०४ माघ २०८२, शनिबार
17-01-2026 , Sat
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

एक व्यक्ति दुई नियुक्ति : विराटनगर राजस्व प्रमुखको डबल मजा

कानुन विपरित लेखापारिक्षक नियुक्त
Logo

विराटनगर, माघ २
विराटनगर महानगरपालिकाका राजस्व महाशाखा प्रमुख राजेन्द्र प्रधानले कानुन विपरित महानगपालिकाकै दुई विद्यालयहरुमा लेखापारिक्षक नियुक्ति लिएका छन् । उनलाई महानगरपालिकाको शिक्षा शाखाले उक्त नियुक्ति दिएको हो । कानुनतः महानगरको कर्मचारीले महानगर अन्तर्गत संचालनमा रहेका विद्यालयहरुमा लेखापरिक्षकको कार्य गर्न पाउदैनन् ।
प्रधान एर एण्ड एसोसिएटको फर्मबाट प्रधानलाई विराटनगरको जनपथ मा.वि. र मदरसा फैजुनवि विद्यालयमा नियुक्ति गरिएको छ । महानगर अन्तर्गत नै संचालनमा रहेको विद्यालयहरुमा महानगरकै कर्मचारीले लेखापरिक्षकको नियुक्ती पाए आर्थिक अनियमितामा सघाउ पुग्ने जानकारहरु बताउछन् । त्यसको अलावा दोहोरो सुविधा हुने भएकाले पनि एक ठाँउका कर्मचारीले अन्य ठाँउमा काम गर्न बन्देज गरिएको छ ।
त्यसबाहेक पनि प्रधानले विराटनगरको अन्य ४ दर्जनभन्दा बढी विद्यालयमा लेखापरिक्षकहरु नियुक्तिमा आर्थिक चेलखेल गरेको स्रोतको दावी छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, पुष १४ । विराट ट्रेड एक्स्पोअन्तर्गत सोमबार साना तथा मझौला उद्योग (एसएमई) को समृद्धि तथा संरक्षणलाई केन्द्रमा राखेर थिमेटिक सेसन सम्पन्न भएको छ। “साना तथा मझौला उद्योगको समृद्धि तथा संरक्षण” शीर्षकमा आयोजित प्यानल छलफलमा उद्योग, लगानी, नीति, प्रविधि र बजार पहुँचका विविध पक्षमा छलफल भयो । कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष […]

विराटनगर, पुष १४ । विराट ट्रेड एक्स्पोमा सञ्चालन भइरहेको थिमेटिक सेसनअन्तर्गत शनिबार पछिल्लो कर संरचना, जेनजी आन्दोलनपछिको अवस्था र समसामयिक वातावरणमा उद्योग, व्यापार तथा व्यवसायको भविष्य विषयमा गहन छलफल गरिएको छ । ‘जेनजी आन्दोलनपछिको व्यापार-व्यवसाय : के भयो, के हुनुपर्थ्यो र अबको बाटो’ शीर्षकको सत्रमा निजी क्षेत्र, नीति निर्माण तह,तथा उद्योगी व्यवसायीले र योजनाविद्हरूले आ-आफ्ना […]

विराटनगर, पुष १३ । विराट ट्रेड एक्स्पोमा हरेक दिन सञ्चालन हुँदै आएका थिमेटिक सेसनअन्तर्गत आइतबार पर्यटन उद्योग, अवसर र सम्भावनाबारे विस्तृत छलफल भएको छ । फस्टाउँदै गएको पर्यटन क्षेत्रलाई कसरी दिगो र प्रभावकारी बनाउने भन्ने विषयमा सरोकारवालाबीच विमर्श भएको हो ।   छलफलमा नेपाल पर्यटन बोर्डका निर्देशक रोहिणी खनालले नेपालको समग्र पर्यटन अवस्था, सम्भावना र […]