२६ आश्विन २०८३, सोमबार
12-10-2026 , Mon
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

विराटनगरमा सुरु भयाे पाँच दिने ‘घर निर्माण प्रदर्शनी’

Logo
जनचर्चा संवाददाता

विराटनगर,१२ चैत्र  । उद्योग संगठन मोरङको आयोजनामा विराटनगरमा बिहीबारदेखि ‘घर निर्माण प्रदर्शनी’ सुरु भएको छ । विराटनगरस्थित जैन भवनमा आयोजित एक विशेष समारोहका बीच कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदर्शनीको उद्घाटन गरे ।

चैत १२ गतेदेखि १६ गतेसम्म चल्ने यस प्रदर्शनीमा निर्माण क्षेत्रका विभिन्न आयामबारे छलफल र अन्तर्क्रियाका लागि ११ वटा थिमेटिक सेसन सञ्चालन गरिने उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले जानकारी दिए । ५ दिनसम्म चल्ने प्रदर्शनीको ४ दिन फरक–फरक विषयमा विज्ञहरूसँग अन्तर्क्रिया हुनेछ । यस प्रदर्शनीमा निर्माण क्षेत्रसँग सम्बन्धित ७० भन्दा बढी कम्पनीका स्टलहरू रहेका छन् । बिहान १० देखि साँझ ६ बजेसम्म सञ्चालन हुने प्रदर्शनीमा आम सर्वसाधारणका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको  छ ।

आयोजकका अनुसार प्रदर्शनीमा चैत १३ गते सुरक्षित र सही निर्माण अन्तर्गत निर्माण सामग्रीको गुणस्तर, विद्युतीय सुरक्षा र अग्नि सुरक्षामा छलफल हुनेछ । चैत १४ गते स्मार्ट डिजाइनु थिममा वास्तु शास्त्र र इन्टेरियर डिजाइनका विषयमा २ वटा सेसन सञ्चालन हुनेछन् ।

त्यस्तै, चैत १५ गते स्मार्ट घर र आधुनिक जीवनशैली अन्तर्गत होम अटोमेशन र सोलार प्रविधिबारे छलफल हुनेछ भने अन्तिम दिन चैत १६ गते घरको आयु बढाउने उपायहरू, छत चुहिने समस्याको समाधान, धमिरा नियन्त्रण र पुराना भवनको रेट्रोफिटिङबारे ३ वटा सेसन सञ्चालन गरिनेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]