११ जेठ २०८३, सोमबार
25-05-2026 , Mon
Gold Silver Price (Baishak 5, 2083, TUE)
Fine Gold 1 Tola NRs. 295800
Silver 1 Tola Nrs. 5100

ओलीको भाषण तोडमरोड गरी भ्रम फैलाइएको — फ्याक्ट चेक

Logo
जनचर्चा संवाददाता

माघ २0, झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले “म र एमाले पराजित भए चुनावको परिणाम अस्वीकार हुन्छ” भनेको दाबीसहित कई भिडियो र फेसबुक पोस्टहरु सामाजिक सञ्जालमा भाइरल भएका छन्। पत्रिका नेपाल, यात्रा, टाइम्स अफ नेपाल, टीखबर लगायत फेसबुक पेजहरुबाट यी पोस्टहरु लाखौँ मानिसले हेरेका छन्।

तर नेपाल फ्याक्ट चेक र अनलाइनखबरको सहकार्यमा गरिएको तथ्य जाँचले यो दाबी भ्रामक भएकाे पत्ता लागाएकाे छ। जनवरी ३१ को लाइभ भिडियोमा ओलीले कहिँ पनि “आफू पराजित भए नतिजा स्वीकार गर्ने” भनेका छैनन्। वास्तवमा ओलीले निर्वाचनमा सरकारले धाँधली गरेर वा कसैलाई जिताउने प्रयास गरेमा त्यस्तो परिणाम स्वीकार गर्न नसकिने भनेका थिए। यही कुरालाई तोडमरोड गरी “आफू र एमाले पराजित भए नतिजा स्वीकार नगर्ने” भनेर सामाजिक सञ्जालमा फैलाइएको छ।

फ्याक्ट चेकले यो दाबीलाई भ्रामक सूचना भनेर वर्गीकृत गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, जेठ ४ । बिराटनगरस्थित कान्तिपुर कलेजले आइतबार सञ्चालन गरेको कक्षा ११ को प्रवेश परीक्षामा ठूलो संख्यामा विद्यार्थीहरू सहभागी भएका छन्। एसईई परीक्षाको नतिजा प्रकाशित भएलगत्तै भर्ना प्रक्रिया खुला गरिएको थियो। प्रवेश परीक्षामा बिराटनगरका साथै आसपासका जिल्ला र  विभिन्न प्रदेशबाट विद्यार्थीहरू सम्मिलित भएकाे कलेजले जनाएको छ। विद्यार्थीहरूको व्यापक सहभागिताले संस्थालाई उत्साहित बनाएको कलेजका प्रिन्सिपल भुवन […]

काठमाडाै‌ं, जेठ १०। बैंक तथा वित्तीय संस्थाहरूले कर्मचारीलाई अत्यधिक काममा लगाउन नपाउने गरी राष्ट्र बैंकले निर्देशन जारी गरेको छ। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई कर्मचारी व्यवस्थापनमा प्रचलित कानून र आफ्नो निर्देशन कडाइका साथ पालना गर्न  कडा निर्देशन गरेको हो। नयाँ निर्देशन अनुसार, बैंक तथा वित्तीय संस्थाहरूले कर्मचारीलाई कार्यालय समयभन्दा बाहिर काममा खटाउनुपर्दा प्रचलित कानून […]

काठमाडाैं, जेठ १०।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता “धेरैजसो वार्ता सम्पन्न” भइसकेको र छिट्टै विवरण सार्वजनिक हुने बताएका छन्। शनिबार सामाजिक सञ्जालमार्फत ट्रम्पले साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतार र अन्य देशका नेताहरूसँग शान्तिसम्बन्धी समझदारी पत्रबारे “अत्यन्तै राम्रो कुराकानी” भएको जानकारी दिए। उनले होर्मुज जलडमरू पुनः खुला गर्ने विषय पनि सम्झौतामा समावेश भएको […]