१२ माघ २०८२, आइतबार
25-01-2026 , Sun
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

एयरपोर्टमा सुन तस्करजस्तो गरेर चेकिङ गरियो : एमाले अध्यक्ष ओली

Logo
जनचर्चा संवाददाता

काठमाडौं, ११ माघ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एयरपोर्टमा आफूलाई चेकिङको नाममा दुःख दिने काम भएको गुनासो गरेका छन् । च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले हिजो (शुक्रबार) झापाबाट फर्किने क्रममा एयरपोर्टमा निकै दुःख पाएको गुनासो सुनाएका हुन् ।

‘अस्ती यताबाट म झापा जाँदा मलाई राम्रो नै व्यवहार गरिएको थियो एयरपोर्टहरुमा । नेत्र जलिसकेछ, हिजो फर्केर आउँदा के–के न म सुन तस्कर हुँ किजस्तो गरेर चेकिङ गरेको छ, के गरेको छ, हैरान पारेको छ । अचम्मै । विदेश जाँदा पनि चिनेको ठाउँमा हामीलाई त्यस्तो गर्दैन । नचिनेको ठाउँमा पर्यो भने देखिन्छ नेपालीहरुलाई हेपेको । हिजो एयरपोर्टमा त्यस्तै गरेर हेप्यो,’– ओलीले भने ।

‘किन यस्तो गरेको’ भनेर सोध्दाखेरी उनीहरुले ‘माथिबाट आदेश आएको छ’ भनी जानकारी गराएको अध्यक्ष ओलीले सुनाए । ओलीले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकार आफूहरुलाई दुःख दिने र अपमान गर्नेतर्फ लागेको बताए । ‘सरकार हामीलाई दुःख दिने, अपमान गर्ने कामतिर लागेको छ । सरकारको मति नेताहरुको अपमान गर्ने छ,’– उनले भने ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, ११ माघ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एयरपोर्टमा आफूलाई चेकिङको नाममा दुःख दिने काम भएको गुनासो गरेका छन् । च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले हिजो (शुक्रबार) झापाबाट फर्किने क्रममा एयरपोर्टमा निकै दुःख पाएको गुनासो सुनाएका हुन् । ‘अस्ती यताबाट म झापा जाँदा मलाई राम्रो नै व्यवहार गरिएको थियो एयरपोर्टहरुमा […]

काठमाडौं, ११ माघ । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशलाई जेनजी आन्दोलनको हत्यारा, दमनकारी, भ्रष्टाचारी र हाईज्याकरहरुबाट बचाउनको लागि देशभक्त र राष्ट्रवादी शक्तिहरुबीच एकताको खाँचो औंल्याएका छन् । उनले केपी ओली, आरजु राणा र रमेश लेखकहरुले जेनजी आन्दोलनमा दमन गरेको र युवाहरुको हत्या गरेको भन्दै एउटा कित्तामा राखेका छन् । उता, जेनजी […]

विराटनगर,४ माघ । नेकपा एमाले विराटनगर महानगर कमिटीको आयोजनामा सम्भवतः पहिलो पटक महानगरस्तरीय वनभोज कार्यक्रम आयोजना भएको छ । आसन्न प्रतिनिधि सभा निर्वाचनको पूर्व सन्ध्यामा आयोजित वनभोज कार्यक्रममा विराटनगर महानगरका १९ वटै वार्ड र त्यसमा सम्मिलत ४,५ र ६ नम्बर निर्वाचन क्षेत्रका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो । हरेक वर्ष वडा स्तरीय वनभोज कार्यक्रम हुँदै आएका […]