०८ कार्तिक २०८३, शनिबार
24-10-2026 , Sat
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

खोलामा रञ्जनाको शव भेटियो

भारतमा रहेको सुसरालीबाट नेपाली चेली बेपत्ता (अपडेट)
Logo

राजेश शर्मा
जोगबनी (भारत), आसोज २६

दाइजो नदिएको विषयमा यातना खेप्दै आएकी एक नेपाली चेली, भारतमा मृत अवस्थामा फेला परेकी छिन् । नेपालको विराटनगर पिचरास्थित माइती घर भएकी २२ वर्षीय रन्जना सहनी (बहरदार)को मृत शरिर आज भारितय प्रहरीले भट्टाएको छ ।
दुई दिनदेखि बेपत्ता रहेकी रञ्जनालाई खोज्ने क्रममा प्रहरीेले आज भारतको जोगवनीदेखि करिब ३ किलोमिटर दुरीमा रहेको ‘परमान’ खोलामा शव भेट्टाएको हो ।


प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार भारतको जोगवनी भेडयारीस्थित ससुरालीमै रञ्जनाको हत्या भएको हुनसक्ने आँङकलन गरिएको छ । रञ्जनाको ६ महिना अघि भारतिय नागरिक भिम बहरदारसँग बिवाह भएको थियो । उनी भारतको भेडियारीस्थीत ससुरालमा बस्दै आएकी थिईन् ।
प्रहरीले हत्या आरोपमा रन्जनाका श्रीमान सहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सैनी बहरदार, अर्जुन बहरदार र छिमिकी शिवानन्द मुखिया रहेका छन् ।
२ लाख रुपैयाँ दाइजो नदिदाँ श्रीमान्सहित ससुरालपक्षका अन्य सदस्यहरुले रञ्जनाको हत्या गरेको माइती पक्षको आरोप छ ।

यो पनि पढ्नुहोस् : भारतमा रहेको सुसरालीबाट नेपाली चेली बेपत्ता 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]