२६ आश्विन २०८३, सोमबार
12-10-2026 , Mon
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

काँग्रेस संस्थापनद्धारा गगन, विश्व र फरमुल्लाहलाई गरेको कारबाहीको पत्र आयोगमा दर्ता

Logo
जनचर्चा संवाददाता

काठमाडौँ,३० पुस। नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरमाथि ५ वर्षे कारबाहीको घोषणा गर्दै पत्र निर्वाचन आयोगमा दर्ता गराएको छ।

आयोग स्रोतका अनुसार बुधबार अपराह्न दर्ता भएको पत्रमा देउवा पक्षले तीन नेतालाई कारबाही गरिएको जानकारी समावेश गरिएको छ। कारबाहीमा परेका नेताहरूले भने बहुमत विशेष महाधिवेशन प्रतिनिधि आफ्नो पक्षमा रहेकाले यस्तो कारबाहीको औचित्य नभएको प्रतिक्रिया दिएका छन्।

यसैबीच, विशेष महाधिवेशन पक्षधरले आजै नयाँ नेतृत्व चयन गर्ने तयारी गरिरहेको छ । पार्टीको बन्दसत्रमा महाधिवेशन प्रतिनिधिहरूको मतद्वारा अनुमोदित नयाँ नेतृत्व नै अब आधिकारिक हुने बताइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]