२६ आश्विन २०८३, सोमबार
12-10-2026 , Mon
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

मध्यरात प्रसाईं पक्राउ, नागरिक बचाउ दलद्वारा देशव्यापी प्रदर्शनको घोषणा

Logo
जनचर्चा संवाददाता

काठमाडौं, २ मंसिर – प्रहरीले दुर्गा प्रसाईंलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले सोमबार मध्यरातमा भक्तपुरस्थित उनको आवासबाट प्रसाईंलाई नियन्त्रणमा लिएको हो।

हिंसा भड्किने गरी अराजक गतिविधि गर्न अभिव्यक्ति दिएको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ।

राजावादी गतिविधिमा सक्रिय प्रसाईं यसअघि पनि प्रहरीको नियन्त्रणमा परेका थिए। गत चैत १५ को हिंसात्मक आन्दोलनपछि पक्राउ परेका उनी अदालतको आदेशपछि रिहा भएका थिए। त्यसपछि उनी बैंकबाट लिएको ऋण मिनाहा गरिदिनुपर्ने लगायतका मागसहित मंसिर ७ गतेदेखि आन्दोलनको तयारीमा जुटेका थिए।

तर योजनाबद्ध आन्दोलन सुरु हुनुअघि नै प्रहरीले उनलाई गिरफ्तार गरेपछि नागरिक बचाउ दलले तोकिएको मितिको प्रतीक्षा नगरी आजैबाट संघर्षमा उत्रने घोषणा गरेको छ। पार्टीका महामन्त्री प्रेमकुमार थाम्सुहाङले प्रसाईंको गिरफ्तारीलाई अपहरण शैलीको संज्ञा दिँदै सरकारले शान्ति भंग गरेको आरोप लगाए। संगठनले आज पहिलो चरणमा जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षणपत्र बुझाउने र त्यसपछि देशव्यापी प्रदर्शन सुरु गर्ने महामन्त्री थाम्सुहाङले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]