१६ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
Gold Silver Price (8 chaitra 2082, Sun)
Fine Gold 1 Tola NRs. 282500
Silver 1 Tola Nrs. 4555

विराटनगरमा सुरु भयाे पाँच दिने ‘घर निर्माण प्रदर्शनी’

Logo
जनचर्चा संवाददाता

विराटनगर,१२ चैत्र  । उद्योग संगठन मोरङको आयोजनामा विराटनगरमा बिहीबारदेखि ‘घर निर्माण प्रदर्शनी’ सुरु भएको छ । विराटनगरस्थित जैन भवनमा आयोजित एक विशेष समारोहका बीच कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदर्शनीको उद्घाटन गरे ।

चैत १२ गतेदेखि १६ गतेसम्म चल्ने यस प्रदर्शनीमा निर्माण क्षेत्रका विभिन्न आयामबारे छलफल र अन्तर्क्रियाका लागि ११ वटा थिमेटिक सेसन सञ्चालन गरिने उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले जानकारी दिए । ५ दिनसम्म चल्ने प्रदर्शनीको ४ दिन फरक–फरक विषयमा विज्ञहरूसँग अन्तर्क्रिया हुनेछ । यस प्रदर्शनीमा निर्माण क्षेत्रसँग सम्बन्धित ७० भन्दा बढी कम्पनीका स्टलहरू रहेका छन् । बिहान १० देखि साँझ ६ बजेसम्म सञ्चालन हुने प्रदर्शनीमा आम सर्वसाधारणका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको  छ ।

आयोजकका अनुसार प्रदर्शनीमा चैत १३ गते सुरक्षित र सही निर्माण अन्तर्गत निर्माण सामग्रीको गुणस्तर, विद्युतीय सुरक्षा र अग्नि सुरक्षामा छलफल हुनेछ । चैत १४ गते स्मार्ट डिजाइनु थिममा वास्तु शास्त्र र इन्टेरियर डिजाइनका विषयमा २ वटा सेसन सञ्चालन हुनेछन् ।

त्यस्तै, चैत १५ गते स्मार्ट घर र आधुनिक जीवनशैली अन्तर्गत होम अटोमेशन र सोलार प्रविधिबारे छलफल हुनेछ भने अन्तिम दिन चैत १६ गते घरको आयु बढाउने उपायहरू, छत चुहिने समस्याको समाधान, धमिरा नियन्त्रण र पुराना भवनको रेट्रोफिटिङबारे ३ वटा सेसन सञ्चालन गरिनेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं,१६ चैत्र। लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गरेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उनलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उनलाई प्रहरीले पक्राउ गरी लिएर गएको श्रीमान चिन्तामणिले जानकारी दिए। उनी माथि एक बालिकालाई […]

विराटनगर,१६ चैत । कोशी प्रदेशका सांसदहरूले पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेस नेता रमेश लेखकको रिहाइको माग गरेका छन् । आइतबारको प्रदेशसभा बैठकमा बोल्दै सांसदहरूले राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरेको भन्दै रिहाइको माग गरेका हुन् । नागरिकको अधिकारको आन्दोलनमा बलीदान दिएका नेताहरु माथि गरिएको अमानवीय धरपकट र कानूनविपरितका काम […]

विराटनगर,१२ चैत्र  । उद्योग संगठन मोरङको आयोजनामा विराटनगरमा बिहीबारदेखि ‘घर निर्माण प्रदर्शनी’ सुरु भएको छ । विराटनगरस्थित जैन भवनमा आयोजित एक विशेष समारोहका बीच कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदर्शनीको उद्घाटन गरे । चैत १२ गतेदेखि १६ गतेसम्म चल्ने यस प्रदर्शनीमा निर्माण क्षेत्रका विभिन्न आयामबारे छलफल र अन्तर्क्रियाका लागि ११ वटा थिमेटिक सेसन सञ्चालन गरिने […]