२६ आश्विन २०८३, सोमबार
12-10-2026 , Mon
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

विराटनगरमा ११ करोड लगानीमा प्राइम अस्पताल सञ्चालनमा

Logo
जनचर्चा संवाददाता

विराटनगर, मंसिर १५ ।– अस्पताल चौकस्थित प्राइम अस्पताल आइतबारदेखि ‌‌‌औपचारिक रुपमा स‌ंचालनमा आएकाे छ। उद्यमी सनातन मण्डल सहित ७ जना चिकित्सकहरुकाे टाेलीले ११ करोड रुपैयाँको लगानीमा २५ शैयाको साे अस्पताल सञ्चालनमा ल्याएका हुन्।

अस्पतालको आइतबार विशेष कार्यक्रमबीच उद्घाटन गरिएको थियो। उद्घाटन समारोहमा अस्पतालका सञ्चालक, अस्पतालमा कार्यरत चिकित्सक तथा तिनका अभिभावकहरूले संयुक्त रूपमा रिबन काटेर अस्पतालको शुभारम्भ गरेका थिए।

उद्घाटन कार्यक्रमा उद्योगी, व्यवसायी, चिकित्सक, राजनीतिक दलका पदाधिकारी लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। समारोहमा सहभागीहरूले अस्पताल सञ्चालक सनातन मण्डल, सञ्चालक समितिका अध्यक्ष डा. रमेश चौरसिया, डा. रंजिव यादव, डा. अजय महतो, डा. मनिष अग्रवाल, डा. टेकनारायण यादव र एडमिन सन्ताेष मेहतालाई बधाई तथा शुभकामना व्यक्त गरे।

प्राइम अस्पतालमा आइतबारदेखि नै एकसाथ १५ जना दक्ष विशेषज्ञ चिकित्सकहरूले सेवा प्रदान गर्न थालेका छन्। अस्पतालले बिरामीहरूलाई विशेषतायुक्त गुणस्तरीय उपचार सेवा उपलब्ध गराउने सञ्चालक मण्डलले बताए। उनले बिरामीलाई पूर्ण रूपमा निको पारेर मात्र घर फर्काउने प्रतिबद्धता व्यक्त गरे।

अस्पताल चौकमा पहिले गोल्डेन अस्पताल सञ्चालनमा रहेको पाँच तले भवनमा अहिले प्राइम अस्पताल सञ्चालन भएको हो। अस्पतालको नजिकै ४ कठ्ठा क्षेत्रफलमा तीन वटा छुट्टाछुट्टै पार्किङ स्थल निर्माण गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]