२६ आश्विन २०८३, सोमबार
12-10-2026 , Mon
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

विराटनगरमा पानी जार ४० बाट ८० पुग्यो, छैन अनुगमन प्रशासन पनि मौन

Logo
दिनेश खड्का

विराटनगर, वैशाख १४  । विराटनगर वरपरका बोतल पानी व्यवसायीले पानीको मूल्यमा कार्टेलिङ गरेका छन्। कार्टेलिङ गरेर उनीहरुले जारको मूल्य दुई सय प्रतिशतले बढाएका छन्। यसअघि सामान्यतः खुद्रामा ४० रुपैयाँमा पाइँदै आएको पानी अहिले एक्कासि प्रतिजार ८० रुपैयाँ पुर्याइएको छ। यस विषयमा उत्पादकहरूसँग कुराकानी गर्दा उनीहरूले दुईवटा मुख्य कारण देखाएका छन्। पहिलो, पेट्रोलका कारण मूल्यवृद्धि भइरहेकोले उत्पादकहरूले पनि मूल्य बढाएको बताएका छन्। र दोस्रो, बजारमा जारको पानीको कुनै निश्चित मूल्य नभएकोले मूल्यमा एकरूपता कायम गरेको बताएका छन्।

तर विभिन्न स्रोतहरूबाट पत्ता लगाउँदा उत्पादकहरूले एक गोप्य बैठक गरी जारको खुद्रा मूल्य ८० रुपैयाँ पुर्याउने निर्णय गरेको खुल्न आएको छ। स्रोतका अनुसार हाल पेट्रोलियमको बहाना पारेर मूल्य दोब्बर बनाउँदा कसैले पनि आवाज उठाउन नसक्ने बैठकको निष्कर्ष समेत थियो। बोतल पानी बनाउने गोमारानी उद्योगद्वारा उत्पादित निकिगङ्गाको एक कर्मचारीका अनुसार जारको पानी ६० रुपैयाँभन्दा तल होलसेलमा समेत विक्री गर्न नपाइने पानी उद्योगका सञ्चालकबीच सहमति भएको बताए। यदि कसैले सो नियम तोडेमा २५ हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुने उनको भनाइ थियो।

विशेषगरी पानीजस्तो अत्यावश्यक वस्तुमा कार्टेलिङ गरी कृत्रिम मूल्यवृद्धि गरे कालोबजारी ऐन, प्रतिस्पर्धा ऐन र उपभोक्ता संरक्षण ऐन आकर्षित हुने देखिन्छ। सो ऐन अनुसार पानीमा कार्टेलिङ गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना हुने व्यवस्था छ। तर सो विषयमा हालसम्म जिल्ला प्रशासन, वाणिज्य तथा नगरपालिकाले अनुगमन गरेको छैन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]