२६ आश्विन २०८३, सोमबार
12-10-2026 , Mon
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

ओलीको भाषण तोडमरोड गरी भ्रम फैलाइएको — फ्याक्ट चेक

Logo
जनचर्चा संवाददाता

माघ २0, झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले “म र एमाले पराजित भए चुनावको परिणाम अस्वीकार हुन्छ” भनेको दाबीसहित कई भिडियो र फेसबुक पोस्टहरु सामाजिक सञ्जालमा भाइरल भएका छन्। पत्रिका नेपाल, यात्रा, टाइम्स अफ नेपाल, टीखबर लगायत फेसबुक पेजहरुबाट यी पोस्टहरु लाखौँ मानिसले हेरेका छन्।

तर नेपाल फ्याक्ट चेक र अनलाइनखबरको सहकार्यमा गरिएको तथ्य जाँचले यो दाबी भ्रामक भएकाे पत्ता लागाएकाे छ। जनवरी ३१ को लाइभ भिडियोमा ओलीले कहिँ पनि “आफू पराजित भए नतिजा स्वीकार गर्ने” भनेका छैनन्। वास्तवमा ओलीले निर्वाचनमा सरकारले धाँधली गरेर वा कसैलाई जिताउने प्रयास गरेमा त्यस्तो परिणाम स्वीकार गर्न नसकिने भनेका थिए। यही कुरालाई तोडमरोड गरी “आफू र एमाले पराजित भए नतिजा स्वीकार नगर्ने” भनेर सामाजिक सञ्जालमा फैलाइएको छ।

फ्याक्ट चेकले यो दाबीलाई भ्रामक सूचना भनेर वर्गीकृत गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]