२१ आश्विन २०८३, बुधबार
07-10-2026 , Wed
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

लाईसन्स देखाएर पनि भाेट खसाल्न पाईने

Logo
जनचर्चा संवाददाता

१४ फागुन, काठमाडौं । आगामी निर्वाचनमा मतदाता नामावलीमा नाम दर्ता भएका नागरिकले मतदाता परिचयपत्र नभए पनि अन्य सरकारी परिचयका कागजातका आधारमा मत खसाल्न पाउने भएका छन् ।

निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन (मतदान) निर्देशिका २०८२ ले मतदाता परिचयपत्र अनिवार्य रूपमा साथमा राख्नुपर्ने व्यवस्था गरे पनि सो उपलब्ध नभएको अवस्थामा नागरिकता प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाणपूर्जा वा सवारी चालक अनुमतिपत्रमध्ये कुनै एउटा कागजात प्रस्तुत गरी मतदान गर्न सकिने छ ।

उच्चस्तरीय निर्वाचन सुरक्षा समितिले मतदान केन्द्रमा खटिने सुरक्षाकर्मी, कर्मचारी तथा सम्बन्धित सरोकारवालाहरूलाई यस व्यवस्थाबारे स्पष्ट जानकारी दिने निर्णय गरेको छ, ताकि कुनै पनि योग्य मतदाता मतदानबाट वञ्चित हुन नपरोस् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]