२६ आश्विन २०८३, सोमबार
12-10-2026 , Mon
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

सिरहामा सडक नबनाएकाे भन्दै राजमार्ग अवरुद्ध

Logo
जनचर्चा संवाददाता

 कञ्चनपुर, जेठ १५ । शुक्रवार बिहान सिरहाको गोलबजार नगरपालिका-४ निपनियामा स्थानीयवासीले कञ्चनपुर–कमला सडक विस्तार आयोजनामा भएको ढिलासुस्तीविरुद्ध टायर जलाउँदै पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गरे। ‘चाइना रेलवे नं. २ इन्जिनियरिङ ग्रुप’ले ठेक्का लिएको करिब ७ वर्ष बित्दासमेत सडक निर्माण अधुरै रहेकाले नागरिकले दैनिक सास्ती भोग्नुपरेको स्थानीयकाे गुनासाे छ। साढे एक घण्टाको अवरोधपछि कम्पनी प्रतिनिधि र स्थानीय तहसँग छलफल गर्ने सहमतिमा राजमार्ग खुलाइयो। स्थानीय नेताले सन्तोषजनक निष्कर्ष नआए पुनः आन्दोलन गर्ने चेतावनी दिएका छन्।

एडीबीको ऋण सहयोगमा निर्मित यस ८६.८३ किलोमिटर सडकको भौतिक प्रगति हालसम्म ६८ प्रतिशत मात्र पुगेको छ। असार १६ गते सकिने म्याद थपिने अवस्था देखिँदै गर्दा सुरुवाती लागतभन्दा झण्डै ३ अर्ब रुपैयाँ बढी खर्च भइसकेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]