०३ आश्विन २०८३, शनिबार
19-09-2026 , Sat
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

विराट एक्स्पोबाट सीपयुक्त जनशक्तिलाई श्रम बजारसँग जोड्ने प्रयास

Logo
जनचर्चा संवाददाता

विराटनगर, पुष १७। मोरङ उद्योग व्यापार संघको आयोजनामा सञ्चालन भइरहेको विराट एक्स्पो अन्तर्गत बिहीबार ‘सीप प्रमाणीकरणदेखि रोजगारीसम्म’ विषयमा विशेष छलफल भएको छ। एक्स्पो अवधिभर उद्योग, व्यवसाय र श्रम बजारसँग सम्बन्धित विविध समसामयिक विषयमा दैनिक छलफल भइरहेका छन्।

कार्यक्रममा कोशी प्रदेश सामाजिक विकास मन्त्रालयकी शैक्षिक योजना महाशाखाकी उपसचिव लक्ष्मी न्यौपाने, सिटिईभिटी इटहरीका सह–निर्देशक दुर्गा प्रसाद ओझा, नेपाल विद्युत प्राधिकरण कोशी प्रदेशका सहायक निर्देशक नवीन कुमार श्रेष्ठ, सगरमाथा ग्रामेन्ट्सकी ग्रामेन्ट फ्याब्रिकेटर ललिता श्रेष्ठ सहभागी थिए। कार्यक्रमको सहजीकरण नेपाल व्यवसायिक योग्यता प्रणाली परियोजना (दोस्रो चरण) का अनुगमन तथा नतिजा मापन विशेषज्ञ प्रेमकुमार मग्रातीले गरेका थिए।

छलफलमा सिटिईभिटी इटहरीका सह–निर्देशक दुर्गा प्रसाद ओझाले सिटिईभिटीले विभिन्न सीप विकास कार्यक्रममार्फत दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्दै आएको जानकारी गराए। उनले एचए, स्टाफ नर्स, सब–ओभरसियरजस्ता मध्यम तथा निम्न तहका प्राविधिक जनशक्ति उत्पादनमा सिटिईभिटीको योगदान महत्वपूर्ण रहेको बताए।

गत वर्षदेखि औद्योगिक प्रशिक्षार्थी, होटल म्यानेजमेन्टलगायतका कार्यक्रम थप गरिएको उल्लेख गर्दै ओझाले उत्पादन र सेवा क्षेत्रमा रियल वर्क गरेपछि मात्र अध्ययन पूरा हुने मोडेल लागू गरिएको बताए। “यसले उद्योगलाई आवश्यक जनशक्ति सहजै उपलब्ध गराउन सहयोग पुर्‍याउँछ,” उनले भने।

नेपाल विद्युत प्राधिकरण कोशी प्रदेशका सहायक निर्देशक नवीन कुमार श्रेष्ठले विद्युत उत्पादन, प्रसारण र वितरण क्षेत्रमा ६२ प्रतिशतभन्दा बढी प्राविधिक जनशक्ति आवश्यक पर्ने बताए। प्राविधिक कर्मचारीहरु प्रायजसो सिटिईभिटीबाट नै प्राप्त हुने बताउँदै भने,‘‘फिल्डबेसमा काम गर्ने कर्मचारीहरु विज्ञापनमार्फत लेभल १, २ र ३ तथा त्यसमाथिका आपूर्ति हुने गरेका छन् ।’’ इलेक्ट्रिसियन, पलम्बिङ आदिमा आपूर्ति हुँदै आएको र प्राधिकरणले स्नातक लेभलका मात्र राख्न शुरु गरिएको बताए । तीन वर्षे डिप्लोमा लिने गरेको र सहायक लेभलमा पाँचौ तथा त्यसमाथि इन्जिनियरिङका जनशक्ति आउन थालेको जानकारी दिए ।

प्राधिकरण अटोमेसन र डिजिटल प्रणालीमा गइसकेकाले प्राविधिक जनशक्तिको सीप पनि परिमार्जन गर्नुपर्ने आवश्यकता औँल्याउँदै श्रेष्ठले भने, “अबको शिक्षा प्रणाली दक्ष र प्रविधिमैत्री जनशक्ति उत्पादनमा केन्द्रित हुनुपर्छ।”

कोशी प्रदेश सामाजिक विकास मन्त्रालयकी उपसचिव लक्ष्मी न्यौपानेले प्रदेश तहमा प्राविधिक तथा व्यवसायिक शिक्षाअन्तर्गत तीनवटा सीप परियोजना सञ्चालनमा रहेको जानकारी दिइन्। युवालाई लक्षित गरी गुणस्तरीय प्राविधिक तालिम कार्यक्रम सञ्चालन गरिएको बताउँदै उनले २४ महिनेमध्ये केही अवधि तलबसहित र बाँकी सिकाइमा केन्द्रित तालिम मोडेल रहेको उल्लेख गरिन्।

सीप प्रमाणीकरण सिटिईभिटीसँगको समन्वयमा भइरहेको र वैदेशिक रोजगारीमा जाने युवालाई पनि सीपयुक्त बनाएर पठाउने उद्देश्य मन्त्रालयको रहेको बताइन्। सिटिईभिटी प्रदेश सरकार मातहत आए थप काम गर्न सकिने उनको भनाई थियो ।

कार्यक्रममा सगरमाथा ग्रामेन्ट्सकी ग्रामेन्ट फ्याब्रिकेटर ललिता श्रेष्ठले आफ्नो अनुभव सुनाइन्। गार्मेन्टमा हेल्परका रूपमा काम गर्दै तीन महिने तालिम पूरा गरेपछि सीप परीक्षणमार्फत प्रमाणपत्र प्राप्त गरेको बताउँदै उनले भनिन्, “सीप परीक्षणपछि म सुपरभाइजर बनेँ, आफ्नो सीप नगरपालिका स्तरमै दर्ता पनि गराएँ।”

प्रमाणपत्र मात्र नभई प्रमाणित सीपअनुसार काम गरेको हुनुपर्नेमा जोड दिइन्। सहभागीले स्थानीय तहमा समेत सीप भएकाहरुलाई रोजगारीको प्रबन्ध गरिनुपर्ने सुझाव दिएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]