२९ आषाढ २०८३, सोमबार
13-07-2026 , Mon
Gold Silver Price (Asar 24, 2083, WED)
Fine Gold 1 Tola NRs. 287600
Silver 1 Tola Nrs. 4515

सिरहामा सडक नबनाएकाे भन्दै राजमार्ग अवरुद्ध

Logo
जनचर्चा संवाददाता

 कञ्चनपुर, जेठ १५ । शुक्रवार बिहान सिरहाको गोलबजार नगरपालिका-४ निपनियामा स्थानीयवासीले कञ्चनपुर–कमला सडक विस्तार आयोजनामा भएको ढिलासुस्तीविरुद्ध टायर जलाउँदै पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गरे। ‘चाइना रेलवे नं. २ इन्जिनियरिङ ग्रुप’ले ठेक्का लिएको करिब ७ वर्ष बित्दासमेत सडक निर्माण अधुरै रहेकाले नागरिकले दैनिक सास्ती भोग्नुपरेको स्थानीयकाे गुनासाे छ। साढे एक घण्टाको अवरोधपछि कम्पनी प्रतिनिधि र स्थानीय तहसँग छलफल गर्ने सहमतिमा राजमार्ग खुलाइयो। स्थानीय नेताले सन्तोषजनक निष्कर्ष नआए पुनः आन्दोलन गर्ने चेतावनी दिएका छन्।

एडीबीको ऋण सहयोगमा निर्मित यस ८६.८३ किलोमिटर सडकको भौतिक प्रगति हालसम्म ६८ प्रतिशत मात्र पुगेको छ। असार १६ गते सकिने म्याद थपिने अवस्था देखिँदै गर्दा सुरुवाती लागतभन्दा झण्डै ३ अर्ब रुपैयाँ बढी खर्च भइसकेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असार २१ । कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री डा. इस्राईल मन्सुरीको पहलमा सहकारी पीडित बचतकर्तालाई राहत दिने उद्देश्यले सञ्चालन गरिएको बचत फिर्ता अभियान प्रभावकारी रूपमा अघि बढिरहेको छ। प्रदेश सरकारका अनुसार हालसम्म कोशी प्रदेशभर ३ करोड ८४ लाख ६५ हजार ३२१ रुपैयाँ ७४ पैसा (रु. ३८,४६५,३२१.७४) बचतकर्ताको बैंक खातामा सिधै जम्मा […]

विराटनगर।  लायन्स क्लब अफ विराटनगरको लायन्स वर्ष २०२६/२७ का लागि चाँद ईराकी अध्यक्ष पदमा चयन भएका छन्। नयाँ नेतृत्व चयनसँगै क्लबले सामाजिक सेवा र समुदायमुखी कार्यक्रमलाई अझ प्रभावकारी ढंगले विस्तार गर्ने अध्यक्ष ईराकीले बताउनुभयो । नवनिर्वाचित अध्यक्ष ईराकीले मानव सेवा, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, युवा सशक्तीकरण तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा परिणाममुखी र दीर्घकालीन कार्यक्रम सञ्चालन […]

विराटनगर, असार १८ । अनिल रौनियार लायन्स क्लब अफ विराटनगर ग्लोबलको सन् २०२६/२७ कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन्। नवगठित कार्यसमितिमा सचिवमा मुकेश कुमार यादव तथा कोषाध्यक्षमा चन्दा कुमारी सरकार चयन भएका छन्। रौनियारले हाल उनी आफ्नै व्यवसाय सञ्चालन गर्दै आएका छन्। अध्यक्षका रूपमा उनले शिक्षा, स्वास्थ्य सेवा, वातावरण संरक्षण तथा लागुऔषध दुव्र्यसन नियन्त्रणका क्षेत्रमा […]