२६ आश्विन २०८३, सोमबार
12-10-2026 , Mon
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

कांग्रेस विधान महाधिवेशन : त्रिपक्षीय वार्ताले तालिका प्रभावित

Logo
जनचर्चा संवाददाता

काठमाडौँ,२९ पुस। नेपाली कांग्रेसको विधान महाधिवेशनको दोस्रो दिनको बन्द सत्र मंगलबार बिहान ८ बजे सुरू हुने भनिएको थियो, तर नेतृत्व तहको त्रिपक्षीय वार्ताका कारण ढिला भएको छ ।

सभापति शेरबहादुर देउवा, डा. शेखर कोइराला र विशेष महाधिवेशन पक्षधर समूह बालुवाटारमा सहमतिको प्रयासमा व्यस्त छन्। यसैबीच महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा ढिलो भृकुटीमण्डप पुगेका थिए ।वार्ताको असरले महाधिवेशनको निर्धारित कार्यतालिका प्रभावित भएको छ भने प्रतिनिधिहरू बन्द सत्रको प्रतीक्षामा छन्।

त्यसैगरी, बिहान ११ बजेका लागि तय गरिएको केन्द्रीय कार्यसमिति बैठक पनि सरेर दिउँसो १ बजे बस्ने गरी समय परिवर्तन गरिएको छ। मुख्य सचिव कृष्णप्रसाद पौडेलले पदाधिकारी, सदस्य र सातै प्रदेशका सभापतिलाई नयाँ समयअनुसार उपस्थित हुन अनुरोध गरेका छन्। विशेष महाधिवेशन र संस्थापन पक्षबीच सहमति नजुटे आगामी दिनमा विधान महाधिवेशनबाट नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढ्ने सम्भावना रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]