२४ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
Gold Silver Price (21 Kartik 2082, FRI)
Fine Gold 1 Tola NRs. 238900
Silver 1 Tola Nrs. 3035

छुटको नाममा लुट : विराटनगर जुत्ता मेला

डियोल नागरिता विवादमा मुछिएका विकास चौधरीले दिदैछन् साथ
Logo
प्रकाशित सोमबार, पुष ०७, २०७६

विराटनगर,पुष ७
पुष १ गेतबाट विराटनगरमा जारी जुत्ता मेलामा छुटको नाममा डिफेक्ट समानहरु सल्टाउने काम भईरहेको गुनासो बढ्न थालेको छ । नेपाली जुत्ता घरले आयोजना गरेको उक्त जुत्ता मेलामा १५ देखि ६० प्रतिशतसम्म छुट दिने बताईएको छ । तर छुटमा दिईने जुत्ताहरु कम्पनीवाट म्यानुफयाक्चर डिफेक्ट (उत्पादन हुदै बिग्रिएको) हुने समेत खुलासा भएको छ । त्यस्ता जुत्ताहरु साईज नमिलेको, उद्रिएको र पुरानो हुने गरेको समेत पाईएको छ ।
साथै जुत्ता मेलाका धेरै जुत्ताहरु स्टक किलियरेन्सको रुपमा राखिएको छ । स्टक किलियरेन्स अर्थात पुराना बिक्न नसक्ने जुत्ताहरु सल्टाउने काम भईरहेको छ ।
त्यतिमात्र नभएर जुत्ता मेलामा राखिएको जुत्ताहरु काठमाडौंबाट छनौट मालको रुपमा आएको समेत स्रोतको दावी छ । स्रोत भन्छ काठमाडौको भृकुटि मण्डपमा मंसिर ६ गते लागेको एक हप्ते जुत्ता मेलावाट छाटिएर आएको मालहरु विराटनगरको जुत्ता मेलामा राखिएको छ ।

उक्त जुत्ता मेलाको संचालक होमनाथ उपाध्याय हुन् । काठमाडौं निवासी होमनाथ उपाध्यायले विगतको दुई वर्षदेखि यसरी नै विराटनगरमा जुत्तामेलाको आयोजना गरी विराटनगरवासीलाई स्टाक र म्यानुफ्याक्चर डिफेक्ट जुत्ता बेचबिखन गरिरहेका छन् । उनलाई यस ठगीधन्धामा विराटनगर निवासी एवं हाईलाईफ शु का संचालक बिकास र विनय चौधरी (दाजुभाई) ले भरपुर साथ दिएका छन् । विकास चौधरी पटक पटक भारतिय र नेपाली दुवै (डियोल)नागरिता भएको विवाद मुछिदै आएका व्यक्ति समेत हुन् । उनको कयौं पटक संचारमाध्यमहरुमा भारितय मतदाता परिचय पत्र भएको समेत समाचारहरु बाहिर आइसकेका छन् । अन्य कुनै देशको नागरिता भए नेपालको नागरिता स्वतः खारिज हुने नेपालमा कानुनी प्रावधान समेत रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

काठमाडौं,१९ भदौ ।  सरकार र आन्दोलनरत दुग्ध उत्पादक किसानहरुबीच ६ बुँदे सहमति भएको छ । बुधबार कात्तिक मसान्तसम्म भुक्तानीको सहमति भएसँगै आन्दोलन पनि रोकिएको हो । केही दिनदेखि डेरी सङ्घ, केन्द्रीय दुग्ध सहकारी सङ्घ, नेपाल डेरी एसोसिएसनले भुक्तानीको माग गर्दै आन्दोलन थालेका थिए । बैठकमा दुग्ध उत्पादक कृषकहरूलाई दूधको भुक्तानी बाँकी बक्यौता रकम २०८२ असार […]

काठमाडौं , भदाै १६ – हलिडे इन रिसोर्ट काठमाडौं, बुढानीलकण्ठमा व्यापार र व्यक्तिगत जीवनमा नयाँ उचाइ हासिल गर्न चाहने व्यक्तिहरूका लागि एक विशेष अवसरको घोषणा गरिएको छ। यहाँ सेप्टेम्बर १०-११ तारिखमा २ दिने आवासीय व्यापारिक तथा जीवन सफलता बुटक्याम्प आयोजना हुन लागेको छ। कुल ३० जनाले यस विशेष कार्यक्रममा सहभागीता जनाउन पाउँनेछन् । कार्यक्रमका मुख्य विशेषताहरू […]