०६ माघ २०८२, सोमबार
19-01-2026 , Mon
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

अन्तर प्रदेश पर्यटनमा सहकार्य आवश्यक :मन्त्री पराजुली

Logo
जनचर्चा संवाददाता

पोखरा,२८ पुस । कोशी प्रदेशका पर्यटन,वन तथा वातावरण मन्त्री भीम पराजुलीले अन्तर प्रदेश पर्यटनमा सहकार्य आवश्यक रहेको बताएका छन् । गण्डकी प्रदेशको पोखरामा सोमबार आयोजित गण्डकी-कोशी पर्यटन प्रवद्धन समन्वय समिति गठन तथा समझदारी पत्र हस्ताक्षर कार्यक्रममा बोल्दै पराजुलीले यस्तो बताएका हुन् ।

उनले कोशी प्रदेश र गण्डकी प्रदेश बीच पर्यटनमा सहकार्य गर्न आवश्यक रहेको बताए । हवाई मार्गको माध्यमबाट गण्डकी र कोशी प्रदेशलाई जोड्न आफुले पहल गर्ने बताए । यस्तै उनले सडकको स्तरउन्नती गरेर पर्यटकीय क्षेत्रहरूको संयुक्त प्रवर्द्धनमा जुट्न सकिने बताए । मन्त्री पराजुलीले दुई प्रदेशका धार्मिक क्षेत्रहरू, पदमार्गहरु, साहसिक पर्यटनका गतिविधिहरु, होमस्टेलाई समेत जोडेर साझेदारी गरिनुपर्नेमा जोड दिए ।

यस्तै उद्योग तथा पर्यटन मन्त्रालय ,गण्डकी प्रदेशका मन्त्री मित्रलाल बस्यालले गण्डकीलाई नेपालको आधुनिक पर्यटनको जननीका रूपमा प्रस्तुत गर्दै प्रदेशको पर्यटन विकास र योजनाबारे जानकारी दिएका छन् ।

यसै बीच कोशी प्रदेश पर्यटन वर्ष समिति समेतको सहभागितामा अन्तर प्रदेश पर्यटन सहकार्य अन्तरगत गण्डकी प्रदेश र कोशी प्रदेश वीच सहकार्य सम्झौता भएका छन् । पर्यटन,वन तथा वातावरण मन्त्रालय कोशी प्रदेशका सचिव इन्द्र सापकोटा र उद्योग तथा पर्यटन मन्त्रालय ,गण्डकी प्रदेशका निमित्त प्रदेश सचिव टीकाराम पौडेलले समझदारी पत्रमा हस्ताक्षर समेत गरेका छन् । यस संगै कोशी प्रदेश र गण्डकी प्रदेश बीच पर्यटन सहकार्यको बाटो खुलेको छ । जसमा गण्डकी कोशी पर्यटन प्रवद्धन समन्वय समिति गठन भएको छ भने सहकार्यको क्षेत्र र दुइ वर्षको समयावधी तोकिएको छ । यस्तै मंगलबार मधेस प्रदेश संग पनि संझौता हुने भएको छ ।

कार्यक्रममा कोशी प्रदेश मुख्यमन्त्रीका आर्थिक सल्लाहकार मोहन सुवेदी, नेपाल पर्यटन बोर्डका निर्देशक रोहिणी खनाल, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी ,कोशी प्रदेश पर्यटन वर्ष समितिका सह संयोजक भविष श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,४ माघ । नेकपा एमाले विराटनगर महानगर कमिटीको आयोजनामा सम्भवतः पहिलो पटक महानगरस्तरीय वनभोज कार्यक्रम आयोजना भएको छ । आसन्न प्रतिनिधि सभा निर्वाचनको पूर्व सन्ध्यामा आयोजित वनभोज कार्यक्रममा विराटनगर महानगरका १९ वटै वार्ड र त्यसमा सम्मिलत ४,५ र ६ नम्बर निर्वाचन क्षेत्रका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो । हरेक वर्ष वडा स्तरीय वनभोज कार्यक्रम हुँदै आएका […]

विराटनगर,४ माघ । कोशी प्रदेशका पर्यटन ,वन तथा वातावरण मन्त्री भीम पराजुलीले कलाकार र पर्यटन क्षेत्रबीचको सहकार्यले कोशी प्रदेशको प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने बताएका छन् । मोरङको सुन्दरहरैचा– २ स्थित मृगौलीयामा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशद्धारा शनिबार आयोजित सिनेमामा कोशी प्रदेश ,कोशी पर्यटन प्रवद्धनमा सिनेमा र कलाकार सम्बन्धि अन्तरक्रिया, परिचयपत्र वितरण […]

विराटनगर, माघ ३ । गएको बिहीबार बिहान करिब साढे पाँच बजे भोक्राहा नरसिंह गाउँपालिका–८ स्थित सोनियाहीमा एक मालबाहक ट्रक दुर्घटनामा पर्यो । टाइल र मार्बल लोड गरिएको उक्त ट्रक अनियन्त्रित भई पल्टदा पाँच जना मजदुरको घटनास्थलमै मृत्यु भयो । उनीहरू ट्रकको पछाडि रहेको सामान बोक्ने कन्टेनरमा टाइल र मार्बलसँगै सवार भएर गन्तव्यतर्फ जाँदै थिए । […]