३० भाद्र २०८३, मंगलबार
15-09-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

ओली भेटेर विराटनगर फर्किए मुख्यमन्त्री कार्की

Logo
जनचर्चा संवाददाता

विराटनगर, २०८३ साउन २२ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की बिहीबार दिउँसो विराटनगर पुगेका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग काठमाडौंमा भेटवार्ता गरेर उनी विराटनगर फर्किएका हुन्। काेशी प्रदेशकाे सरकार नेतृत्व छाेड्न  पार्टीबाट दवाव आइरहेकाे बेला ओलीलाई भट्न पुगेका मुख्यमन्त्री कार्कीले यस भेटलाई पार्टीभित्रैको आन्तरिक छलफलकाे मात्र संज्ञा दिएका छन् ।
विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै मुख्यमन्त्री कार्कीले अध्यक्ष ओलीसँगको भेटघाट पार्टीभित्रैको आन्तरिक छलफल रहेको जनाए। पार्टी अध्यक्षले पार्टी कमिटी र प्रदेश कमिटीलाई पार्टीको निर्णयबारे जानकारी गराइसकेको उनले बताए।

कोशी प्रदेशमा एमाले र नेपाली कम्प्युनिष्ट पार्टी (नेकपा) बीचको सत्ता साझेदारी र साउन ९ गतेको सहमति कार्यान्वयनबारे पनि मुख्यमन्त्रीले स्पष्ट पारे। साउन ९ को सहमति पूर्णरूपमा र अक्षरशः पालना गरिने प्रतिबद्धता उनले दोहोऱ्याए। नेपाली कांग्रेसका मन्त्रीहरूको राजीनामा र प्रदेश सरकारकाे नँया समिकरणबारे बोल्दै मुख्यमन्त्री कार्कीले हाल राजीनामाभन्दा सबैलाई मिलाएर अघि बढाउने प्रयासमा जोड दिइरहेको बताए। कांग्रेसको केन्द्रीय नीतिका कारण केही समस्या देखा परेको स्वीकार गर्दै भोलिदेखि नै यसबारे छलफल थालिने र केही दिनभित्रै समाधान निस्कने विश्वास उनले व्यक्त गरे। पार्टी इन्चार्जले मार्ग प्रशस्त गर्न राजीनामा दिन सुझाएको भन्ने चर्चाबारे सोधिएको प्रश्नमा उनले पार्टीभित्रकै आन्तरिक विषय भन्दै धेरै बोल्न चाहेनन्  ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]