विराटगर, पुष ९ । विराटनगरमा मोरङ उद्योग व्यापार संघले आयोजना गरेको विराट ट्रेड एक्स्पोको उद्घाटन नेपाल सरकारका अर्थमन्त्री रामेश्वर प्रसाद खनालले गरेका छन्।
बुधबार भएको उद्घाटन कार्यक्रममा अर्थमन्त्री खनालका साथै कोशी प्रदेश सरकारका पर्यटन मन्त्री सदानन्द मण्डल, विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, विभिन्न राजनीतिक दलका प्रतिनिधि र उद्योगी–व्यापारीहरू उपस्थित थिए।
कार्यक्रममा बोल्दै अर्थमन्त्री खनालले औद्योगिक तथा व्यापारिक मेलाहरूले स्वदेशी उत्पादनको प्रवर्द्धन, लगानी आकर्षण र स्थानीय अर्थतन्त्रलाई बलियो बनाउन महत्वपूर्ण योगदान पुर्याउने बताए।
आयोजकका अनुसार मंसिर १९ गतेसम्म सञ्चालन हुने यस एक्स्पोमा करिब २ लाख आगन्तुक आउने र झण्डै २० करोड रुपैयाँको कारोबार हुने अनुमान गरिएको छ।
बिहान ११ देखि साँझ ८ बजेसम्म खुला रहने एक्स्पोमा स्वदेशी तथा विदेशी उत्पादन, औद्योगिक सामग्री, कृषि र प्रविधिसम्बन्धी स्टलहरू स्थापना गरिएका छन्। मेलाले उद्योगी, व्यापारी र उपभोक्ताबीच सिधा सम्पर्क स्थापित गर्न सहयोग पुर्याउने आयोजकको भनाइ छ।