिएको छ। मोरङ प्रशासन र भारतीय समकक्षीसँगको छलफलमा सहमति भएअनुसार यो निर्णय लिइएको हो। मतदानकाे दिन भन्दा ७२ घण्टा पूर्व नेपाल-भारत सीमा सील गर्ने सहमति भएकाे छ।

  • बन्द भएको समय: मिति २०८२।०७।२२ गते शनिबार बेलुकी ६:१५ बजेदेखि
  • खुल्ने समय: मिति २०८२।०७।२५ गते मंगलबार मतदान समाप्त भएपछि मात्र
  • अवधि: कुल ७२ घण्टा

बिहार विधानसभा निर्वाचनको मतदान मंगलबार हुँदैछ र मतदान समाप्त नभएसम्म सीमा नाका बन्द रहने मोरङ प्रशासनले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]