२६ आश्विन २०८३, सोमबार
12-10-2026 , Mon
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

मोटो किताबजस्तो होइन, यसपटक छोटो र बुँदागत घोषणापत्र ल्याउँछौं: महामन्त्री घिमिरे

Logo
जनचर्चा संवाददाता

माेरङ्ग, माघ १७ । नेपाली कांग्रेसले आगामी चुनावका लागि तीव्र रूपमा घोषणापत्र बनाउने तयारी थालेको छ। पार्टीले यसपटक ‘भिजन-टेन’ र ‘डोजेन भिजन’ अन्तर्गत बढीमा एक दर्जन प्रतिबद्धतामात्र समेटेर छोटो र बुँदागत घोषणापत्र ल्याउने तयारी गर्दैछ। पार्टीका महामन्त्री गुरुराज घिमिरेले शुक्रबार मोरङको बनीगमामा पार्टीका कार्यकर्ताहरूको बैठकलाई सम्बोधन गर्दै पार्टीकाे घाेषणा पत्र तयारीसम्बन्धी जानकारी दिएका हुन्।

घिमिरेले यसपटकको घोषणापत्र छोटो, स्पष्ट र सारगर्भित  हुने बताए।  “पहिले पहिले घोषणापत्रमा धेरै विषयहरू समेटिने हुँदा धेरै प्रतिबद्धताहरू रहने भएकाले सबै बाचाहरु पूरा हुन सक्दैनथे।” उनले भने,”अहिले पार्टी नेतृत्वमा परिवर्तन आएसँगै हामीले घोषणापत्र बनाउने माेडलमा पनि परिवर्तन ल्याएका छौं । अधिकतम १० देखि १२ प्रतिबद्धताहरू रहनेछन्, जुन शतप्रतिशत पूरा हुन्छन्।”
घोषणापत्र छोटो रहँदा पार्टीका सबै वाचाहरू आम नागरिकले सजिलै बुझ्न र सम्झन सक्ने घिमिरेको तर्क थियो। ती प्रतिबद्धताहरू क्रमशः पूरा नभए जनताले पार्टीसँग जवाफदेहिता समेत खोज्न सहज हुने उनले बताए।

घोषणापत्रमा शिक्षा, स्वास्थ्य, पूर्वाधार, रोजगारी र सुशासनको सवालमा पार्टीले के के गर्ने भन्ने विषयमा स्पष्ट रूपमा उल्लेख हुने घिमिरेको भनाइ छ। हाल घोषणापत्र निर्माणको क्रममा पार्टीले जिल्लाहरूबाट सुझाव सङ्कलन गरिरहेको उनले जानकारी समेत दिए। नेपाली कांग्रेस सिंङ्गै देशकाे पार्टी रहेकाले पार्टीको घोषणापत्र कस्तो हुनुपर्ने भन्ने विषयमा सबै आम नेपालीलाई सुझाव पठाउन महामन्त्री घिमिरेले आह्वान समेत गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]