२५ आश्विन २०८३, आइतबार
11-10-2026 , Sun
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

आयल निगमको गाडीमा तस्करी धन्धा चलाउने को ?

Logo

विराटनगर, कार्तिक २६
नेपाल आयल निगम (संस्थान)को गाडी तस्करीमा प्रयोग हुने गरेको पाईएको छ । आयाल निगमको विराटनगर एयरपोर्ट शाखा अन्तिर्गत रहेको बा १ ञ १६६८ पहेलो नम्बर प्लेटको गाडी तस्करीमा प्रयोग हुने गरेको पाईएको हो ।
आईतवार उक्त गाडीको प्रयोग गरी ६ थान राइसकुकर र थुप्रै लत्ता कपडाहरु विना भन्सार नेपाल भित्र्याईरहेको अवस्थामा शसस्त्र प्रहरीले बरामद गरेको थियो ।

नजिकै रहेको भारतिय बजार जोगबनीवाट तस्करी गरी समानहरु नेपाल भित्र्यादै गरेको अवस्थामा प्रहरीले गाडिसहित समानहरु रंगहात पक्राउ गरेको थियो ।
ठुलो मात्रामा भेटिएका उक्त समानहरु व्यक्तिगत प्रयोजनका लागी भन्दा व्यापारीक बेचबिखनको लागी तस्करी गरी ल्याइएको हुन सक्ने स्राते बताउछ । स्रोत भन्छ “६ वटा कुकर भेटिएको छ, लत्ता कपडाहरुपनि थुप्रै छन् , एउटा परिवारले प्रयोग गर्ने समान यति धेरै हुदैन्, बेचबिखनकै लागी तस्करी गरिएको हुनुपर्छ”
प्रायजासो सिमाना क्षेत्रमा आईराख्ने उक्त गाडी व्यवसायीक रुपमै तस्करीमा प्रायोग हुदै आएको स्रोतको दावी छ ।
उक्त गाडी संस्थानको कुन कर्मचारीले प्रायोग गर्ने गरेको भन्ने कुरा दुई दिन बितिसक्दा पनि खुल्न सकेको छैन् । यसरी कर्मचारीको परिचय नखुलिदा तस्करी गर्ने कर्मचारीको संरक्षण गर्न तर्फ आयल निगमको जिम्मेवार व्यक्तिहरु लागेको हुने सक्ने आशंका उब्जिएको छ ।
सरकारी गाडी झैं संस्थानको गाडी पनि निजि कामको लागी प्रयोग गर्न पाईदैन । अझ तस्करीकै लागी संस्थानको गाडी प्रायोग हुनु भनेको गम्भीर विषय हो । उक्त गाडी प्रयोग गर्ने कर्मचारीको पहिचान खोली तत्काल आवश्यक कारवाही गर्नुपर्ने जरुरी देखिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]