०२ भाद्र २०८३, मंगलबार
18-08-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

स्मार्ट पार्किङको नाममा ब्रम्हलुट

मेयरसँग रुष्ट बन्दै काठमाडौंबासी
Logo

दिनेश खड्का
काठमाडौं, असोज ११
स्मार्ट पार्किङको नाममा ठेक्केदारहरुले काठमाडौंमा ब्रम्हलुट मच्चाएको गुनासो बढ्न थालेको छ । ह्विल्स टुली योर्स कम्पनीले हाल काठमाडौं महानगरपालिकामा पार्किङ शुल्क संकलन गर्ने ठेक्का पाएको छ ।
उक्त कम्पनिले दुई चक्के सवारी साधान पार्किङ गरेबापत प्रति घण्टा २५ रुपैयाँ लिदै आएको छ भने चारचक्के सवारी साधन पार्किङ गरेबापत ८० रुपैयाँ प्रतिघण्टा लिदै आएको छ । ६ चक्के भन्दा माथिकालाई प्रति घण्टा २ सय रुपैयाँ चार्ज गर्दै आएको छ । पार्किङ गरेबापत तिर्नु पर्ने शुल्क आत्याधिक भएको महानगरबासीहरुको गुनासो छ ।
साउथ एसियाकै सबैभन्दा महगो पार्किङ
उक्त पार्किङ शुल्य साउथ एसियामै सबै भन्दा बढी हो । भारतको मुम्बई देल्ली र कलकत्ता जस्ता बेस्त सहरहरुमा समेत यती चर्को पार्किङ शुल्क चार्ज गरिएको छैन् । कलकत्तामा प्रति घण्टा पार्किङ गरे वापत दुई चक्के सावरीले ५ रुपैयाँ (नेरु ८ रुपैयाँ) र चार चक्केले १० रुपैयाँ (नेरु १६ रुपैयाँ) मात्र दिनुपर्ने हुन्छ । मुम्बईमा पनि पार्किङ गरेवापत प्रतिघण्टा भारु १३ रुपैयाँ र चार चक्केवाट भारु २५ रुपैयाँ भन्दा बढी लिईएको पाईन्दैन् । तर नेपालमा भने स्र्माट पार्किङको नाममा लुट मच्चाईएको छ । साउथ एसियाका अन्य विकसित मुलुकहरुमा समेत यति चर्को पार्किङ चार्ज गरेको पाईन्दैन् ।

मुम्बईमा पार्किङको व्यवस्था

महानगरवासी आजित
असार १ देखि ‘स्मार्ट पार्किङ’ सुरु भएको छ । न्युरोड आसपास धर्मपथ, शुक्रपथ, खिचापोखरी, प्युखा र पाको स्मार्ट पार्किङ लागू गरिएको हो । हाल काठमाडौं महानगरवासी चर्को पार्किङ शुल्कको कारण आजित छन् ।
लुम्बिनी जनरल इन्सुरेन्स, न्युरोड शाखाका एक कर्मचारीले पार्किङले चर्को शुल्क अशुलेको भन्दै कार्यलय नै सुन्धारा नजिक सारेका छन्। यसअघि ती कर्मचारीले धर्मपथस्थित कार्यालय अगाडी मासिक २ हजार ५ सय रुपैयाँमा चारपाङ्ग्रे गाडी पार्किङ गर्दै आएका थिए । कार्यलयका अन्य कर्मचारीले पनि सस्तैमा बाइक पार्क गर्ने गर्थे। ‘मासिक २ हजार ५ सयमा पार्क गर्दै आएको थिएँ, असार महिनामा भने झन्डै १५ हजार पार्किङ शुल्क बुझाउनु पर्ने भयो,’ ती कर्मचारीले भने। उनका अनुसार अन्य बाइकवाला कर्मचारीको समेत जोड्दा मासिक झन्डै ३० हजार रुपैंया लाग्ने भएपछि कार्यलय सर्न नै सस्तो हुने ठानेर सरिएको बताए।
एक जोड जुराफ किन्न गएको एक व्यक्तिले १६० रुपैयाँभन्दा बढी पार्किङ शुल्क तिर्नु परेको गुनासो समेत आएको छ । यी केही प्रतिनिधि घटना मात्र हो, स्मार्ट पार्किङको विषयलाई लिएर दैनिक सयौं गुनासो आउने गरेका छन् ।

मेयर शाक्यसँग महानगरवासी रुष्ट
पार्किङमा लगाइएको चर्को शुल्कका कारण काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यसगँ नगरवासी रुष्ट बनेका छन् । पार्किङ शुल्क अस्वाभिक भएतापनि यस विषयमा मेयर चिन्तित नदेखिएको नगरवासीको गुनासो छ । चर्को शुल्कबाट आजित बनेका नगरवासीले स्मार्ट पार्किङको स्मार्ट नतिजा अर्को पटकको चुनावमा देखाइदिने मेयर शाक्यलाई व्याङ्यातमक चुनौत दिन थालेका छन् ।

८०–२० को खेल के हो ?
पार्किङबाट संकलन हुने रकमको ८० प्रतिशत ठक्केदार कम्पनी ह्विल्स टुली योर्सले पाउने महानगरसँग सम्झौता भएको छ । सम्झौता अनुसार बाँकी २० प्रतिशत मात्र महानगरले पाउने छ । उक्त समझदारी समेत असमान भएको टिप्पणी हुन थालेको छ । उक्त ठेक्कामा भष्ट्रचार र सेटिङको गन्ध आएको जनस्तरमा चर्चा भईरहेको छ ।

नामको मात्र स्मार्ट पार्किङ
भारत लगाएत अन्य मुलुकमा हुने सशुल्क पार्किङ निकै नै व्यवस्थित हुन्छ । त्यहाँ सशुल्क पार्किङको लागि छुटै भवन नै तयार गरिएको छ । भवनभित्र पार्किङ गर्दा सवारी साधन हावा, पानी ,धुलो र घामबाट शुरक्षित हुन्छ । स्क्रायच लाग्ने वा मोटरसाईकल चोरी हुने संभावना रहदैन् ।
तर काठमाडौं थालिएको स्र्माट पार्किङ नामको मात्र स्र्माट छ । यँहा सवारी साधन सडकमा पार्किङ गर्नुपर्ने हुन्छ । सडकमा पार्किङ गरिने भएकाले धुलो, घाम, पानिवाट शुरक्षित हुने कुरै भएन । स्र्माट पार्किङको नाममा ठेक्केदारहरुसँग पस मेसिन बाहेक केहि छैन् । पस मेसिन त्यस्तो यस्त्र हो जसको बिल काट्ने बाहेक अन्य केहि काम हुदैन् ।
आजभोली चर्को पार्किङ शुल्कको विषयमा प्राय सवारीधनी र पार्किङ शुल्क संकलकसँग बिच प्राय चर्काचर्की र घम्साघम्सीहरु भइनै रहेकोको हुन्छ ।

तथ्याङक स्रोत : मुम्बई मुन्सिपल कर्पोरेसन (भारत), कलकत्ता मुन्सिपल कर्पोरेसन (भारत), नेपाल न्युज डट कम, इकान्तिपुर बाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

भदाै १, विराटनगर । गोल फाउण्डेनले पाइलट प्रोजेक्टका रूपमा मानव पुस्तकालयको कार्यक्रम सम्पन्न गरी अब निरन्तर अघि लैजाने याेजना बनाएकाे छ । युवा दिवसको अवसर पारेर गत बुधबार विराटनगरस्थित इलिट क्लबमा  ‘चिया सँग कथा : एक मानव पुस्तकालय अनुभव’ पाइलट कार्यक्रम फाउण्डेशनले आयाेजना गरेकाे थियाे ।  गोल फाउण्डेनले एनवाईसीए विराटनगर र इन्जीनियर्स विथआउट बाेडर्स नेपाल […]

काठमाडाै, साउन २९ । डा. शशांक कोइरालाकाे संयोजकत्वमा  नेपाली कांग्रेसको  राष्ट्रिय भेला आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा सुरु हुँदैछ। समूहका प्रचारप्रसार समिति संयोजक मीन विश्वकर्माका अनुसार भेलाको उद्घाटन नेता शेरबहादुर देउवाबाट बिहान साढे ११ बजे हुनेछ । साउन ३१ गतेसम्म साे भेला चेल्ने बताइएकाे छ । भेलाका मुख्य अतिथि देउवा लामो समयको उपचारपछि  साउन […]

काठमाडाैं, साउन २८ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा  झण्डै छ महिनाको अन्तरालपछि आज स्वदेश फर्किंदैछन् । उनलाई शुभेच्छुकहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गर्ने तयारी समेत पूरा भएकाे छ। काग्रेसकाे राष्ट्रिय भेला आयोजनाका लागि गठित सांस्कृतिक समितिकी संयोजक विद्या तिमिल्सिनाका अनुसार स्वागत कार्यक्रममा सांस्कृतिक प्रस्तुति समावेश हुनेछ। कांग्रेस नेता डा. प्रकाशशरण महतलेका अनुसार पूर्वप्रधानमन्त्री […]