०३ आश्विन २०८३, शनिबार
19-09-2026 , Sat
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

अन्तर प्रदेश पर्यटनमा सहकार्य आवश्यक :मन्त्री पराजुली

Logo
जनचर्चा संवाददाता

पोखरा,२८ पुस । कोशी प्रदेशका पर्यटन,वन तथा वातावरण मन्त्री भीम पराजुलीले अन्तर प्रदेश पर्यटनमा सहकार्य आवश्यक रहेको बताएका छन् । गण्डकी प्रदेशको पोखरामा सोमबार आयोजित गण्डकी-कोशी पर्यटन प्रवद्धन समन्वय समिति गठन तथा समझदारी पत्र हस्ताक्षर कार्यक्रममा बोल्दै पराजुलीले यस्तो बताएका हुन् ।

उनले कोशी प्रदेश र गण्डकी प्रदेश बीच पर्यटनमा सहकार्य गर्न आवश्यक रहेको बताए । हवाई मार्गको माध्यमबाट गण्डकी र कोशी प्रदेशलाई जोड्न आफुले पहल गर्ने बताए । यस्तै उनले सडकको स्तरउन्नती गरेर पर्यटकीय क्षेत्रहरूको संयुक्त प्रवर्द्धनमा जुट्न सकिने बताए । मन्त्री पराजुलीले दुई प्रदेशका धार्मिक क्षेत्रहरू, पदमार्गहरु, साहसिक पर्यटनका गतिविधिहरु, होमस्टेलाई समेत जोडेर साझेदारी गरिनुपर्नेमा जोड दिए ।

यस्तै उद्योग तथा पर्यटन मन्त्रालय ,गण्डकी प्रदेशका मन्त्री मित्रलाल बस्यालले गण्डकीलाई नेपालको आधुनिक पर्यटनको जननीका रूपमा प्रस्तुत गर्दै प्रदेशको पर्यटन विकास र योजनाबारे जानकारी दिएका छन् ।

यसै बीच कोशी प्रदेश पर्यटन वर्ष समिति समेतको सहभागितामा अन्तर प्रदेश पर्यटन सहकार्य अन्तरगत गण्डकी प्रदेश र कोशी प्रदेश वीच सहकार्य सम्झौता भएका छन् । पर्यटन,वन तथा वातावरण मन्त्रालय कोशी प्रदेशका सचिव इन्द्र सापकोटा र उद्योग तथा पर्यटन मन्त्रालय ,गण्डकी प्रदेशका निमित्त प्रदेश सचिव टीकाराम पौडेलले समझदारी पत्रमा हस्ताक्षर समेत गरेका छन् । यस संगै कोशी प्रदेश र गण्डकी प्रदेश बीच पर्यटन सहकार्यको बाटो खुलेको छ । जसमा गण्डकी कोशी पर्यटन प्रवद्धन समन्वय समिति गठन भएको छ भने सहकार्यको क्षेत्र र दुइ वर्षको समयावधी तोकिएको छ । यस्तै मंगलबार मधेस प्रदेश संग पनि संझौता हुने भएको छ ।

कार्यक्रममा कोशी प्रदेश मुख्यमन्त्रीका आर्थिक सल्लाहकार मोहन सुवेदी, नेपाल पर्यटन बोर्डका निर्देशक रोहिणी खनाल, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी ,कोशी प्रदेश पर्यटन वर्ष समितिका सह संयोजक भविष श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]