२५ आश्विन २०८३, आइतबार
11-10-2026 , Sun
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

विराट जुत्ता चप्पल मेला, अब ७ दिन मात्र

Logo

विराटनगर, पुष २३
पुष १ गतेबाट विराटनगरको जैन भवनमा शुरु भएको विराट जुत्ता–चप्पल मेला अब एक हप्तासम्म मात्र रहने भएको छ । आजयोकले पुष २९ गते मेलाको समापन हुने बताएको छ ।
आयोजकका अनुसार विराट जुत्ताचप्पल मेलामा हालसम्म १ करोड ५० लाख रुपैयाँको कारोबार भएको छ । दैनिक ८ लाखदेखि १२ लाख रुपैयाँसम्मको कारोबार भएको व्यापारीहरूले बताएका छन् ।
मेलामा दैनिक करीब ८ हजारसम्म ग्राहक आउने गरेको आयाेजकले जनाएकाे  छ । १ लाख ५० हजार दर्शकको भ्रमणबाट ५० हजार जोर जुत्ता विक्री गरी १ करोड ५० लाख रुपैयाँ कारोबार गर्ने लक्ष्य राखिएको मेलाले समयअघि नै कारोबार लक्ष्य पूरा गरेको आयोजकको भनाई छ ।
मेलामा शिखर सुज, बिएफ डियर हिल सुज, रन सुज, शु लैण्ड, लैण्ड वाक र हाइ लाईफ सुज एण्ड स्लीपरका ब्राण्डका जुत्ताचप्पल उपलब्ध छन् । १ सयदेखी १० हजार मुल्यसम्मका जुत्ता चप्पल मेलामा राखिएका छन् । विभिन्न ब्राण्डका जुत्ताचप्पलहरुमा ग्राहकलाई ६० प्रतिशतसम्म छुट दिईएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]