०३ आश्विन २०८३, शनिबार
19-09-2026 , Sat
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

कांग्रेस विधान महाधिवेशन : त्रिपक्षीय वार्ताले तालिका प्रभावित

Logo
जनचर्चा संवाददाता

काठमाडौँ,२९ पुस। नेपाली कांग्रेसको विधान महाधिवेशनको दोस्रो दिनको बन्द सत्र मंगलबार बिहान ८ बजे सुरू हुने भनिएको थियो, तर नेतृत्व तहको त्रिपक्षीय वार्ताका कारण ढिला भएको छ ।

सभापति शेरबहादुर देउवा, डा. शेखर कोइराला र विशेष महाधिवेशन पक्षधर समूह बालुवाटारमा सहमतिको प्रयासमा व्यस्त छन्। यसैबीच महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा ढिलो भृकुटीमण्डप पुगेका थिए ।वार्ताको असरले महाधिवेशनको निर्धारित कार्यतालिका प्रभावित भएको छ भने प्रतिनिधिहरू बन्द सत्रको प्रतीक्षामा छन्।

त्यसैगरी, बिहान ११ बजेका लागि तय गरिएको केन्द्रीय कार्यसमिति बैठक पनि सरेर दिउँसो १ बजे बस्ने गरी समय परिवर्तन गरिएको छ। मुख्य सचिव कृष्णप्रसाद पौडेलले पदाधिकारी, सदस्य र सातै प्रदेशका सभापतिलाई नयाँ समयअनुसार उपस्थित हुन अनुरोध गरेका छन्। विशेष महाधिवेशन र संस्थापन पक्षबीच सहमति नजुटे आगामी दिनमा विधान महाधिवेशनबाट नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढ्ने सम्भावना रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]