२६ आश्विन २०८३, सोमबार
12-10-2026 , Mon
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

विराट एक्स्पोबाट सीपयुक्त जनशक्तिलाई श्रम बजारसँग जोड्ने प्रयास

Logo
जनचर्चा संवाददाता

विराटनगर, पुष १७। मोरङ उद्योग व्यापार संघको आयोजनामा सञ्चालन भइरहेको विराट एक्स्पो अन्तर्गत बिहीबार ‘सीप प्रमाणीकरणदेखि रोजगारीसम्म’ विषयमा विशेष छलफल भएको छ। एक्स्पो अवधिभर उद्योग, व्यवसाय र श्रम बजारसँग सम्बन्धित विविध समसामयिक विषयमा दैनिक छलफल भइरहेका छन्।

कार्यक्रममा कोशी प्रदेश सामाजिक विकास मन्त्रालयकी शैक्षिक योजना महाशाखाकी उपसचिव लक्ष्मी न्यौपाने, सिटिईभिटी इटहरीका सह–निर्देशक दुर्गा प्रसाद ओझा, नेपाल विद्युत प्राधिकरण कोशी प्रदेशका सहायक निर्देशक नवीन कुमार श्रेष्ठ, सगरमाथा ग्रामेन्ट्सकी ग्रामेन्ट फ्याब्रिकेटर ललिता श्रेष्ठ सहभागी थिए। कार्यक्रमको सहजीकरण नेपाल व्यवसायिक योग्यता प्रणाली परियोजना (दोस्रो चरण) का अनुगमन तथा नतिजा मापन विशेषज्ञ प्रेमकुमार मग्रातीले गरेका थिए।

छलफलमा सिटिईभिटी इटहरीका सह–निर्देशक दुर्गा प्रसाद ओझाले सिटिईभिटीले विभिन्न सीप विकास कार्यक्रममार्फत दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्दै आएको जानकारी गराए। उनले एचए, स्टाफ नर्स, सब–ओभरसियरजस्ता मध्यम तथा निम्न तहका प्राविधिक जनशक्ति उत्पादनमा सिटिईभिटीको योगदान महत्वपूर्ण रहेको बताए।

गत वर्षदेखि औद्योगिक प्रशिक्षार्थी, होटल म्यानेजमेन्टलगायतका कार्यक्रम थप गरिएको उल्लेख गर्दै ओझाले उत्पादन र सेवा क्षेत्रमा रियल वर्क गरेपछि मात्र अध्ययन पूरा हुने मोडेल लागू गरिएको बताए। “यसले उद्योगलाई आवश्यक जनशक्ति सहजै उपलब्ध गराउन सहयोग पुर्‍याउँछ,” उनले भने।

नेपाल विद्युत प्राधिकरण कोशी प्रदेशका सहायक निर्देशक नवीन कुमार श्रेष्ठले विद्युत उत्पादन, प्रसारण र वितरण क्षेत्रमा ६२ प्रतिशतभन्दा बढी प्राविधिक जनशक्ति आवश्यक पर्ने बताए। प्राविधिक कर्मचारीहरु प्रायजसो सिटिईभिटीबाट नै प्राप्त हुने बताउँदै भने,‘‘फिल्डबेसमा काम गर्ने कर्मचारीहरु विज्ञापनमार्फत लेभल १, २ र ३ तथा त्यसमाथिका आपूर्ति हुने गरेका छन् ।’’ इलेक्ट्रिसियन, पलम्बिङ आदिमा आपूर्ति हुँदै आएको र प्राधिकरणले स्नातक लेभलका मात्र राख्न शुरु गरिएको बताए । तीन वर्षे डिप्लोमा लिने गरेको र सहायक लेभलमा पाँचौ तथा त्यसमाथि इन्जिनियरिङका जनशक्ति आउन थालेको जानकारी दिए ।

प्राधिकरण अटोमेसन र डिजिटल प्रणालीमा गइसकेकाले प्राविधिक जनशक्तिको सीप पनि परिमार्जन गर्नुपर्ने आवश्यकता औँल्याउँदै श्रेष्ठले भने, “अबको शिक्षा प्रणाली दक्ष र प्रविधिमैत्री जनशक्ति उत्पादनमा केन्द्रित हुनुपर्छ।”

कोशी प्रदेश सामाजिक विकास मन्त्रालयकी उपसचिव लक्ष्मी न्यौपानेले प्रदेश तहमा प्राविधिक तथा व्यवसायिक शिक्षाअन्तर्गत तीनवटा सीप परियोजना सञ्चालनमा रहेको जानकारी दिइन्। युवालाई लक्षित गरी गुणस्तरीय प्राविधिक तालिम कार्यक्रम सञ्चालन गरिएको बताउँदै उनले २४ महिनेमध्ये केही अवधि तलबसहित र बाँकी सिकाइमा केन्द्रित तालिम मोडेल रहेको उल्लेख गरिन्।

सीप प्रमाणीकरण सिटिईभिटीसँगको समन्वयमा भइरहेको र वैदेशिक रोजगारीमा जाने युवालाई पनि सीपयुक्त बनाएर पठाउने उद्देश्य मन्त्रालयको रहेको बताइन्। सिटिईभिटी प्रदेश सरकार मातहत आए थप काम गर्न सकिने उनको भनाई थियो ।

कार्यक्रममा सगरमाथा ग्रामेन्ट्सकी ग्रामेन्ट फ्याब्रिकेटर ललिता श्रेष्ठले आफ्नो अनुभव सुनाइन्। गार्मेन्टमा हेल्परका रूपमा काम गर्दै तीन महिने तालिम पूरा गरेपछि सीप परीक्षणमार्फत प्रमाणपत्र प्राप्त गरेको बताउँदै उनले भनिन्, “सीप परीक्षणपछि म सुपरभाइजर बनेँ, आफ्नो सीप नगरपालिका स्तरमै दर्ता पनि गराएँ।”

प्रमाणपत्र मात्र नभई प्रमाणित सीपअनुसार काम गरेको हुनुपर्नेमा जोड दिइन्। सहभागीले स्थानीय तहमा समेत सीप भएकाहरुलाई रोजगारीको प्रबन्ध गरिनुपर्ने सुझाव दिएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]