३१ भाद्र २०८२, मंगलबार
16-09-2025 , Tue
Gold Silver Price (22 Bhadra 2082, Sunday)
Fine Gold 1 Tola NRs. 212500
Silver 1 Tola Nrs. 2515

३२ इन्च टिभी + १ वर्ष ईन्टरनेट + १ वर्ष नेट टिभी = रु. २५९९०

वर्ल्डलिंकको चाडपर्व अफर
Logo
प्रकाशित सोमबार, आश्विन २७, २०७६

बिराटनगर, आसोज २६
इन्टरनेट सेवा प्रदायक संस्था वर्ल्डलिंक कम्युनिकेशन लिमिटेडले आफ्ना नँया पुराना ग्राहकलाई ३२ इन्च एलईडी टिभी दिने भएको छ ।
कम्पनीले चाड पर्व अफर अन्तर्गत जम्मा २५ हजार ९ सय ९० रुपैयाँमा एक वर्ष इन्टरनेट, एक थान ३२ इन्च एलईडी टिभी र एक वर्षसम्म नेट टिभी सेवा प्रदान गर्ने भएको हो ।
आफर चलिरहेको कारण ४३ हजार ७ सय ९० रुपैयाँको उक्त प्याकेजलाई मात्र २५ हजार ९ सय ९० रुपैयाँमा दिईएको बिराटनगर शाखा प्रमुख श्री प्रेम प्रसाद घिमिरेले बताए । वर्ल्डलिंकको नयाँ ग्राहक बन्दा वा सेवा नविकरण गर्दा स्किममा सहभागी हुन पाइने घिमिरेको भनाई छ । आगामी मंसिर ५ गतेसम्म उक्त अफर चल्ने बताईएको छ ।

त्यसका साथै ११ हप्तासम्म वर्ल्डलिंकको नयाँ ग्राहक र सेवा नविकरण गरेका ग्राहकबाट लक्की ड्र मार्फत एक सय जनालाई ४३ इन्चको एलईडी टिभी बम्पर उपहार प्रदान गरिने कम्पनीको भनाई छ । त्यस्तै, प्रत्येक ग्राहकलाई खल्ती डिजीटल वालेटमा दुई सय ५० रुपैयाँको भौचर समेत प्रदान गरिने बताइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं,१९ भदौ ।  सरकार र आन्दोलनरत दुग्ध उत्पादक किसानहरुबीच ६ बुँदे सहमति भएको छ । बुधबार कात्तिक मसान्तसम्म भुक्तानीको सहमति भएसँगै आन्दोलन पनि रोकिएको हो । केही दिनदेखि डेरी सङ्घ, केन्द्रीय दुग्ध सहकारी सङ्घ, नेपाल डेरी एसोसिएसनले भुक्तानीको माग गर्दै आन्दोलन थालेका थिए । बैठकमा दुग्ध उत्पादक कृषकहरूलाई दूधको भुक्तानी बाँकी बक्यौता रकम २०८२ असार […]

काठमाडौं , भदाै १६ – हलिडे इन रिसोर्ट काठमाडौं, बुढानीलकण्ठमा व्यापार र व्यक्तिगत जीवनमा नयाँ उचाइ हासिल गर्न चाहने व्यक्तिहरूका लागि एक विशेष अवसरको घोषणा गरिएको छ। यहाँ सेप्टेम्बर १०-११ तारिखमा २ दिने आवासीय व्यापारिक तथा जीवन सफलता बुटक्याम्प आयोजना हुन लागेको छ। कुल ३० जनाले यस विशेष कार्यक्रममा सहभागीता जनाउन पाउँनेछन् । कार्यक्रमका मुख्य विशेषताहरू […]

काठमाडौं, साउन ६। आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको गठाघर, भक्तपुर शाखामा कार्यरत कर्मचारी शान्ति राईले बीमा क्षेत्रमा ऐतिहासिक सफलता हासिल गरेकी छिन्। उनले सन् २०२६ को पहिलो मिलियन डलर राउन्ड टेबल (एमडीआरटी) सदस्यताको उपाधि प्राप्त गरेकी हुन्। यस उपलब्धिसँगै राईले नेपाली बीमा क्षेत्रमा नयाँ मापदण्डी स्थापना गरेकी छिन्। उनका अनुसार आफ्नो यो सफलताले केवल व्यक्तिगत […]