२६ आश्विन २०८३, सोमबार
12-10-2026 , Mon
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

साउथएसीयामै सबैभन्दा महँगो इन्धन नेपालमा

Logo
जनचर्चा संवाददाता

पछिल्लो एक महिनामा चार पटक मूल्य बढाएर पेट्रोल २१९ र डिजेल २०७ रुपैयाँ पुगेको छ। चैत १ गतेको तुलनामा पेट्रोलमा ४०% र डिजेलमा ४५.७७% वृद्धि भएको छ। दक्षिण एसियामा सबैभन्दा महँगो इन्धन अहिले नेपालमा छ। बुधबार मात्र सरकारले डिजेल र मटितेलमा ३० रुपैयाँ बढाएकाे छ ।

अन्य देशले दिएको सहुलियत:

  • भारत: आफ्ना नागरिकलाई ९० रुपैयाँमा डिजेल दिँदै भारत (नेपालले सरकारले २३५ रुपैयाँमा बेच्दैछ)
  • भुटान: पेट्रोल र डिजेल मात्र ९७-९८ भुटनीज (नेपाली १५५ रुपैयाँ)
  • श्रीलंका: पेट्रोलमा २० र डिजेलमा १०० रुपैयाँ सहुलियत
  • चीन: ५०% सहुलियत
  • पाकिस्तान: १२९ अर्ब पाकिस्तानी रुपैयाँ राहत प्याकेज
  • इन्डोनेसिया: २०२६ को अन्तसम्म मूल्य नबढाउने निर्णय
  • बंगलादेश: दैनिक १६७ करोड टाका सहुलियत

नेपाल सरकारको प्रतिक्रिया

सरकारले गत चैत २४ मा भन्सार र पूर्वाधार कर ५०% घटाएर पेट्रोलमा १७ र डिजेलमा १२ रुपैयाँ मात्र छुट दियो। तर अन्तर्राष्ट्रिय अभ्यासको तुलनामा यो निकै अपर्याप्त छ। पेट्राेलियकाे मुल्य बढेपछि करपनि बृद्धि हुन्छ तर त्यसमा सरकारले राेक लगाएकाे छैन ।

आयल निगमले उपभोक्तालाई इन्धन बचत गर्न अपिल गरेको छ भने सरकारले सार्वजनिक बिदा शनि-आइत गर्ने निर्णय गरिसकेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]