१८ साउन २०८३, सोमबार
03-08-2026 , Mon
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

घर किन्न ३० प्रतिशत तपाई तिर्नुस , ७० प्रतिशत बैंकले दिन्छ

Logo

कात्तिक १७, विराटनगर ।
तपाईं घर किन्ने वा आफ्नै घरमा बस्ने योजना बनाउँदै हुनुहुन्छ भने अब बैंकले तपाईंलाई सहयोग गर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिका २०७६ जारी गर्दै आवास वा घर कर्जा सम्बन्धी नयाँ योजना मार्फत सो सहयोग गर्ने भएको हो । बैंकले घर कर्जा सम्बन्धी नयाँ योजना अन्र्तगत ३० प्रतिशत रकम बुझाएर ७० प्रतिशतसम्मको घर कर्जा लिन सकिने व्यवस्था गरेको छ ।

यसअघि काठमाडौं उपत्यकामा घर किन्दा कम्तिमा ५० प्रतिशत रकम सुरुमै तिर्नुपर्‍थ्यो । बाँकी पैसा बैंकले ऋण दिन्थ्यो , र ऋणीले किस्ताबन्दीमा श्रृण स्वरुप बैंकबाट लिएको रकम चुक्ता गर्नुपर्‍थ्यो । तर उक्त निर्देशिका अनुसार अब देशैभरिसुरुमा ३० प्रतिशत रकम तिरेपछि घर किन्न सकिने छ । बाँकी रहेको ७० प्रतिशत रकम भुक्तानी गर्न भने बैंकले ऋण दिन्छ । त्यसलाई मासिक रुपमा किस्ताबन्दीमा तिर्दै जान सकिने छ ।

निर्देशिकामा उल्लेख भएअनुसार आवास वा घर कर्जा सुविधा पाउनको लागि अन्य केही मापदण्ड पुरा गर्नुपर्छ । एकपटक ऋण लिएर घर खरिद गरिसकेको व्यक्तिले यो योजनाको लाभ उठाउन पाउने छैनन् । पहिलो पटक घर किन्न निवेदन दिएका ऋणीले मात्रै यो सुविधा पाउने छन् ।

यो ऋण सुविधा पाउन घर ३ हजार वर्गफिट सम्मको क्षेत्रफलमा बनेको हुनुपर्नेछ । त्यो भन्दा ठुलो क्षेत्रफल ओगटेको घरले पनि यो सुविधा पाउँदैनन । यस्तो ऋण पाउनको लागि ऋणीले मासिक रुपमा कर्जा भुक्तान गर्ने स्रोत अनिवार्य रुपमा देखाउनै पर्छ । जुन स्रोत बैंकले विश्वास गर्ने खालको हुनुपर्दछ । यस्तो आम्दानीको स्रोतको रुपमा घर भाडामा लगाएर आएको आम्दानी भने मान्य नहुने निर्देशिकामा प्रष्ट उल्लेख गरिएको छ । यस्तै, ऋणीले बैंक तथा वित्तीय संस्थाको समझदारीमा ऋणको अवधिभरी ऋणको ब्याजदर स्थिर पनि राख्न सक्नेछन ।

पछिल्लो समय घर कर्जासम्बन्धी कडा व्यवस्थाका कारण घरजग्गाको कारोबार कम हुँदै आएको थियो । त्यसैले राष्ट्रले बैंकले भने घरजग्गाको कारोबारलाई थप प्रर्वद्धन गर्न घर कर्जासम्बन्धी खुकुलो नीति लिएको देखिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]

काठमाडौँ, साउन ५ । सरकारी निकायले नयाँ गाडी खरिद गर्दा अबदेखि अर्थ मन्त्रालयको स्वीकृति अनिवार्य लिनुपर्ने भएको छ । अर्थ मन्त्रालयले सोमबार जारी गरेको चालु आर्थिक वर्षको बजेट कार्यान्वयन मार्गदर्शनमा यस्तो व्यवस्था गरिएको हो । यसैगरी वैदेशिक भ्रमणका लागि पनि मन्त्रालयको पूर्वस्वीकृति चाहिनेछ । घर भाडामा लिनुपर्दा पनि सरकारी भवन उपलब्ध नभएको अवस्थामा मात्र, त्यो […]

५ साउन, काठमाडौं । बिल लिने बानीलाई प्रोत्साहन दिन सरकारले नगद पुरस्कार योजना ल्याएको छ । अर्थ मन्त्रालयले “करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३” जारी गरी यो व्यवस्था लागू गरेको हो । योजनाअनुसार हरेक दिन एक जना उपभोक्ताले १ लाख ३३ हजार ३४ रुपैयाँ जित्नेछन् भने महिनामा दुई पटक हुने बम्पर उपहारमा दुई जनाले […]