२४ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
Gold Silver Price (18 Kartik 2082, TUE)
Fine Gold 1 Tola NRs. 238800
Silver 1 Tola Nrs. 3030

देशैभरि नयाँ नोट वितरण शुरु, कहाँ कहाँ छ सटही सुविधा ?

Logo
प्रकाशित शुक्रबार, आश्विन १०, २०७६

काठमाडौं, असोज १०
बडा दैशालाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले आजबाट देशैभरी नयाँ नोट वितरण शुरु गरेको छ । राष्ट्र बैंकका अनुसार सटही सुविधा असोज १० देखि १७ गतेसम्म उपलब्ध हुनेछ ।
उपत्यकाभित्र बालुवाटरस्थित राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागवाट सेवाग्राहीले नयाँ नोट साट्न सक्नेछन् । त्यसबाहेक नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंक लिमिटेडका शाखाबाट पनि सेवाग्राहीले नयाँ नोट साट्न सक्छन् । त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालयसँगै अन्य शाखाहरुबाट पनि नयाँ नोट सटही आजैबाट शुरु भएको छ ।
राष्ट्र बैंकले अन्य गैर सरकारी बैंक तथा वित्तीय संस्थालाई पनि नयाँ नोट उपलब्ध गराएको छ । गैर सरकारी बैंकहरुमा खाता हुनेले समेत सजिलै नयाँ नोट निकालन सक्ने राष्ट्र बैंकको भनाइ छ ।
उपत्यका बाहेक राष्ट्र बैंकका विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी कार्यालयबाट पनि आजैबाट नयाँ नोट वितरण गर्ने शुरु गरिएको छ । यी कार्यलयहरुमा पनि उपत्यकामा जस्तै असोज १० देखि १७ गतेसम्म नयाँ नोट वितरण हुने बताईएकोछ ।यस पटक एक व्यक्तिले अधिक्तम १८ हजार ५ सय रुपैयाँका मात्र साट्न पाउने छ । अघिल्लो वर्ष प्रतिव्यक्ति २७ हजार रुपैयाँसम्म सटहि गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

काठमाडौं,१९ भदौ ।  सरकार र आन्दोलनरत दुग्ध उत्पादक किसानहरुबीच ६ बुँदे सहमति भएको छ । बुधबार कात्तिक मसान्तसम्म भुक्तानीको सहमति भएसँगै आन्दोलन पनि रोकिएको हो । केही दिनदेखि डेरी सङ्घ, केन्द्रीय दुग्ध सहकारी सङ्घ, नेपाल डेरी एसोसिएसनले भुक्तानीको माग गर्दै आन्दोलन थालेका थिए । बैठकमा दुग्ध उत्पादक कृषकहरूलाई दूधको भुक्तानी बाँकी बक्यौता रकम २०८२ असार […]

काठमाडौं , भदाै १६ – हलिडे इन रिसोर्ट काठमाडौं, बुढानीलकण्ठमा व्यापार र व्यक्तिगत जीवनमा नयाँ उचाइ हासिल गर्न चाहने व्यक्तिहरूका लागि एक विशेष अवसरको घोषणा गरिएको छ। यहाँ सेप्टेम्बर १०-११ तारिखमा २ दिने आवासीय व्यापारिक तथा जीवन सफलता बुटक्याम्प आयोजना हुन लागेको छ। कुल ३० जनाले यस विशेष कार्यक्रममा सहभागीता जनाउन पाउँनेछन् । कार्यक्रमका मुख्य विशेषताहरू […]