३० आषाढ २०८३, मंगलबार
14-07-2026 , Tue
Gold Silver Price (Asar 24, 2083, WED)
Fine Gold 1 Tola NRs. 287600
Silver 1 Tola Nrs. 4515

एयरपोर्टमा सुन तस्करजस्तो गरेर चेकिङ गरियो : एमाले अध्यक्ष ओली

Logo
जनचर्चा संवाददाता

काठमाडौं, ११ माघ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एयरपोर्टमा आफूलाई चेकिङको नाममा दुःख दिने काम भएको गुनासो गरेका छन् । च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले हिजो (शुक्रबार) झापाबाट फर्किने क्रममा एयरपोर्टमा निकै दुःख पाएको गुनासो सुनाएका हुन् ।

‘अस्ती यताबाट म झापा जाँदा मलाई राम्रो नै व्यवहार गरिएको थियो एयरपोर्टहरुमा । नेत्र जलिसकेछ, हिजो फर्केर आउँदा के–के न म सुन तस्कर हुँ किजस्तो गरेर चेकिङ गरेको छ, के गरेको छ, हैरान पारेको छ । अचम्मै । विदेश जाँदा पनि चिनेको ठाउँमा हामीलाई त्यस्तो गर्दैन । नचिनेको ठाउँमा पर्यो भने देखिन्छ नेपालीहरुलाई हेपेको । हिजो एयरपोर्टमा त्यस्तै गरेर हेप्यो,’– ओलीले भने ।

‘किन यस्तो गरेको’ भनेर सोध्दाखेरी उनीहरुले ‘माथिबाट आदेश आएको छ’ भनी जानकारी गराएको अध्यक्ष ओलीले सुनाए । ओलीले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकार आफूहरुलाई दुःख दिने र अपमान गर्नेतर्फ लागेको बताए । ‘सरकार हामीलाई दुःख दिने, अपमान गर्ने कामतिर लागेको छ । सरकारको मति नेताहरुको अपमान गर्ने छ,’– उनले भने ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असार २१ । कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री डा. इस्राईल मन्सुरीको पहलमा सहकारी पीडित बचतकर्तालाई राहत दिने उद्देश्यले सञ्चालन गरिएको बचत फिर्ता अभियान प्रभावकारी रूपमा अघि बढिरहेको छ। प्रदेश सरकारका अनुसार हालसम्म कोशी प्रदेशभर ३ करोड ८४ लाख ६५ हजार ३२१ रुपैयाँ ७४ पैसा (रु. ३८,४६५,३२१.७४) बचतकर्ताको बैंक खातामा सिधै जम्मा […]

विराटनगर।  लायन्स क्लब अफ विराटनगरको लायन्स वर्ष २०२६/२७ का लागि चाँद ईराकी अध्यक्ष पदमा चयन भएका छन्। नयाँ नेतृत्व चयनसँगै क्लबले सामाजिक सेवा र समुदायमुखी कार्यक्रमलाई अझ प्रभावकारी ढंगले विस्तार गर्ने अध्यक्ष ईराकीले बताउनुभयो । नवनिर्वाचित अध्यक्ष ईराकीले मानव सेवा, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, युवा सशक्तीकरण तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा परिणाममुखी र दीर्घकालीन कार्यक्रम सञ्चालन […]

विराटनगर, असार १८ । अनिल रौनियार लायन्स क्लब अफ विराटनगर ग्लोबलको सन् २०२६/२७ कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन्। नवगठित कार्यसमितिमा सचिवमा मुकेश कुमार यादव तथा कोषाध्यक्षमा चन्दा कुमारी सरकार चयन भएका छन्। रौनियारले हाल उनी आफ्नै व्यवसाय सञ्चालन गर्दै आएका छन्। अध्यक्षका रूपमा उनले शिक्षा, स्वास्थ्य सेवा, वातावरण संरक्षण तथा लागुऔषध दुव्र्यसन नियन्त्रणका क्षेत्रमा […]