०३ आश्विन २०८३, शनिबार
19-09-2026 , Sat
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

विराटनगरमा ११ करोड लगानीमा प्राइम अस्पताल सञ्चालनमा

Logo
जनचर्चा संवाददाता

विराटनगर, मंसिर १५ ।– अस्पताल चौकस्थित प्राइम अस्पताल आइतबारदेखि ‌‌‌औपचारिक रुपमा स‌ंचालनमा आएकाे छ। उद्यमी सनातन मण्डल सहित ७ जना चिकित्सकहरुकाे टाेलीले ११ करोड रुपैयाँको लगानीमा २५ शैयाको साे अस्पताल सञ्चालनमा ल्याएका हुन्।

अस्पतालको आइतबार विशेष कार्यक्रमबीच उद्घाटन गरिएको थियो। उद्घाटन समारोहमा अस्पतालका सञ्चालक, अस्पतालमा कार्यरत चिकित्सक तथा तिनका अभिभावकहरूले संयुक्त रूपमा रिबन काटेर अस्पतालको शुभारम्भ गरेका थिए।

उद्घाटन कार्यक्रमा उद्योगी, व्यवसायी, चिकित्सक, राजनीतिक दलका पदाधिकारी लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। समारोहमा सहभागीहरूले अस्पताल सञ्चालक सनातन मण्डल, सञ्चालक समितिका अध्यक्ष डा. रमेश चौरसिया, डा. रंजिव यादव, डा. अजय महतो, डा. मनिष अग्रवाल, डा. टेकनारायण यादव र एडमिन सन्ताेष मेहतालाई बधाई तथा शुभकामना व्यक्त गरे।

प्राइम अस्पतालमा आइतबारदेखि नै एकसाथ १५ जना दक्ष विशेषज्ञ चिकित्सकहरूले सेवा प्रदान गर्न थालेका छन्। अस्पतालले बिरामीहरूलाई विशेषतायुक्त गुणस्तरीय उपचार सेवा उपलब्ध गराउने सञ्चालक मण्डलले बताए। उनले बिरामीलाई पूर्ण रूपमा निको पारेर मात्र घर फर्काउने प्रतिबद्धता व्यक्त गरे।

अस्पताल चौकमा पहिले गोल्डेन अस्पताल सञ्चालनमा रहेको पाँच तले भवनमा अहिले प्राइम अस्पताल सञ्चालन भएको हो। अस्पतालको नजिकै ४ कठ्ठा क्षेत्रफलमा तीन वटा छुट्टाछुट्टै पार्किङ स्थल निर्माण गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]