१७ साउन २०८३, आइतबार
02-08-2026 , Sun
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

अर्थमन्त्री खनालद्वारा विराट ट्रेड एक्स्पोको उद्घाटन, २० करोडको कारोबार हुने अपेक्षा

Logo
जनचर्चा संवाददाता

विराटगर, पुष ९ । विराटनगरमा मोरङ उद्योग व्यापार संघले आयोजना गरेको विराट ट्रेड एक्स्पोको उद्घाटन नेपाल सरकारका अर्थमन्त्री रामेश्वर प्रसाद खनालले गरेका छन्।

बुधबार भएको उद्घाटन कार्यक्रममा अर्थमन्त्री खनालका साथै कोशी प्रदेश सरकारका पर्यटन मन्त्री सदानन्द मण्डल, विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, विभिन्न राजनीतिक दलका प्रतिनिधि र उद्योगी–व्यापारीहरू उपस्थित थिए।

कार्यक्रममा बोल्दै अर्थमन्त्री खनालले औद्योगिक तथा व्यापारिक मेलाहरूले स्वदेशी उत्पादनको प्रवर्द्धन, लगानी आकर्षण र स्थानीय अर्थतन्त्रलाई बलियो बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने बताए।

आयोजकका अनुसार मंसिर १९ गतेसम्म सञ्चालन हुने यस एक्स्पोमा करिब २ लाख आगन्तुक आउने र झण्डै २० करोड रुपैयाँको कारोबार हुने अनुमान गरिएको छ।

बिहान ११ देखि साँझ ८ बजेसम्म खुला रहने एक्स्पोमा स्वदेशी तथा विदेशी उत्पादन, औद्योगिक सामग्री, कृषि र प्रविधिसम्बन्धी स्टलहरू स्थापना गरिएका छन्। मेलाले उद्योगी, व्यापारी र उपभोक्ताबीच सिधा सम्पर्क स्थापित गर्न सहयोग पुर्‍याउने आयोजकको भनाइ छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]

काठमाडौँ, साउन ५ । सरकारी निकायले नयाँ गाडी खरिद गर्दा अबदेखि अर्थ मन्त्रालयको स्वीकृति अनिवार्य लिनुपर्ने भएको छ । अर्थ मन्त्रालयले सोमबार जारी गरेको चालु आर्थिक वर्षको बजेट कार्यान्वयन मार्गदर्शनमा यस्तो व्यवस्था गरिएको हो । यसैगरी वैदेशिक भ्रमणका लागि पनि मन्त्रालयको पूर्वस्वीकृति चाहिनेछ । घर भाडामा लिनुपर्दा पनि सरकारी भवन उपलब्ध नभएको अवस्थामा मात्र, त्यो […]

५ साउन, काठमाडौं । बिल लिने बानीलाई प्रोत्साहन दिन सरकारले नगद पुरस्कार योजना ल्याएको छ । अर्थ मन्त्रालयले “करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३” जारी गरी यो व्यवस्था लागू गरेको हो । योजनाअनुसार हरेक दिन एक जना उपभोक्ताले १ लाख ३३ हजार ३४ रुपैयाँ जित्नेछन् भने महिनामा दुई पटक हुने बम्पर उपहारमा दुई जनाले […]